आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
महान चाड विजयादशमी (बडादशैं ) -२०७३ को शुभ उपलक्ष्यमा यहाँहरुको उत्तरोत्तर प्रगति एवं सुस्वास्थको लागि श्री दुर्गा भवानीसंग हार्दिक प्रार्थना गर्दछौं |
घटस्थापना संगै सुरुभएको बडादशैंको शुभ उपलक्षमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा प्रत्येक दिन श्री दुर्गा भवानीको बिशेष पूजा आराधना भैरहेको छ | यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
कार्यक्रम:
अक्टोबर १ तारिख , शनिबार - घटस्थापना, शैल पुत्री पूजा (प्रतिपदा)
अक्टोबर २ तारिख, आइतबार - ब्रम्हचारिणी पूजा (द्वितीया)
अक्टोबर ३ तारिख, सोमबार - ब्रम्ह्चारिणी पूजा (द्वितीया)
अक्टोबर ४ तारिख, मंगलबार -चन्द्र घण्टा पूजा (तृतीया)
अक्टोबर ५ तारिख, बुधबार - कूष्माण्डा पूजा (चतुर्थी)
अक्टोबर ६ तारिख, बिहिबार - स्कन्द माता पूजा (पन्चमी)
अक्टोबर ७ तारिख, शुक्रबार - कात्यायनी पूजा (षष्ठी)
अक्टोबर ८ तारिख, शनिबार - कालरात्रिपूजा (सप्तमी) - साँझ ४ वजे सबैजनाले घर घरबाट फूलपाती ल्याई सामुहिक रूपमा मन्दिरमा जमरा भित्र्याउने कार्यक्रम रहेकोले सबैलाई हार्दिक आमन्त्रण |
अक्टोबर ९ तारिख, आइतबार - महागौरी पूजा ( अष्टमी )-बिहान ११ बजे महाष्टमी एवं विश्वकर्माको बिशेष पूजा सहित सामुहिक गाडी पूजा गरिने भएकोले यहाँहरुलाई हार्दिक आमन्त्रण !! साथै पूजा पश्चात NCSC द्वारा बडादशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हुँदा हार्दिक आमन्त्रण !!!
अक्टोबर १० तारिख, सोमबार - सिद्धिदात्री पूजा ( नवमी ), साँझ ५.०० वजे , नव कन्या पूजा, चण्डी पाठ को दशाम्श हवन, तर्पण, मार्जन (हवन पश्चात जमरा वितरण)
अक्टोबर ११ तारिख, मंगलबार ( दशमी ) अपराजिता पूजा, नव दुर्गा तथा जमरा विसर्जन पूजा विहान ७ बजे , ८ बजे जमरा वितरण, १०.१५ बजे दुर्गा भवानी को टीका प्रसाद ग्रहण, मन्दिर दिन भरी खुला रहने !
प्रत्येक दिन दुर्गा पूजा साँझ ५:३० बजे बाट सुरु हुने जानकारी गराउन चाहन्छु |
--