|
नमस्ते नेपाली ब्लगर समूहका साथीहरु ! Namaste Nepali Blogger Friends! सम्पुर्ण नेपाली भाषी ब्लगरहरु बिच एउटा सामुहिक चौतारी गठन गर्ने हेतुले नेपाली ब्लगर्स(Nepali Bloggers) भन्ने गुगल समुह को स्थापना गरिएको हो । यस चौतारी मा तपाई हामी सबै ले ब्लग संचालन गर्दा भोगेका कठिनाईहरु, रमाइला क्षणहरु अनि सुझाव तथा सल्लाहहरु आदान प्रदान गर्न सक्छौं ।
ग्रुपमा सहभागी हुँदा का फाइदाहरु निम्न प्रकारले सुचिकृत गरिएको छ। १) तपाईलाई नेपाली ब्लग वा युनिकोड नेपाली साईटहरु सञ्चालन गर्नु कुनै असुबिधा भएमा वा कुनै जानकारी चाहिएमा यो ग्रुपमा जिज्ञासा पस्कन सक्नु हुन्छ । २) तपाई आफ्ने थिम डिजाईन गर्न केहि सहयोग चाहिएमा पनि यो ग्रुपमा जिज्ञासा पस्कन सक्नु हुन्छ । ३) यो समुह तपाई हाम्रै समुह हो र तपाई हामीले ब्लग संचालन गर्दा आएका समस्याहरु तपाई हामी बाटै समाधान गर्न सक्छौ। त्यसै ले यो समुहमा तपाई आफुलाई आबद्द गराउन सक्नु हुनेछ । ४) हामीले नेपाली ब्लगर हरोको सुची ब्लगरस् डट कम डट एन पि (bloggers.com.np) मा पाउन सक्छौं तर पनि त्यहा बल्गर हरु बिचको आन्तरीक भलाकुसारी हुने ब्यवस्था नभयको र गुगल ग्रुप नै यसको प्रमुख बिकल्प भयको ले यो समुह को स्थापना गरिएको हो । ५) तपाई आफ्नो ब्लगलाई ब्यवसायीकरण कसरी गर्ने भन्ने सुझाब तथा जिज्ञासाहरु यहि समुह मा पोख्न सक्नुहुन्छ ६) भिडियो क्लिप राखेर वा गुगल तथा याहु बिज्ञापन राखेर आफ्नो ब्लग लाई होस्ट गर्ने तथा डोमेन को पैसा तिर्न पुग्ने आम्दानी कसरी गर्ने आदि ईत्यादि जानकारी हरु यता उती गर्न सकिन्छ । ७) बिभिन्न क्षेत्र मा छरिएर रहनु भएको नेपाली भाषी हरु बिच एउटा भावनात्मक संझाल को निर्माण गर्न सकिन्छ ।
को हो त नेपाली ब्लगर्स ? नेपाली ब्लगर्स समुह वास्तवमा तपाई हामी सबै हौं जो नेपाळी ब्लग लेखन मा रुचि राख्नु हुन्छ । यो ग्रुप तपाई हामी मध्य केहि साथिहरु बाट आएको प्रस्ताव बाट खुलेको हो । यस ग्रुप मा उच्च तहका कम्प्युटर प्राबिधिक देखी लिएर तपाई हामी जस्तै नेपाली भाषा मा रुचि राखेर २ ४ शब्द लेखन बाट आनन्द लिने सदस्यहरु हुनुहुन्छ । आज मलाई समस्या पर्यो , मैले तपाई बटा समधान पाए । भोली फेरी त्यहि समस्या अरु कसैलाई पर्यो भने उसले समाधान को लागी भौतारीदै हिड्न नपरोस, यो नै यो समुहको उध्देश्य हो । नेपाली ब्लगर्स ब्लग खोलीसकेकालागी मात्र हो? ब्लग खोल्न चाहानेले कता सम्पर्क गर्ने त? नेपाली ब्लगर्स नया तथा पूराना ब्लगर्सको लागी मात्र होइन यो ब्लगर बन्न चाहानेको लागी पनि हो। निकै अनुभवी ब्लगर्सहरु सामेल भएकोले तपाइलाइ ब्लग खोल्न मात्र नभै भबिष्यमा आइपर्ने अप्ठ्यारा कुराहरु यो समुह समक्ष राख्न सक्नुहुने हुंदा तपाइलाइ नेपाली ब्लगर्स निकै उपयोगी हुन सक्छ। नया ब्लग खोल्ने तरिका संक्षीप्तमा भन्नु पर्दा कुनै खास डोमेन नराखी blogspot.com अथवा wordpress.com जस्ता लोकप्रिय साइटबाट तपाइ निशुल्क ब्लग खोल्न सक्नुहुन्छ। ब्लग खोल्न पूर्व यि साइट मध्य कुनै एकमा गएर आफ्नो नाम रजिष्टर गर्न भने जरुरी छ। यि साइटमा ब्लग खोल्दा प्राय तयारी अबस्थाका टेम्पेलेट प्रयोग गरेर या इन्टरनेटमा उपलब्ध अन्य टेम्प्लेट प्रयोग गरी कुनै कोडिगंको झन्झट बिना ब्लग तयार पार्न सक्नुहुन्छ। कती कुरा टेम्प्लेट चलाउदा चलाउदै सिक्नसक्नुहुनेछ भने कुनै खास अप्ठ्यारो परे यो समुहको सदस्य लिइसकेपछी nepali-bloggers@googlegroups.com मा इमेल गरे नेपाली ब्लगर्सका कुनै एक ब्लगरले तपाइलाइ संपर्क गरेर सहयोग गर्नुहुनेछ।
यो समुहको गोपनियताको नीति के ? तपाई आफ्नो गोपनियता को तह आफै छान्न सक्नु हुन्छ। प्रयोगकर्ताको नाम,ईमेल ठेगाना र आई. पी. लाई गोप्य हुनेछ । कसैको इमेल र आई. पी. लाई गलत प्रयोग गरिने छैन,
यो समुहको सदस्य दर्ता सुल्क कति लाग्छ ? यो समुंहमा दर्ता गरिसकेपछि स्पाम मेल आएर हुरुक्क त पार्देन ? यो समुंहमा दर्ता गरिसकेपछि आफुलाई सदस्य बाट बाहिरिन चाहेमा के गर्ने ?
कस्ता सामग्री हरु ग्रुप कम्युनिकेसनमा समावेस गर्ने त ? हामी सबै को जय होस ! About Nepali-Bloggers: Inorder to bring all Nepali Bloggers in one place, Nepali Bloggers group was established. In this common platform please let us share our effort,pain,achievement,exiciting moment and other kind of suggestion and help regarding blogging. Happy Blogging!
Last updated by fargobhutannepal@yahoo.com -
Dec 21
- 1 author
- 1 page long
Last updated by Jhaluck -
Dec 14
Last updated by अनलाइन खसखस -
Nov 11
|
|
| Create a group - Google Groups - Google Home - Terms of Service - Privacy Policy |
| ©2009 Google |