बिलयन गजल लेखन

199 views
Skip to first unread message

परिहास सुब्बा

unread,
Sep 13, 2008, 10:52:35 AM9/13/08
to nepali ghazal
(प्रस्तुत गजललाई बिलयन लेखन प्रक्रिया द्धारा पूर्णरुप
दिईएको छ । जहाँ गजल-शेरका गजलकारहरुमा औपचारिक वा अनौपचारिक कुनै
सम्बन्ध एबं चिनाजानी छैन र भौगर्भीक दृष्टिले पनि बिश्वको भिन्ना भिन्नै
देश एबं ठाउँहरु बाट एउटै गजल लाई आ आफ्ना शेरहरु थपेर पुरा गरिएको छ ।
उक्त गजल निशुल्क ब्लग सेवा मार्फत कमेन्ट बक्सको सहायता लिई तयार
पारिएको हो । बिलयन गजल लेखन प्रेमीहरुका लागी:- बिलयन डट वर्डप्रेस डटकम
।इन्टरनेट दुनियाँमा, परिकल्पना एबं सञ्चालन:- परिहास।)


( बिलयन - गजल)
सर्प जस्तो बिशालु मान्छे देखि डर लाग्छ
कुरा गर्न सिपालु मान्छे देखि डर लाग्छ
– चन्द्र तमाङ्ग
हुन त अन्जानमा गल्ती पनि हुन सक्छ
दुर देख्न्ने ईखालु मान्छे देखी दर लाग्छ
– टेक थजालीमगर
हुन्छ मात्र भन्ने काम नगर्ने गजब लौ
मलाई चैं यी चालु मान्छे देखि डर लाग्छ
– शान्तराम थापामगर
पर्दा बिपत्तिमा सस्तो सहानुभुति दर्शाउने,
देखाउटि दयालु मान्छे देखि डर लाग्छ |
– पि एस लिम्बू निश्चल
भयो धेरै कुराकानी माया प्रेमको चौतारीमा
मलाई त लजालु मान्छे देखी डर लाग्छ
– बिमर्श
धेरै खायो ठक्कर त्यो जिबनले वियोगमा
स्वाङ पार्ने मायालु मान्छे देखी डर लाग्छ
– सन्तोष बियोगी

Deepak Khadka

unread,
Sep 13, 2008, 1:30:45 PM9/13/08
to nepali...@googlegroups.com
परिहासजी,
 
"विलयन लेखन" को चिनारी र उत्पादित गजलको कोसेलीको लागि धन्यवाद छ है ।
 
"विलयन" लाई झर्रो नेपालीमा भन्नुपर्दा "गाभ्ने" भन्नुपर्छ होला ("थुप्रै टुक्राहरु गाभेर एउटै बनाउने" अर्थमा) । त्यस अर्थमा "विलयन गजल" लाई 'गभुवा गजल" भन्दा पनि होला जस्तो छ । तर म झर्रोवादी चै होईन है । यसो अर्थ केलाउने प्रयास मात्र गरेको हो ।
 
अनि प्रसंगवश, हामी केही बेनामी टुक्रे उस्तादहरुले एउटा फोरममा यस्तै अभ्यास गरेका थियौं । चार वर्ष अघिको कुरा यो । "बहर" संग त्यति परीचित नभएका हामीहरुले त्यसको ख्याल राखेका भने छैनौं । तर भावगत वैविध्य भने रमाईलै लाग्ने छ ।
 
यहाँ बाड्दैछु त्यो अभ्यास (केही सामान्य सम्पादन सहित):
 
 

मियो गाडेर छाडी रा'छु, दाउनु न दाउनु तिम्रो खुशी   

साह्रै विरानो भयौ हजुर, आउनु न आउनु तिम्रो खुशी   

(एन.एस. श्रेष्ठ)  

  

मोडिन पनि मिल्ने फराक पारेको छु आँगन, बाटो   

अब तिम्रो बग्गी नआउने निहुँ बनाउनु तिम्रो खुशी   

(नेपे)  

  

कैले अघाएँ तिम्रो कुराले ? कैले नखाएँ तिम्रो कुरा के ?  

कुरा बताउनु तिम्रो इच्छा, कुरा चपाउनु तिम्रो खुशी  

(नेपे)  

  

सुनको झोला फाली यो झोलुंगे पुलमा खाली राख्या' छु हात  

मेरो सहारा लिनु या एक्लै लडखडाउनु तिम्रो खुशी  

(डि.सी.केटा)  

  

युद्धभूमिबाट आफ्नै रगतले अन्तिम चिठी लेख्तैछु  

अभागी, आतंकवादी या शहीद छपाउनु तिम्रो खुशी  

(गोकुल)  

  

सम्झनाहरु धेरै छन् सम्झन सक्नेहरुका लागि  

बिर्सिन बिर्सनु या सम्झाई सम्झाई बिर्साउनु तिम्रो खुशी  

(गोकुल)  

  

खुल्ला झ्यालबाट अँध्यारो मात्र पस्यो चोटा कोठामा   

मागें उजेलो, घाम, जून या मुस्कान लेराउनु तिम्रो खुशी   

(शिरीष)  

  

इन्द्रधनुषको सारंगीमा बादलुको यो मुर्चुङ्गा  

धून तिम्रै छेडी दिया'छु  गाउनु नगाउनु तिम्रो खुशी  

(एन.एस. श्रेष्ठ)  

  

सपनाका लहरमा कोरिएका अक्षरहरुका गीत  

वेदना मुहारमै मौन राख्नु वा गुन्गुनाउनु तिम्रो खुशी  

(सेन्स)  

  

यात्रा अति भो स्वैरगंगाको, जमिनमा उतारछ्यौ तिमी   

जटा बलिष्ट तिम्रो फैलाउनु नफैलाउनु तिम्रो खुशी  

(एन.एस. श्रेष्ठ)

  

मुटुको कसीमा सुनको तरबार घोट्न समेत दिएँ  

त्यतीले पुर्‍याउनु चिन्न, या मुटु फुटाउनु तिम्रो खुशी  

(कलावती)  

  

कुण्ठीत यौवन आवेशमा भन्दै छ खाली सिउँदोलाई  

कति कारणले भो- ओभानो राख्नु रङ्गाउनु तिम्रो खुशी ?   

(शिरीष)  

  

परेको छु सधैं झेलमा, हारजीत नहुने खेलमा  

भुलचुक अब लिने दिने, जे जे सच्च्याउनु तिम्रो खुशी  

(शिरीष)  

  

गाह्रो हुन्छ भीड्न एकलै धज्जी उडाउँदा दुनियाले   

प्रहार मलाई बाँड या एक्लै चोट भै रमाउनु तिम्रो खुशी   

(शिरीष)  

  

मलाई त्यागी, स्विकारी, फेरि त्याग्दा नि' खुशी छैनौ तिमी  

म अनुभवहीनले के हो, के गरी ठम्म्याउनु तिम्रो खुशी ?  

(नेपे )

  

आँ गर्दा अलंकार बुझ्नेहरुको जमात बीच छ्यौ  

मेरो नामोच्चारण गर्न मुख बाउनु नबाउनु तिम्रो खुशी  

(नेपे )

  

छानो छाए छानो, बादल छाए बादल, मैले नाँई भनिनँ  

ओत लाग्न, रुझ्न, तयार छु; छाउनु नछाउनु तिम्रो खुशी  

(नेपे )

  

ओठ जुठो हुनसक्छ, झुठो नि' हुनसक्छ, त्यो सोचेर-  

पस्कें गालामा म्वाँई, खानु-अन्कनाउनु तिम्रो खुशी  

(नेपे)  

 

________________________

Deepak Khadka
 
2008/9/13 परिहास सुब्बा <pariha...@gmail.com>

swayambar singhlama

unread,
Sep 13, 2008, 2:25:51 PM9/13/08
to nepali...@googlegroups.com
दीपक खड्का जीले विलियन सैलिको गजल लाई 'भगुवा' भन्ने संज्ञा दिनु भयो, मेरो बिचारमा यो गलत् हो भन्छु।  भगुवा होइन यो 'त्यागी' सैली हो । यस् सैलिमा आफ्नो पहिचान लुकाउने भएर भगुवा भन्नु भएको हुनुपर्छ । आफ्नो कृतिमा नाम् संगै आफ्नो स्वार्थ लुकाएको हुन्छ । प्रवासमा रहेर विलियन् गजल् संग्रह 'आरोहन्' प्रकाशित् गरि भानु दुलाल्, शान्तराम् थापा मगर्, चन्द्र तामाङ्, डलबिर् सिङ् बराइली, जैकि मोजाहु पाँच भाईले आफ्नो परिचय दिन सफल् भएका छन्। 'विलियन्' शब्द गाभ्ने नभएर समग्रमा विलिन् हुनु हो ।
 
स्वयंम्बर


--- On Sat, 9/13/08, Deepak Khadka <deepak...@gmail.com> wrote:

Deepak Khadka

unread,
Sep 13, 2008, 2:45:37 PM9/13/08
to nepali...@googlegroups.com
स्वयम्वरजी,
 
मैले "गभुवा" भनेको, तपाईले "भगुवा" पढ्न पुग्नु भएछ । त्यो त दिन र रात जत्तिकै फरक परिगो नि । अनि यो "विलयन लेखन" प्रति मेरो नकारात्मक धारणा पटक्कै छैन । मैले त झन उत्साहित भएर मेरो आफ्नै सहभागिता समेत भएको "विलयन गजल" को एउटा नमुना प्रस्तुत गरेको, म कहाँको यसको विरोधी हुनु र, हजुर ।
 
दीपक खडका

2008/9/13 swayambar singhlama <sing...@yahoo.com>

दीपक जडित

unread,
Sep 13, 2008, 2:56:49 PM9/13/08
to nepali...@googlegroups.com
'भगुवा' भन्नुभएको हो र भन्या ?  'गभुवा' पो भन्नुभएझैं लाग्यो है मलाई र कुरा सहि पनि लाग्यो । बिभिन्न गजलहरुबाट गाभेर नयाँ बनाईने हुनाले 'गभुवा गजल' भन्नु मैले त सान्दर्भिक देखें । मलाई त अझ 'कलमी गजल' भन्न मनलाग्यो । अनेक जातका बनस्पति 'क्रस' गरेर नयाँ र अझ उन्नत जात अस्तित्वमा ल्याए जस्तो । बनस्पति कलमी गर्दा पनि आमा बोटमा हाँगाहरु छानी छानी असल हाँगाहरुबाट अझ उन्नत जात तयार गर्ने प्रयास गरिन्छ त्यस्तै यस्तो कलमी गजलमा पनि असल असल शेरहरु छानेर अझ प्रभावशाली उन्नत गजल निकाल्ने नै हेतु हुन्छ होला ।


2008/9/13 swayambar singhlama <sing...@yahoo.com>



--
दीपक जडित

swayambar singhlama

unread,
Sep 14, 2008, 12:14:06 AM9/14/08
to nepali...@googlegroups.com
अहो ! दीपक् जीको प्रतिकृयालाई म आफुले गलत पढेर अरुलाई गल्ती देखाउने नकाम गरे छु । अहिले मलाई असाध्यै आत्मा ग्लानि बोध् भयो । यसमा साथीहरु सामु मैले क्षमा माग्नै पर्छ  ।  गलत पढेर म बाट गल्ती बिष्लेशण हुन पुगे छ, मिल्छ भने  क्षमा गर्नुस् है साथीहरु ।
स्वयंम्बर


--- On Sat, 9/13/08, swayambar singhlama <sing...@yahoo.com> wrote:

Mabi Singh

unread,
Sep 14, 2008, 10:31:12 AM9/14/08
to nepali...@googlegroups.com
परिहास जी,
 
धन्यबाद !
 
दीपक जी,
 
यो साझाको थ्रेडहरु बास्तबमा evolution कै प्रमाणहरु जस्तै लाग्छन् अचेल ! तपाईले राख्नु भएको फेरि पढेर दिल खुश भयो !
प्रकाशन योग्य भए पुन: एकफेरा सम्पादन गरेर - ई-मित्रहरुको स्वीकृति लिएर कतै प्रकाशन गर्ने हो कि ? 
 
 
- ईन्टरनेटमा दिइएको refrain मा गजल लेखिएको पनि देखेको छु !
 
- कुनै स्थापित गजलकारको गजलांश लिएर बांकी शेरहरु भिन्दा भिन्दैले लेखेको पनि देखेको थिएं - लिंक भेट्टाएं भने टांसम्ला !
 
- मबि

2008/9/14 swayambar singhlama <sing...@yahoo.com>

परिहास सुब्बा

unread,
Sep 15, 2008, 11:05:15 AM9/15/08
to nepali ghazal
दीपक खड्का जी को कुरा मलाई पनि सहि लाग्यो तर गाभुवा नै बोलाउँदा अलिक
भद्दा देखिन्छ कि? हुन त आजकल मलाई गजल त्यसै पनि भद्दा लाग्न थालेको छ
मान्छेहरुले दिन प्रति दिन जबरजस्ती गुथेका अनाबस्यक लय सिद्दान्त एबं
नियमहरुले गर्दा।अहिले गजल का ठेक्केदारहरुले उमारीरहेको लय ले के
साँच्चिकै पाठकहरुलाई थप आनन्द दिईरहेको छ त ?? लाग्दछ गजल सामान्य
स्रोता एब. पाठकहरुको बिपरित दगुरीरहेछ | गजल मा सामान्य बहर भए पुग्छ,
बाचन गर्दा सलललल बगोस् त्यहि हो सबभन्दा सुन्दर गजल |गजल वा कुनै पनि
सृजनामा मा हुनु पर्ने लय होईन, खुराक हो मुख्य |त्यसैले गद्य्य साहित्य
जन्म्एिको हो पक्कै| धेरै सिद्द्यान्तहरु ब्याबहारिक जिबनमा असफल छन्
त्यसैले गजल मा पनि र्सजकले ब्याबहारिक भएर सोच्न आबस्यक छ|समग्रमा
गजलकार लाई जोख्ने तराजु लय नबनोस् - बस मेरो गजल प्रतिको एउटा अबधारणा
हो यो |
दीपक जडित जि ले पनि सुन्दर उपमा दिन खोज्नु भएको छ। र स्वयम्बर जि कहिले
काहिं यस्तै हो गल्ति हुन्छ|

On Sep 14, 5:31 pm, "Mabi Singh" <mabi.si...@gmail.com> wrote:
> परिहास जी,...
>
> read more »
>
> धन्यबाद !
>
> दीपक जी,
>
> यो साझाको थ्रेडहरु बास्तबमा evolution कै प्रमाणहरु जस्तै लाग्छन् अचेल !
> तपाईले राख्नु भएको फेरि पढेर दिल खुश भयो !
> प्रकाशन योग्य भए पुन: एकफेरा सम्पादन गरेर - ई-मित्रहरुको स्वीकृति लिएर कतै
> प्रकाशन गर्ने हो कि ?
>
> - ईन्टरनेटमा दिइएको refrain मा गजल लेखिएको पनि देखेको छु !
>
> - कुनै स्थापित गजलकारको गजलांश लिएर बांकी शेरहरु भिन्दा भिन्दैले लेखेको पनि
> देखेको थिएं - लिंक भेट्टाएं भने टांसम्ला !
>
> - मबि
>
> 2008/9/14 swayambar singhlama <singhl...@yahoo.com>
>
>
>
> >   अहो ! दीपक् जीको प्रतिकृयालाई म आफुले गलत पढेर अरुलाई गल्ती देखाउने नकाम
> > गरे छु । अहिले मलाई असाध्यै आत्मा ग्लानि बोध् भयो । यसमा साथीहरु सामु मैले
> > क्षमा माग्नै पर्छ  ।  गलत पढेर म बाट गल्ती बिष्लेशण हुन पुगे छ, मिल्छ भने
> > क्षमा गर्नुस् है साथीहरु ।
> > स्वयंम्बर
>
> > --- On *Sat, 9/13/08, swayambar singhlama <singhl...@yahoo.com>* wrote:
>
> > From: swayambar singhlama <singhl...@yahoo.com>
> > Subject: बिलयन गजल
> > To: nepali...@googlegroups.com
> > Date: Saturday, September 13, 2008, 11:25 AM
>
> >    दीपक खड्का जीले विलियन सैलिको गजल लाई 'भगुवा' भन्ने संज्ञा दिनु भयो,
> > मेरो बिचारमा यो गलत् हो भन्छु।  भगुवा होइन यो 'त्यागी' सैली हो । यस् सैलिमा
> > आफ्नो पहिचान लुकाउने भएर भगुवा भन्नु भएको हुनुपर्छ । आफ्नो कृतिमा नाम् संगै
> > आफ्नो स्वार्थ लुकाएको हुन्छ । प्रवासमा रहेर विलियन् गजल् संग्रह 'आरोहन्'
> > प्रकाशित् गरि भानु दुलाल्, शान्तराम् थापा मगर्, चन्द्र तामाङ्, डलबिर् सिङ्
> > बराइली, जैकि मोजाहु पाँच भाईले आफ्नो परिचय दिन सफल् भएका छन्। 'विलियन्' शब्द
> > गाभ्ने नभएर समग्रमा विलिन् हुनु हो ।
>
> > स्वयंम्बर
>
> > --- On *Sat, 9/13/08, Deepak Khadka <deepakkha...@gmail.com>* wrote:
>
> > From: Deepak Khadka <deepakkha...@gmail.com>
> > Subject: Re: बिलयन गजल लेखन
> > To: nepali...@googlegroups.com
> > Date: Saturday, September 13, 2008, 10:30 AM
>
> >  परिहासजी,
>
> > "विलयन लेखन" को चिनारी र उत्पादित गजलको कोसेलीको लागि धन्यवाद छ है ।
>
> > "विलयन" लाई झर्रो नेपालीमा भन्नुपर्दा "गाभ्ने" भन्नुपर्छ होला ("थुप्रै
> > टुक्राहरु गाभेर एउटै बनाउने" अर्थमा) । त्यस अर्थमा "विलयन गजल" लाई 'गभुवा
> > गजल" भन्दा पनि होला जस्तो छ । तर म झर्रोवादी चै होईन है । यसो अर्थ केलाउने
> > प्रयास मात्र गरेको हो ।
>
> > अनि प्रसंगवश, हामी केही बेनामी टुक्रे उस्तादहरुले एउटा फोरममा यस्तै अभ्यास
> > गरेका थियौं । चार वर्ष अघिको कुरा यो । "बहर" संग त्यति परीचित नभएका
> > हामीहरुले त्यसको ख्याल राखेका भने छैनौं । तर भावगत वैविध्य भने रमाईलै लाग्ने
> > छ ।
>
> > यहाँ बाड्दैछु त्यो अभ्यास (केही सामान्य सम्पादन सहित):
>
> >http://www.sajha.com/archives/openthread.cfm?threadid=14176&dsn=sajha...
> > छानो छाए छानो,- Hide quoted text -
>
> - Show quoted text -

परिहास सुब्बा

unread,
Sep 15, 2008, 11:08:05 AM9/15/08
to nepali ghazal
दीपक खड्का जी को कुरा मलाई पनि सहि लाग्यो तर गाभुवा नै बोलाउँदा अलिक
भद्दा देखिन्छ कि? हुन त आजकल मलाई गजल त्यसै पनि भद्दा लाग्न थालेको छ
मान्छेहरुले दिन प्रति दिन जबरजस्ती गुथेका अनाबस्यक लय सिद्दान्त एबं
नियमहरुले गर्दा।अहिले गजल का ठेक्केदारहरुले उमारीरहेको लय ले के
साँच्चिकै पाठकहरुलाई थप आनन्द दिईरहेको छ त ?? लाग्दछ गजल सामान्य
स्रोता एब. पाठकहरुको बिपरित दगुरीरहेछ | गजल मा सामान्य बहर भए पुग्छ,
बाचन गर्दा सलललल बगोस् त्यहि हो सबभन्दा सुन्दर गजल |गजल वा कुनै पनि
सृजनामा मा हुनु पर्ने लय होईन, खुराक हो मुख्य |त्यसैले गद्य्य साहित्य
जन्म्एिको हो पक्कै| धेरै सिद्द्यान्तहरु ब्याबहारिक जिबनमा असफल छन्
त्यसैले गजल मा पनि र्सजकले ब्याबहारिक भएर सोच्न आबस्यक छ|समग्रमा
गजलकार लाई जोख्ने तराजु लय नबनोस् - बस मेरो गजल प्रतिको एउटा अबधारणा
हो यो |
दीपक जडित जि ले पनि सुन्दर उपमा दिन खोज्नु भएको छ। र स्वयम्बर जि
कहिले
काहिं यस्तै हो गल्ति हुन्छ|

Deepak Khadka

unread,
Sep 15, 2008, 12:26:58 PM9/15/08
to nepali...@googlegroups.com

परिहासजी,

 

बहरको मामलामा तपाई र म एउटै खेमाका परेछौं । गजल गेय चाही हुनै पर्छ, तर त्यसको लागि "बहर" को "ह्रस्व र दीर्घ" को पछाडी दगुर्न आवश्यक छैन, संगीतशास्त्रिय "सुर र ताल" संग हिड्न सक्ने लयात्मक भए पुग्छ भन्ने मेरो मान्यता छ ।

 

बहरबद्ध गजल संग्रह "बहरमाला" एकबाजी खररर पढे पछि "बहर" प्रति मेरो श्रद्धा होईन वितृष्णा पो जागृत भयो त गाँठे । उसै त छन्द/बहर भने पछि नौनाडी गलेर आउँथ्यो मेरो, झन् बहरबाजहरुका निरसिला र पट्यारलाग्दा गजलको डङ्गुर देखेपछि के चाहियो मलाई ।

 

गजलको प्रयोजन म "बौद्धिक गीत" को रुपमा पाउँछु । अर्को तरीकाले भन्नुपर्दा, मेरा लागि गजल भनेको गीत (सरसता र लयात्मकता) र कविता (बौद्धिकता र विषयगत फराकिलोपना) लाई जोड्ने पुल हो, nothing more, nothing less.

 

बहरले त गजललाई crossword puzzle को रुपमा सिमित बनाईदिन्छ र सारा सृजनात्मक उर्जा शाब्दिक व्यायाममा खर्च हुन्छ; गुणवत्ता भाव र प्रस्तुतिको लागि केही उर्जा र स्थान नै बचेको हुँदैन । अधिकांश बहरबद्ध गजलहरुले यो कुराको पुष्टी गर्दछन् ।

 

("बहर" प्रति) यथोचित क्षमायाचना सहित,

 

दीपक खडका     



2008/9/15 परिहास सुब्बा <pariha...@gmail.com>

Prabha Acharya

unread,
Sep 17, 2008, 5:55:38 PM9/17/08
to nepali...@googlegroups.com
बिलयन गजलले साचै सबैलाई एकै डोरिमा बाध्न सक्छ जस्तो महशुश भएको छ/ यस्लाई स्थाइ राख्न हामीले सधैं प्रयत्नसिल हुनुपर्छ भन्ने मेरो धारणा सहित् यो दुई हरफ गजल /

पठाएकिछु पत्र निमन्त्रणा भरेर तिमिलाई,  आउनु ,न आउनु तिम्रो खुशी
खुल्ला छ मनको ढोका तिम्रो निम्ती, माया लाउनु,न लाउनु तिम्रो खुशी /  
     




> Date: Sat, 13 Sep 2008 07:52:35 -0700
> Subject: बिलयन गजल लेखन
> From: pariha...@gmail.com
> To: nepali...@googlegroups.com

Prabha Acharya

unread,
Sep 17, 2008, 6:07:43 PM9/17/08
to nepali...@googlegroups.com
बिलयन गजल मा अरुको भावना र सहमत् सँग मेल खाने लहरहरु  जोड्न पाउदा साचै आनन्द आउदो रहेछ / बडी कस्रत नपर्ने र अरुको बाटोलाई साथ दिने काम पनि भएको जस्तो महसुश भएको छ यसरीनै हातेमालो गर्दै जान पाउ र प्रतिक्रीया पनि पाउ/ झुटो प्रसङ्शाको धाप भन्दा सत्य गाली नै मीठो हुन्छ भन्ने म ठान्दछु /
दुई हरफ गजल
मेरो उजाड जीवनमा सजिने भए गलाको हार भएर आउ
मलाई साचै आफ्नो भन्ने भए जीवनको  सार भएर आउ /         


Date: Sat, 13 Sep 2008 14:45:37 -0400
From: deepak...@gmail.com
To: nepali...@googlegroups.com

swayambar singhlama

unread,
Sep 18, 2008, 2:24:51 AM9/18/08
to nepali...@googlegroups.com
प्रभा जीले विलियन गजल लेखनमा सहभागीताको लागि गर्नु भएको अनुरोधलाई नकार्न सकेन, त्यसैले एक् शेरका साथ् सहभागि जनाउने जमर्को गरेँ है त !!
 
मेरो उजाड जीवनमा सजिने भए गलाको हार भएर आउ
मलाई साचै आफ्नो भन्ने भए जीवनको  सार भएर आउ
                                                         - आचार्य प्रभा
 
हुलाकी माथि शंका लाग्छ तिमीलाई चिट्ठी पठाई रहँदा
मनको कुरा सुटुक्क साट्ने टेलिफोनको तार भएर आउ
                                                         - स्वयंम्बर
 
 


--- On Wed, 9/17/08, Prabha Acharya <prabha.a...@hotmail.com> wrote:
From: Prabha Acharya <prabha.a...@hotmail.com>
Subject: RE: बिलयन गजल
To: nepali...@googlegroups.com

ghanendra ojha

unread,
Sep 18, 2008, 3:02:44 AM9/18/08
to nepali...@googlegroups.com


--- On Mon, 9/15/08, परिहास सुब्बा <pariha...@gmail.com> wrote:
Laya Ra Bahar.doc

swayambar singhlama

unread,
Sep 18, 2008, 3:28:59 AM9/18/08
to nepali...@googlegroups.com
पठाएकिछु पत्र निमन्त्रणा भरेर तिमिलाई,  आउनु ,न आउनु तिम्रो खुशी
खुल्ला छ मनको ढोका तिम्रो निम्ती, माया लाउनु,न लाउनु तिम्रो खुशी / 
(आचार्य प्रभा)
 
धेरै पिएछु मैले जिन्दगीमा, अब म देखि रक्सी नै हार खाए
रह्यो जवानीको नशा पिलाई मताउनु, न मताउनु तिम्रो खुशी
(स्वयंम्बर) 

--- On Wed, 9/17/08, Prabha Acharya <prabha.a...@hotmail.com> wrote:
From: Prabha Acharya <prabha.a...@hotmail.com>
Subject: RE: बिलयन गजल लेखन
To: nepali...@googlegroups.com

Deepak Khadka

unread,
Sep 18, 2008, 6:09:48 PM9/18/08
to nepali...@googlegroups.com

"बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर सममात्रामा भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।" 

 

घनेन्द्रजी,

 

तपाईको यस verdict संग पूर्ण सहमत छु म । र बहरको विकल्पको रुपमा लय वा सममात्राको सुझाव अनि सममात्राको गणना सम्बन्धी उपयोगी दिग्दर्शनको लागि साधुवाद ।

 

जहाँसम्म बहरको कुरा छ, त्यो, खास गरेर अनुप्रास र पर्यायवाची शब्द न्यून भएका भाषाहरु (नेपाली र हिन्दी समेत) को हकमा, गजलको साहित्यिक गुणस्तर जस्तो एकदमै महत्वपूर्ण गुणको मुल्य (cost) मा अतिलयात्मकता जस्तो कम महत्वपूर्ण गुण अभिवृद्धि गर्ने उपकरण मात्र हुन पुग्ने (र पुगेको पनि, अनगिन्ती दृष्टान्त छन्) हुनाले म बहरको विकल्पवादी हुन पुगेको हुँ ।

 

वर्तमान गजलहरु गैर-शास्त्रिय भएकै कारणले समिक्षकहरुको हिचकिचाहटमा परेका छन् भन्ने सबालमा चाही म पनि त्यस्तै लख काट्छु । त्यही भएर र अन्य व्यावहारिक कारणहरुले समेत नेपाली गजलबारे एउटा सर्वमान्य वा कमसेकम बहुमान्य मानक (standard) भईदिए हुन्थ्यो भन्ने ईच्छा राख्दछु म ।

 

स्मरणिय छ, हिन्दी गजलको पनि हालत यही छ । र भारतका अन्य क्षेत्रिय भाषामा पनि गजलको हालत (अनिर्णित मानक) यस्तै होला भनेर अनुमान गर्न गाह्रो छैन ।

 

हिन्दी गजलको मानक सम्बन्धी कवि महेश अनघको एक प्रस्ताव लेख यहाँ छ:

 

हिन्दी में ग़ज़ल - एक समग्र प्रस्तावना 

महेश अनघ

http://www.srijangatha.com/january%2007/gajalank.aalekh.maheshaanagh.jan07.htm

 

दीपक खडका

Piscataway, NJ, USA 

--०

 

Preeti font नभएकाहरु र unocode मा पढ्न सुबिधा हुनेहरुका लागि घनेन्द्र ओझाज्यूको सन्देश र लेखलाई Unicode मा रुपान्तर गरेर यहाँ राख्दैछु:

बहर तथा लयमा गजललेखन 

- घनेन्द्र ओझा 

ghan...@yahoo.com

 

 

(साथीहरु सबैलाई नमस्कार ! साथीहरुले गजलको विषयमा अस्पस्ट भएका केही कुराहरु प्रस्ट पार्न र विभिन्न ठाउँमा छरिएर रहेका गजलस्रष्टाहरुसँग साहित्यिक सम्बन्ध स्थापित गर्न सजिलो माध्यमको रुपमा ईमेलमार्फत् रचना र भावना आदान-प्रदान गर्ने काम जुन गरिरहनुभएको छ यो ज्यादै प्रशंसनीय छ । म यसको लागि सबै साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।   

 

हरेक मानिसको बुझाइ र भोगाइ फरकफरक हुनु अनौठो होइन । तर कालो चीज देख्दा कालो र सेतो देख्दा सेतो भन्न चाहिँ सबैले पर्छ होला । साश्वत कुराहरुलाई तर्कले जित्न खोज्नु उचित हुँदैन । केही साथीहरुको गजलमा लय वा बहरमा गजललेखनसम्बन्धी धारणा पढ्दा म चकित भएँ । यसकारण यो सानो लेखमा गजलमा लय र बहरसम्बन्धी मैले बुझेका कुराहरु तपाईँहरुसमक्ष प्रस्तुत गरेको छु । )

 

 

नेपाली गजल परम्पराको इतिहासले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरु त्यसपछिका भीमनिधि तिवारी शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा रह्यो । बिक्रमाब्दको २०३० को दशकको अन्त्यतिरदेखि हालसम्मको इतिहास अनुसार ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुनर्जागृत हुने अवसर प्राप्त गर्यो ।   

 

नेपाली गजललेखनको सुरुआतताका उर्दू फारसीमा प्रचलित बहरहरुमा गजल लेखिएको पाइन्छ । तर पुनर्जागरणपछिका दिनहरुमा भने शास्त्रीय बहरलाई भन्दा स्वनिर्मित आक्षरिक वा उच्चार्य वर्णमा आधारित मात्रा लाई आधार मानेर गजल लेख्न थालियो । पुनर्जागरणपछिका गजलकारहरु मनु ब्राजाकी ललिजन रावल बूँद राना रवि प्राञ्जल डा. घनश्याम "परिश्रमी" इत्यादिलगायतले स्वनिर्मित लयलाई अँगालेर गजल लेख्न थाले । यसपछिका अन्य गजलस्रष्टाहरुले पनि उल्लिखित गजलकारकै सिको गर्न थाले । बहरमा गजल लेख्नु जो कसैका लागि चुनौती पनि हो । शास्त्रीय सूत्र र नियमको पालना गर्नु गाह्रो काम हो । भाषा व्याकरणको राम्रो ज्ञान नभई शास्त्रीय बहरमा गजल लेख्न सकिँदैन लेखिहाले पनि उत्कृष्ट गजल लेख्न मुस्किल हुन्छ । सायद यसैकारण पुनर्जागरणपछिका धेरै गजलकारहरुले बहरलाई त्यति महत्वपूर्ण मान्दैनन् । तर हामी असल गजल लेखक वा गजल समीक्षकले मनन् गर्नुपर्ने कुरा के भने कुनै पनि विधाको पर्याप्त ज्ञान हुनसकेन भने न त उत्कृष्ट सिर्जना नै जन्मन सक्छ न त सही समीक्षा नै हुनसक्छ । सायद यही कारण हुन सक्छ स्थापित समालोचकहरु पनि गजल समालोचनामा हात हाल्न हिच्किचाउँछन् । अझ बहरबद्ध गजलहरुको समालोचना  गर्ने समालोचक त अत्यन्तै कम छन् ।   

 

वर्तमान समयमा गजल अत्यधिक लेखिने विधा हो । अत्यधिक छापिने विधाको स्थान पनि गजलले लिइसकेको छ । हरेक वर्ष सयौँको सङ्ख्यामा गजलसङ्ग्रहहरु प्रकाशन भइरहेका छन् भने पुराना र अन्य साहित्यिक विधामा स्थापित स्रष्टाहरुसमेत गजललेखनमा आइरहेका छन् । यसले गजललाई एउटा सशक्त र स्वतन्त्र साहित्यिक विधाको रुपमा चिनाउन मद्दत गरेको छ । अब गजललाई 'आयातीत विधा या कविता वा गीतको एउटा रुप' भन्ने आग्रहबाट मुक्त हुन आवश्यक छ । गजल आफ्नै मौलिक प्रविधि र संरचनामा आवद्ध सुललित साहित्यक विधा हो जसमा पर्याप्त साङ्गीतिकता हुन्छ । यसर्थ यसलाई गेय विधाको रुपमा पनि चिनिन्छ । यो सन्दर्भ गजल बहरमा लेख्नु राम्रो हो भन्ने आशयले जोडिएको हो । बहर या छन्द आफैँमा लय हो । लययुक्त सिर्जना गेयात्मक हुने गर्छ ।   

 

तर यसको अर्थ यो मात्र नलागोस् कि गजल बिशुद्ध बहरमा मात्र लेखिनुपर्छ । बहर भनेको छन्द हो छन्द भनेको लय हो । छन्दमा निश्चित सूत्र ह्रस्व दीर्घ को नियमलाई आधार मानेर लेखिन्छ जुन आफैँमा सुललित र लयबद्ध हुन्छ । बहरका सूत्रहरुलाई नपछ्याई पनि लयबद्ध गजल लेख्न सकिन्छ तर यसको लागि निश्चित नियमको पालना भने अवश्य गर्नुपर्छ । यहाँ मुक्तछन्द गैरबहर मा गजल लेख्नको लागि आवश्यक केही नियमहरुको चर्चा गर्ने प्रयास गरिएको छ । 

 

लय गजलका लागि अत्यावश्यक तत्व मानिन्छ । गजल गेय विधा भएकोले यो लयात्मक या गेयात्मक हुनु अत्यावश्यक छ । लयविहीन गजल असल गजल मानिँदैन । बहर छन्द लय मात्रा जेजस्ता नाम दिए पनि समग्रमा यी सबै लय वा गेयात्मकतालाई बुझाउने शब्दहरु हुन् । सामान्यतयाः गजल बहर या छन्दमा लेखिन्छ । यदि बहर या छन्दलाई अङ्गीकार गर्न नसके पनि स्वनिर्मित नै भए पनि लयमा चाहिँ गजल आवद्ध हुनैपर्दछ । शास्त्रीय सङ्गीतसँग नजिक रहेको गजलगायन उर्दू र हिन्दीमा प्रशस्त भए पनि नेपालमा भने गजल प्रवेश गरेको सवासय वर्ष वितिसक्दा पनि चित्त बुझ्दो छैन । यसको प्रमुख कारण गेय वा लयात्मक गजलभन्दा बढी पाठ्य गजल लेखिनुलाई मान्दै आएका छन् कतिपय आलोचकहरुले । साथै गजलगायनको प्राविधिक पक्षको ज्ञान सङ्गीतकर्मीमा नहुनु पनि अर्को महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ ।   

 

मूलतः गजल अरबी फारसी उर्दू हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको हो । उर्दू फारसीमा गजललेखनका लागि विभिन्न बहर छन्द हरु छन् । संस्कृतमा पिङ्गल छन्दजस्तै उर्दू फारसीमा पनि विभिन्न बहरहरु प्रचलनमा छन् । बहरहरु कति सङ्ख्यामा छन् भन्ने यकिन कसैले गर्न नसके तापनि करिब डेढ दर्जन बहर उर्दू फारसीमा प्रचलनमा रहेका भेटिन्छ । बहर भन्नु नै लयविधान हो । निश्चित सूत्रमा संस्कृतमा गण मात्रा भनेझैँ उर्दू फारसीमा रुक्न अर्कान भनिन्छ बाँधिएर ह्रस्व दीर्घको नियमलाई होसियारीपूर्वक पालना गरेर लेख्ने गरिन्छ बहरमा या छन्दमा गजल लेख्दा । उर्दू फारसीमा बहरमा गजललेखनले सुरुदेखि नै महत्व पाउँदै आए तापनि नेपालीमा चाहिँ गजल प्रवेश गरेयता धेरै लामो समयसम्म पनि खासै प्रचलनमा रहेन । मोतीराम भट्टलगायतका सुरुआतकालका नेपाली गजलकारहरुले बहरमा गजललेखनलाई महत्व दिएता पनि त्यसपछिका गजलकार भने बहरलाई छाडेर स्वतन्त्र लय निर्माणतर्फ अग्रसर रहे । साठीको दशकको आरम्भसँगै नेपाली गजलमा बहरको पनि पुनर्जागरण भयो । गजललेखनमा निकै ठूलो उत्साह र जोशका साथ होमिएका केही युवा स्रष्टाहरुको पहलमा अनामनगर दाहालको दैलोबाट अनाममण्डलीको सुरुआत भएपछि संस्थागत रुपमै बहरबद्ध गजललेखनले नेपाली गजलमा प्रश्रय पाउन थाल्यो । आजसम्म आइपुग्दा अनाममण्डलीले नेपाली गजलसाहित्यमा लयको विशेषगरी बहरको खोजी गर्ने काममा उल्लेख्य सफलता प्राप्त गरेरै छाड्यो । गजलमा लय अनिवार्य तत्व हो र गजल गाइनुपर्छ भन्ने मान्यताका साथ अघि बढेको अनाममण्डलीले गजललाई गायनमा ल्याउने प्रयासमा पनि तदारुकता देखाउनु थप उपलब्धिमूलक र प्रशंसनीय कार्य भएको सबैले स्वीकार्न बाध्य छन् ।   

 

छन्द या बहरका बारेमा अहिले धेरै सामग्रीहरु प्रकाशित छन् । समालोचक एवम् कवि देवी नेपालले आफ्नो पुस्तक छन्द परागमा एकसय साठीवटा पिङ्गल छन्द संस्कृत का अतिरिक्त केही प्रचलित उर्दू बहरका रुक्न र अर्कानसहित सोदाहरण परिचय दिएका छन् । बहरमा मात्र लेखिएका गजलसङ्ग्रहहरु पनि नेपाली भाषामा आइसकेका छन् । घनेन्द्र ओझाद्वारा सिर्जित सिर्जित बहरबद्ध गजलहरुको सङ्ग्रह बल्झेर याद तिम्रो २०६२ फागुन मा करिब दुई दर्जन प्रचलित /अप्रचलित शास्त्रीय छन्द तथा बहर र एक दर्जन नवीन छन्दहरु माजरी देवकी कोकिला नयनतारा पीयूषधारा विजेता विभूति बगीता प्रमिला बालिका शान्ति मैनाजस्ता प्रयोग गरिएको छ बहरमाला देवी नेपालको भूमिका । यसैगरी सरोज काफ्लेको अधरामृत २०६२ चैत्र तथा ऋषि लामिछानेगोर्खे साइँलो को मुस्कान२०६२ चैत्र खनाल मेघनाथ बन्धुको…………… जनक रसिकको युगीन सपना सुरेश सुवेदीको अनुभूतिका डोबहरु नारायण निरासीको एउटै मात्र बहर हजज मुसम्मन् सालिममा लेखिएको तुषारोमा फुलेका फूलहरु पदम गौतमको घाम झुल्कनुअघिलगायतका बहरबद्ध गजलसङ्ग्रहहरु प्रकाशन भइसकेका छन् । यसरी बहरमा गजल लेख्ने र सङ्ग्रह प्रकाशन गर्ने क्रम अहिले बढ्दो रुपमा रहेको छ । यी सङ्ग्रहका अतिरिक्त मोतीराम भट्टसहित वर्तमान पुस्तासम्मका एकसय एक गजलकारहरुद्वारा लिखित बहरबद्ध गजलहरुको सङ्कलन बहरमाला पनि प्रकाशित भइसकेको छ । अनाममण्डलीको प्रयासमा प्रकाशन भएको यस पुस्तकले पनि नेपाली गजलको इतिहासमा एउटा महत्वपूर्ण इँटको काम गरेको मान्न सकिन्छ ।   

 

गजल गेय विधा भएका कारण यो लयबद्ध हुनैपर्छ चाहे छन्द बहर या सममात्रा जेसुकै लयविधानलाई अँगाले पनि । लयको प्रसङ्गमा यहाँ उल्लेख गर्नै पर्ने कुरा केही छन् । माथिका पङ्क्तिहरुमा छन्द या बहरका बारेमा उल्लेख गरिसकिएको छ । छन्द या बहरमा लेख्नु आफैँमा सिर्जना लयबद्ध हुनु हो । तर सबै गजल छन्द या बहरमा नै लेखिनुपर्छ भन्ने आग्रह भ्रामक र अतिसयोक्तिपूर्ण हो । यसको मतलब जे पायो त्यही ढङ्गमा केवल भावपूर्ण र प्रभावकारी बनाउने नाउँमा कुनै पङ्क्ति १९ मात्राको र कुनै १४ मात्राको बनाउनु भन्ने चाहिँ कदापि होइन । शास्त्रीय बहर या छन्दमा लेख्न नसक्ने या नरुचाउनेले पनि गजल लेख्दा निश्चित लय चाहिँ अवलम्बन गर्नैपर्छ । समान मात्राद्वारा निर्मित यस्तो लयलाई सममात्रिक लय पनि भन्ने गरिन्छ । यहाँ पनि के स्पष्ट हुनु जरुरी छ भने कसैकसैले सममात्रिक लयमा गजल लेख्न खोजेका छन् तर सममात्राका आधार अक्षर सङ्ख्या वर्ण लाई मान्ने गरिएको पाइन्छ । यो किसिमको लय सममात्रिक लय होइन । सममात्रिक लय वर्णको उच्चारण या उच्चार्य वर्णसँग सम्बन्धित हुन्छ । जस्तो   

 

क) कूपमन्डुक जमातमा के खोज्छौ भाइ परिचय 

थुन्न तिम्रा पहिचान पिँजडा हुन्छन् सहरमा । प्रभाती किरण विचारका भग्नावशेष शोधग्रन्थ 

ख) मनहरुमा सूर्य-किरण छर्नुपर्ने थियो 

   अँध्याराका उचाइहरु होच्याएर आएँ । जीत कार्की आस्थाका हिउँचुलीहरु 

उल्लिखित प्रथम शेरका दुवै पङ्क्तिमा सोह्र मात्रा छन् । अक्षर सङ्ख्यालाई हेर्ने हो भने प्रथम पङ्क्तिमा अठार अक्षर र दोस्रो पङ्क्तिमा सत्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ   

 

कू प मण् डुक् ज मा त मा के खोज् छौ भाइ् प रि च य   

थुन् न ति म्रा प हि चान् पिँ ज डा हुन् छन् स ह र मा । 

 

यस्तै दोस्रो शेरमा पहिलो पङ्क्तिमा सोह्र अक्षर र दोस्रो पङ्क्तिमा पन्ध्र अक्षर रहेका छन् । तर उच्चारण गर्दा यस्तो हुन्छ 

मन् ह रु मा सूर् य-कि रण् छर् नु पर् ने थि यो 

अँ ध्या रा का उ चाइ् ह रु हो च्या ए र आ एँ । 

 

सममात्रिक लयमा गजल लेख्नका निम्ति एउटा छूट के छ भने स्वर वर्ण इ ई उ ऊ ए र ऐ को उच्चारण मात्राको आवश्यकताअनुसार गर्न सकिन्छ । माथि उल्लिखित प्रथम शेरको पहिलो पङ्क्तिमा रहेको भाइ शब्दलाई दुई मात्रा अथवा एक मात्रा दुवै रुपमा प्रयोग गर्न सकिन्छ । प्रस्तुत शेरमा एक मात्राका रुपमा भाइ शब्दको प्रयोग भएको छ । त्यस्तै दोस्रो शेरको दोस्रो पङ्क्तिमा रहेको उचाइहरुमा पाँच अक्षर भए पनि इलाई त्योभन्दा अघिको वर्ण चासँग जोडेर उच्चारण गरिन्छ । यसकारण उचाइहरुलाई चार मात्रा मात्र मान्न सकिन्छ । यसर्थ प्रस्तुत दोस्रो शेर चौध मात्रामा लेखिएको छ भन्न सकिन्छ । 

 

समग्रमा गजलमा गेय पक्ष वा छन्दोबद्धता या लयात्मकता ज्यादै महत्वपूर्ण मानिन्छ । बहर या छन्दमा लेख्न नसकिए पनि लयमा वा मात्रा मिलाएर सममात्रामा भने गजल लेखिनै पर्छ । एउटा पङ्क्ति अठार मात्रा र अर्को पङ्क्ति पन्ध्र मात्राको हुनु गजलमा अस्वीकार्य छ ।    

 

सुझाव र प्रतिक्रियाको लागि 

ghan...@yahoo.com



2008/9/18 ghanendra ojha <ghan...@yahoo.com>

ghanendra ojha

unread,
Sep 19, 2008, 5:24:10 AM9/19/08
to nepali...@googlegroups.com
धन्यवाद ! दीपक जी,
म पनि गजल लेख्नमा रुचि राख्छु । तपाईँहरूको सङ्गतले केही नयाँ कुरा सिक्छु कि भन्ने लाग्छ । तर हामी कुनै पनि कुरामा अतिवादी भएर जानुहुँदैन । सबै कुरामा तर्क गरेर अगाडि बढ्छु भन्न थालियो भने धेरै ठाउँमा चिप्लनर्ुपर्छ । यर्सथ हामी अस्पस्ट कुराहरूलाई बहसमा ल्याएर स्पष्ट हुने प्रयास गरौँ तर अनावश्यक टीकाटिप्पणी र कर्ुतर्क अगाडि नसारौँ भन्ने मेरो आग्रह छ । लयसँगै काफियाको सर्न्दर्भ पनि अहिले निकै चर्चामा छ । सबैले आआफ्नै डम्मरु बजाइरहेका छन् । एउटा मानक स्थापित नहुञ्जेल यस्तै हो । तपाईँ हामीले नै यी र यस्ता भ्रमको समाधान खोज्नर्ुपर्छ । आउनुहोस् सँगै खोजौँ । स्वागतम् ।
 
घनेन्द्र ओझा
 


--- On Thu, 9/18/08, Deepak Khadka <deepak...@gmail.com> wrote:

Prabhati Kiran

unread,
Sep 19, 2008, 5:33:10 AM9/19/08
to nepali...@googlegroups.com
Unicode ma type garna na aayera yo group ma sahavagi huna sakeko 6ina.


Date: Fri, 19 Sep 2008 02:24:10 -0700
From: ghan...@yahoo.com

Deepak Khadka

unread,
Sep 19, 2008, 1:46:25 PM9/19/08
to nepali...@googlegroups.com
Prabhati Kiran Ji,
 
I am copying for you the instruction on how to install and type in the unicode Nepal. Bibhor Ji had posted it in this group a while ago.
 
You can also use this site for typing in unicode.
 
--------------------------------------
Installation:
 
Firstly, I hope the OS you are using is windows 200 or above (such as
Win-XP or Vista)
To read and write in unicode you need to install unicode in your
computer. For that please follow following steps:

Go to control panel
Select Regional & Language options
Make sure 'Left to Right' option is checked, if not check it and click OK
YOu will be asked WinXP's CD for installation (You can use XP's backup
from ur harddisk)

Go to www.mpp.org.np and download Nepali Unicode Romanised (or Traditional).
SInce the software is construced in .NET platform, you need to install
.NET environment in your computer. (You can download it from
microsoft's site or even from mpp's web)

Go back to Regional & language options at advance tab, select language-Sanskrit.
Select Nepali Unicode Romanised from the option listed below.
If any confusion exists refer to installation guide from MPP's web portal.

IF U R ABLE TO VIEW UNICODE CONTENT IN BROWSER bUT NOT IN OUTLOOK THEN-
wHEN YOU OPEN THE MESSAGE FIGURE OUT ENCODING AT OPTION
SELECT ENCODING AS -'UNICODE'
I think you will be able to read the matter

 

--------------------------------------------------


2008/9/19 Prabhati Kiran <prabha...@hotmail.com>

Mabi Singh

unread,
Sep 19, 2008, 2:29:25 PM9/19/08
to nepali...@googlegroups.com

swayambar singhlama

unread,
Sep 21, 2008, 3:26:54 AM9/21/08
to nepali...@googlegroups.com
 
तिमी सँग रमाउन रात मिठो लाग्छ
आधा रात पछिको बात मिठो लाग्छ 

कठाङग्रीने शिशिर होस् या उमंगको वसन्त
ऋत्युहरुमा तिम्रो चाहत सँधै मिठो लाग्छ 

घुम्तिहरुमा ओझेल पर्दा कहिले देखुँ लाग्ने
किन किन मलाई तिम्रो जात मिठो लाग्छ 
 
चिम्लेर ती आँखा के हेर्छौ सौदर्य मदिराको ?
पिएर रक्तसंचारमा हुने मात मिठो लाग्छ

कालो देख्छ फुलको पनि रंगहेर अँध्यारोमा
मन लोभ्याउने सुवासको तागत मिठो लाग्छ 

swayambar singhlama

unread,
Sep 21, 2008, 3:30:57 AM9/21/08
to nepali...@googlegroups.com
 
तिमी सँग रमाउन रात मिठो लाग्छ
आधा रात पछिको बात मिठो लाग्छ 
कठाङग्रीने शिशिर होस् या उमंगको वसन्त
ऋत्युहरुमा तिम्रो सँधै चाहत  मिठो लाग्छ 

bupendra mahat

unread,
Sep 21, 2008, 7:09:33 PM9/21/08
to nepali...@googlegroups.com

दीपक सर ,
झन भुझ्यो झन कठिन,तर पनि निरन्तर साधना गरी रहेको छु ।
घनेन्द्र ओझा जि
हजुरको लेख पढे पछी लाग्यो मलाई गजलको अझै
ज्ञान छैन।
आज मैले दुई वटा गजल यहाँ राखदै छु ,
यसमा भएका कमी कमजोरिको चिरफार गरी दिनु हुन
हार्दिक अनुरोध छ।
 
                     
                            1

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा
 
लिङिय सिमाको हदबन्दीमा थुनी दिए
देव र दासिको भेदलाई भने कर्मको कुरा
 
कर,भर,डर,रहर के थियो खोलिए
मुख लुकाए रे आफ्नाले भने मर्मको कुरा
 
छनौट बनौटको कुरामा कालो छाला आयो
अर्थोक त ठीक थियो रे भने चर्मको कुरा
 
कसैले भोज भने,कसैले मोज ,कसैले बोझ
मेलापात सरी खनिए भने पर्मको कुरा 
 
                       2  
 
ईतिहास खिया लाग्यो धार लगाउ भनेकै हो
लीलाममा परीन्छ कि पार लगाउ भनेकै हो

झिमिक्क गर्न हुन्न, सिङौरी खेल्दै बाली नास्छ
छिमेकिको डाम्ना रोक्न ,बार लगाउ भनेकै हो

झिङ्गे दाउ फोहोरिको,फुलमा रस नि जस नि
महुरिको मह मिठो ,घार लगाउ भनेकै हो

कहिले बाडी कैले पहिरो बिपती कती कती
कम्ताको फुको माटो ,झार लगाउ भनेकै हो

ग्रह दशा सबै यही,बुध्द मनमा क्रोध लुक्यो
सिमे भुमे भागउन ,खार लगाउ भनेकै हो

2008/9/19 Mabi Singh <mabi....@gmail.com>

दीपक जडित

unread,
Sep 21, 2008, 9:31:01 PM9/21/08
to nepali...@googlegroups.com
ईतिहास खिया लाग्यो धार लगाउ भनेकै हो
लीलाममा परीन्छ कि पार लगाउ भनेकै हो
झिमिक्क गर्न हुन्न, सिङौरी खेल्दै बाली नास्छ
छिमेकिको डाम्ना रोक्न ,बार लगाउ भनेकै हो
झिङ्गे दाउ फोहोरिको,फुलमा रस नि जस नि
महुरिको मह मिठो ,घार लगाउ भनेकै हो
कहिले बाडी कैले पहिरो बिपती कती कती
कम्ताको फुको माटो ,झार लगाउ भनेकै हो
ग्रह दशा सबै यही,बुध्द मनमा क्रोध लुक्यो
सिमे भुमे भागउन ,खार लगाउ भनेकै हो

के बोल्नु छ र यो गजलमा ? निक्कै अघि यौटा गजल लेखेको थिएँ

-
"
मर्म लेखेर गजलमा पियारी शेर शेरमा रुवायौ
मतला देखि मक्ता सम्मै एकएक 'अक्षेर'मा रुवायौ " भनेर । अधुरो प्रेमको अब्यक्त भावना त्याँहा जसरी उतार्न खोजेको थिएँ त्यसरी नै यो गजल हाम्रो दैनिक , सामाजिक , राजनीतिक भनौं न सम्पुर्ण पाटोलाई मतला देखि मक्ता सम्मै एक एक अक्षरमा बोकेर आएको छ । 'Superb ! ' लौ जा , आफ्नै भाषाले नपुगेर पैंचो पनि लिएँ यसको तारिफ गर्न ।

यसमा चैं तपाईँको 'भने' ले कुरा बिगारेझैं लाग्यो । यसलाई यसरी गर्दा कस्तो होला विचार्नुस् है -

भरिएको थिए पोखिदा भने शर्मको कुरा
संस्कृतिले प्रकृति खुद्दा भने धर्मको कुरा
 
भरिएको थिएँ पोखिँदा शर्मको कुरा भने
संस्कृतिले प्रकृति खुद्दा धर्मको कुरा भने

*

यो खुद्दा भनेको चैं अस्पस्ट भएँ , खुँद्दा ( केटाकेटी उफ्रेर जोतेको बारी खुँदे जस्तो ) हो भने चन्द्रबिन्दु छुटेको हो अर्थोकै हो भने जानकारी पाउँ । साथै दाईले अलि चन्द्रबिन्दु दिनुपर्ने ठाउँमा छुटाउंनु भएन है - अर्थ्याउन गाह्रो हुने भो । काफिया पक्कै शर्म , धर्म , कर्म , पर्म...... लाईनै बनाउनु भएको हो भन्ने मेरो बुझाई अनुशार 'भने'लाई रदिफतिर धकेल्दा हुन्छ भनेर है ।

2008/9/21 bupendra mahat <wak...@gmail.com>

Mabi Singh

unread,
Sep 21, 2008, 10:19:55 PM9/21/08
to nepali...@googlegroups.com
गजब !!
 
यो "भनेकै हो" अनाबश्यक देखें - मात्रा मिलाउन प्रयोग गरिएको भए ठीकै होला !
 
यस्तो गरे कस्तो होला ! बाचन गर्दा कम Friction होला कि ?
 
 
ईतिहास खिया लाग्यो धार लगाउ
लीलाममा परीन्छ कि पार लगाउ
-----------------------------------------

छिमेकिको डाम्ना रोक्न ,बार लगाउ
---------------------------------------------

महुरिको मह मिठो ,घार लगाउ
---------------------------------------------

कम्ताको फुको माटो ,झार लगाउ
 
------------------------------------------

सिमे भुमे भागउन ,खार लगाउ

2008/9/21 दीपक जडित <deepa...@gmail.com>

Mabi Singh

unread,
Sep 22, 2008, 11:17:02 AM9/22/08
to nepali...@googlegroups.com, ghan...@yahoo.com
धनेन्द्र जी,

धन्यबाद गजल सम्बन्धी लेखको लागी !

मेरो एउटा सानो प्रश्न: 
मात्रामा कति सम्मको deviation मान्य हुन्छ ? 
 
मबि



2008/9/18 ghanendra ojha <ghan...@yahoo.com>

Deepak Khadka

unread,
Sep 22, 2008, 4:30:24 PM9/22/08
to nepali...@googlegroups.com
To the original debate:
 

लयात्मकता गजलको अनिवार्य पनि र कृत्य (doable) पनि गुण हो भन्ने निजी विश्वास छ मेरो ।

 

गएका दुई अढाई दशकमा लयविहिन, लयविपन्न र अगेय गजल भरमार लेखिएका छन् । र यसो हुनुको [एउटा] कारण लय र बहरको अज्ञानता हो भन्ने घनेन्द्रजीको ठम्याईमा सहमत छु म । बहरको बहस छेडिएपछि गजललाई कम्तीमा लयात्मक, गेयात्मक बनाउनै पर्छ भन्ने चेत र सजगता नेपाली गजकारहरुमा आएको लख पनि काट्छु म ।

 

त्यसोहुँदा त्यसलाई यसरी राखौं - 'बहर' को सिस्नुपानी लगाए पछि गजलमा अनुशासन आउँदो रहेछ ।

 

त्यसैले 'बहर' को प्रयोजन सिस्नुपानी वा लय अनुशासनलाई अंगिकार गर्न बाध्य बनाउने ओखतीको रुपमा सम्म चाही म स्वीकार गर्छु । त्यसको लागि बहरको ज्ञानको अनिवार्यता भए पुग्छ, अभ्यासकै अनिवार्यता चाहिदैन भन्न खोजेको हुँ ।

 

बहरको विपक्षमा र बहरको विकल्पको पक्षमा मैले बहस गरिसकेको छु । र यहाँ यति थप्न चाहन्छु, यदि बहर अनिवार्य छ भन्ने मान्यता स्थापित हुन पुग्यो (कसै गरी) भने त्यो नेपाली गजलको लागि आत्महत्या बराबर हुनेछ किनभने त्यस्तो अवस्थामा गजल केही मुठ्ठीभर क्रसवर्ड पज्जल खेलाडीहरुको हातमा सिमित हुन पुग्नेछ र गजलको साहित्यिक गुणस्तर पनि कुंठीत भएर रहनेछ ।

 

नेपाली साहित्यमा गजलको शास्त्रियकाल (मोतीराम युग) मै गजलको विरलता (विरलता त हो नि, मोतीरामले कति नै गजल लेखेका छन् र ?) अनि त्यसपछिको लामो मौन युग (भिमनिधी तिवारीले पनि बहर भंग भएका गजल लेखेको अनुमान छ मेरो) को कारण मलाई "बहर" नै हो भन्ने लाग्छ । "बहर" बाट मुक्त (ज्ञान वा अज्ञानतावस जेसुकै होस्) भए पछि मात्र नेपाली गजल प्रस्फुटित भएको हो । बहरमा बाँधियो भने यो फेरि संकुचित हुनेछ, जुन अब संभव भने छैन है ।

 

त्यसैले मेरो निष्कर्षमा:

 

बहरको ज्ञान: आवश्यक छ, लाभदायक छ

बहरको अभ्यास: आवश्यक छैन, विकल्प छ

 

 

दीपक खडका

 

2008/9/22 Mabi Singh <mabi....@gmail.com>

Prabha Acharya

unread,
Sep 24, 2008, 6:04:23 PM9/24/08
to nepali...@googlegroups.com
नेपाली गजल ग्रुपको एौटा अभिन्न अङ भएको कारणले पनि यस्को दोबाटोमा हिडिरहन मन लाग्दो रहेछ र साथीहरु बाट टाढा भइे न्छ       कि भनेर पनि आफुलाई यहाँ उभाउन कर लागेको छ/ दुई लहर भएपनी शब्दको माला उनेर /

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /
 
 
 
बिलयन गजल का पारखीहरुले यस्लाई साथ दिएर पुरागरिदिनहुन अनुरोध सहित्   
आचार्य प्रभा
 
   
  नेपाली गजल ग्रुपको एौटा अभिन्न अङ भएको कारणले पनि यस्को दोबाटोमा हिडिरहन मन लाग्दो रहेछ र साथीहरु बाट टाढा भइे न्छ       कि भनेर पनि आफुलाई यहाँ उभाउन कर लागेको छ/ दुई लहर भएपनी शब्दको माला उनेर /

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /
 
 
 
बिलयन गजल का पारखीहरुले यस्लाई साथ दिएर पुरागरिदिनहुन अनुरोध सहित्   
आचार्य प्रभा
 
   
  नेपाली गजल ग्रुपको एौटा अभिन्न अङ भएको कारणले पनि यस्को दोबाटोमा हिडिरहन मन लाग्दो रहेछ र साथीहरु बाट टाढा भइे न्छ       कि भनेर पनि आफुलाई यहाँ उभाउन कर लागेको छ/ दुई लहर भएपनी शब्दको माला उनेर /

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /
 
 
 
बिलयन गजल का पारखीहरुले यस्लाई साथ दिएर पुरागरिदिनहुन अनुरोध सहित्   
आचार्य प्रभा
 
   
  नेपाली गजल ग्रुपको एौटा अभिन्न अङ भएको कारणले पनि यस्को दोबाटोमा हिडिरहन मन लाग्दो रहेछ र साथीहरु बाट टाढा भइे न्छ       कि भनेर पनि आफुलाई यहाँ उभाउन कर लागेको छ/ दुई लहर भएपनी शब्दको माला उनेर /

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /
 
 
 
बिलयन गजल का पारखीहरुले यस्लाई साथ दिएर पुरागरिदिनहुन अनुरोध सहित्   
आचार्य प्रभा
 
   
  नेपाली गजल ग्रुपको एौटा अभिन्न अङ भएको कारणले पनि यस्को दोबाटोमा हिडिरहन मन लाग्दो रहेछ र साथीहरु बाट टाढा भइे न्छ       कि भनेर पनि आफुलाई यहाँ उभाउन कर लागेको छ/ दुई लहर भएपनी शब्दको माला उनेर /

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /
 
 
 
बिलयन गजल का पारखीहरुले यस्लाई साथ दिएर पुरागरिदिनहुन अनुरोध सहित्   
आचार्य प्रभा
 
   
   

 
   
 




Date: Wed, 17 Sep 2008 23:24:51 -0700
From: sing...@yahoo.com

Ambika Giri

unread,
Sep 24, 2008, 7:18:42 PM9/24/08
to nepali...@googlegroups.com
सँगै मर्ने सँगै बाँच्ने कसम खान्थ्यो पहिले
धोका नै दिनु थ्यो त किन मलाई ढाँट्यो 

अम्बिका गिरी

binit sanu

unread,
Sep 24, 2008, 11:40:49 PM9/24/08
to nepali...@googlegroups.com

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /

 

आचार्य प्रभा

 

 

सँगै मर्ने सँगै बाँच्ने कसम खान्थ्यो पहिले


धोका नै दिनु थ्यो त किन मलाई ढाँट्यो 

अम्बिका गिरी

 

 

 

बादल फाट्यो के भयो? आकास अझ गाढा हुन्छ

डाँडा काटी गा को माया सँधै कहाँ टाढा हुन्छ ??

 

दुनियाँको कपट होलान्, मुटू किन चुँड्थे मैले ?

धोका किन दिन्थेँ मैले? दुश्मन यसै छाडा हुन्छ

डाँडा काटी गा को माया सँधै कहाँ टाढा हुन्छ ??

 

 

 

binitsanu

 




</html

 

swayambar singhlama

unread,
Sep 25, 2008, 2:58:18 AM9/25/08
to nepali...@googlegroups.com

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /

                                                 -आचार्य प्रभा

सँगै मर्ने सँगै बाँच्ने कसम खान्थ्यो पहिले
धोका नै दिनु थ्यो त किन मलाई ढाँट्यो 

                                               - अम्बिका गिरी

बेईमानी हावा आई टुकी बत्ती निभाई दियो
अँध्यारोमा झुक्कीएर अर्कै संग माया साट्यो  

                                    - स्वयंम्बर

..........

साथीहरु थप्दै जाउँ त ! दसैं पनि आई रा'छ, मिलेर जाउँ । 
सगोलमा रमाईलो हुन्छ ।  स्वयंम्बर

swayambar singhlama

unread,
Sep 25, 2008, 2:58:30 AM9/25/08
to nepali...@googlegroups.com

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो
नजिक को मायाले किन आज डाँडा काट्यो /

                                                 -आचार्य प्रभा

सँगै मर्ने सँगै बाँच्ने कसम खान्थ्यो पहिले
धोका नै दिनु थ्यो त किन मलाई ढाँट्यो 

                                               - अम्बिका गिरी

बेईमानी हावा आई टुकी बत्ती निभाई दियो
अँध्यारोमा झुक्कीएर अर्कै संग माया साट्यो  

                                    - स्वयंम्बर

..........

साथीहरु थप्दै जाउँ त ! दसैं पनि आई रा'छ, मिलेर जाउँ । 
सगोलमा रमाईलो हुन्छ ।  स्वयंम्बर

 

बादल फाट्यो के भयो? आकास अझ गाढा हुन्छ

Deepak Khadka

unread,
Sep 25, 2008, 7:05:43 PM9/25/08
to nepali...@googlegroups.com

यसो हेर्दा त मलाई अहिले हामीलाई घनेन्द्र ओझाज्यूले त्यत्रो मिहेनत गरेर "लय" बारे जुन ज्ञान दिनुभएको थियो त्यसैको पो अभ्यास गर्नु जरुरी देखें, किनभने सहगजलकार साथीहरुको विलयन शेरहरुमा ठ्याक्क त्यही तत्वमा त्रुटी देखियो ।

 

सममात्रा (सबै पंक्तिहरुमा बराबर शब्दांश (syllables) अथबा अक्षर) र समविश्राम (सबै पंक्तिहरुमा एकै स्थानमा वाचन विश्राम हुने) भएका शेरहरु बनाम त साथीहरु ।

 

बा_दल्_जस्_तै_हाम्_रो_मा_या__ना__सै_फा_ट्यो

१४ शब्दांश वा अक्षर छ हगि?

 

अब विश्राम हेरम्

 

बा_दल्_जस्_तै….हाम्_रो_मा_या…….._ना__सै….फा_ट्यो

++++

४ शब्दांश (छोटो विश्राम) ४ शब्दांश (लामो विश्राम) ४ शब्दांश (छोटो विश्राम) २ शब्दांश

 

वैकल्पिक रुपमा, छोटो विश्रामलाई ignore गरेर लामो विश्रामलाई मात्र विश्राम मान्ने हो भने यस्तो हुन आउँछ:

 

बा_दल्_जस्_तै_हाम्_रो_मा_या…._ना__सै_फा_ट्यो

+

८ शब्दांश (विश्राम) ६ शब्दांश

 

हो, यसरी १४ अक्षर वा शब्दांश भएका त्यसमा पनि ८ शब्दांश पछि सास रोक्न मिल्ने (वाचन विश्राम भएका) पंक्ति भएका शेर बनाउनुहोला साथीहरु हो ।

 
DK

2008/9/25 swayambar singhlama <sing...@yahoo.com>

binit sanu

unread,
Sep 25, 2008, 10:46:42 PM9/25/08
to nepali...@googlegroups.com

मेरो तर्फबाट है एउटा गजल सममात्रा समविश्राम भएका शेरहरु सहीत

 

सायद भूल मेरै थियो, तिम्रो कुनै हात छैन  

अमूल्य त्यो सिउँदो भरुँ, भो मेरो औकात छैन  

 

मक्किएको भत्किएको, मेरो घरको छानो मुनि

तिमीलाई रिझाउने त्यो, सम्पतिको खात छैन  

 

मलाई जिन्दगीले, धेरै पटक धोका दिए

तिमीले दिए भन्दा, ठूलो अरु कुनै घात छैन  

 

चाखिसकें सबै थरी, थोर-बहुत नशा तर

तिमीलाई भुल्न सकूँ, त्यस्तो कुनै मात छैन  

 

लुकाएर पीडा मनमा, सुकाएर आँशुहरु

कसरी भनुँ 'सानु', नरोइएको रात छैन

 

मेरो सल्लाह साथीहरुमा यदि सममात्रा र समविश्राम भएका शेरहरु रचनामा अगाडि बढ्रने नै हो भने बरु बहरमा प्रवेश गर्न प्रयास पो गर्ने हो कि बिस्तारै बिस्तारै, घनेन्द्र दाईहरु भैहाल्नु हुन्छ हातमा हात दिनको लागि ।

ghanendra ojha

unread,
Sep 27, 2008, 6:34:39 AM9/27/08
to nepali...@googlegroups.com
Dear friends
 
I have started a blog of nepali ghazal, Please send your ghazals for the blog,
Please visit these blogs- nepaleseghazal.blogsome.com
Yours
Ghanendra Ojha 'GHANU'

--- On Sun, 9/21/08, दीपक जडित <deepa...@gmail.com> wrote:

basanta mohan adhikari

unread,
Oct 1, 2008, 2:09:27 AM10/1/08
to nepali...@googlegroups.com

बादल जस्तै हाम्रो माया अनायसै फाट्यो

नजिक को मायाले किन आज डाँडा काट्यो र

-आचार्य प्रभा

सँगै मर्ने सँगै बाँच्ने कसम खान्थ्यो पहिले

धोका नै दिनु थ्यो त किन मलाई ढाँट्यो

- अम्बिका गिरी

सपनाको महल बनाई कल्पनामा डुबाई लग्यो

नहुने त्यो माया देखाई चाट्नु हिजो चाट्यो ।

बसन्त

बेईमानी हावा आई टुकी बत्ती निभाई दियो

अँध्यारोमा झुक्कीएर अर्कै संग माया साट्यो

- स्वयंम्बर

swayambar singhlama

unread,
Oct 1, 2008, 9:55:53 AM10/1/08
to nepali...@googlegroups.com
बिजया दशमी २०६५ को आगमनले गजल ग्रुपका सम्पूर्ण
मित्रहरु तथा यहाँहरुको परिवारमा सुख, शान्ति तथा समृधी
छाई रहोस् यही मेरो शुभकामना  ।
स्वयंम्बर

Prabha Acharya

unread,
Oct 1, 2008, 5:49:18 PM10/1/08
to nepali...@googlegroups.com
साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

आचार्य प्रभा   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /

   साथी हरुमा बडादसैंको शुभकामना सहित् यो गजलको पङ्तिबाट हातेमालो गर्न मेरो आग्रह

यसपालिको दसैंमा आउन पाइन 
अक्षताको चोखो  टिको लाउन पाइन /



 


Date: Wed, 1 Oct 2008 10:09:27 +0400
From: adhikariba...@gmail.com
To: nepali...@googlegroups.com
Subject: Re: बिलयन गजल/साथीहरु थप्दै जाउँ

Prabha Acharya

unread,
Oct 1, 2008, 7:14:29 PM10/1/08
to nepali...@googlegroups.com
   गजलग्रूपका साथीहरुमा क्षमा याचना सहित् अगाडि पठाएको गजलको हरफमा ''घर छुट्न गएछ फेरी दोहोर्याउन कर लाग्यो /
 
यसपालिको दशैमा घर आउन पाइन
अक्षताको चोखो टिको लाउन पाइन /

अरु हरफहरु तपाईंहरुलाई जिम्मा लगाउदैछु / 

 

 


आचार्य प्रभा
  

 
  
 

   

 







 

</html

दीपक जडित

unread,
Oct 2, 2008, 6:53:27 AM10/2/08
to nepali...@googlegroups.com

गजल ग्रुपमा सहभागी हुनुहुने सम्पुर्ण साथीहरुमा बडा दशैंको मंगलमय शुभकामना सहित यो 'दशैं गजल' पेश गरेको छु -

न छेक्न सकियो न थुन्न लौ हेर बडा दशैँ आयो ।
घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैँ आयो ।
 
नहुने सँधै रित्ता छन उधारो खुशी हो दुखिको ,
हुनेकै त छ ठाँट् र बाँट् गज्जब तगडा दशैं आयो ।
 
शिकारको जोहो , दक्षिणा , पाहुनापासा , ज्वाँईचेला
,
पुर्याउनु टार्नुकै छ धौ कस्तो लफडा दशैं आयो ।
 
राजधानी छट्पटीएकै छ काकाकुल् प्यास बोकेर ,
पहाडमा पनि त तिर्खा खप्दो छ घडा , दशैँ आयो ।
 
जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक् ?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा , दशैं आयो ।
--
दीपक जडित

swayambar singhlama

unread,
Oct 2, 2008, 10:01:08 AM10/2/08
to nepali...@googlegroups.com
क्या शेरहरु !!
 
जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक् ?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा , दशैं आयो ।
 
दीपकजी, मक्ता शेर त झनै सक्तिशाली   छ ।
अनि म कतारमा छु वाशु जी, 

 स्वयंम्बर 

bupendra mahat

unread,
Oct 2, 2008, 7:49:18 PM10/2/08
to nepali...@googlegroups.com

दीपक भाई ,
दसैंको एउटा गजल मैले पनि कोरेको छु , सबै लाई शुभकामना
सहित यहाँ बिसाको छु

 

रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस
 
bhupendra mahat
colorado usa

2008/10/2 swayambar singhlama <sing...@yahoo.com>

दीपक जडित

unread,
Oct 2, 2008, 8:15:35 PM10/2/08
to nepali...@googlegroups.com
राम्रो छ दाई ! दशैंको मंगलमय शुभकामना !


2008/10/2 bupendra mahat <wak...@gmail.com>

Prabhati Kiran

unread,
Oct 3, 2008, 7:54:59 AM10/3/08
to nepali...@googlegroups.com
Malsiri ko dhun sangai dukha bhulchhu vanthen
K bho k bho man kholera geet gauna paiyena.
 
                                         Prabhati Kiran



</html

Mabi Singh

unread,
Oct 3, 2008, 9:26:47 AM10/3/08
to nepali...@googlegroups.com
प्रभाती किरण जीको शेरलाई यूनिकोडमा 

माल श्रीको धूनसंगै दु:ख भुल्छु भन्थें
के भो के भो मन खोलेर गाउन पाईन 


 
2008/10/3 Prabhati Kiran <prabha...@hotmail.com>

swayambar singhlama

unread,
Oct 3, 2008, 10:06:13 AM10/3/08
to nepali...@googlegroups.com
यसपालिको दशैमा घर आउन पाइन
अक्षताको चोखो टिको लाउन पाइन /
                               -आचार्य प्रभा
माल श्रीको धूनसंगै दु:ख भुल्छु भन्थें
के भो के भो मन खोलेर गाउन पाईन 
                              -प्रभाती किरण
सयपत्री फुले होलान बारीको डिलमा
आँकुरा मिलाएर माथ सजाउन पाइन
                              -स्वयंम्बर
 
 
 
 
 
 
 
 
You received this message because you are subscribed to the Google Groups "nepali ghazal" group.
To post to this group, send email to nepali...@googlegroups.com
To unsubscribe from this group, send email to nepalighazal...@googlegroups.com
For more options, visit this group at http://groups.google.com/group/nepalighazal?hl=en
-~----------~----~----~----~------~----~------~--~---


Prabha Acharya

unread,
Oct 3, 2008, 6:04:47 PM10/3/08
to nepali...@googlegroups.com
साथीहरुमा बडा दसैं र शुभदिपावलीको शुभकामना सहित् यी हरफहरु /

बडा दसैं तिहारको सबैलाई  शुभ  कामना
सुख, समरिद्धी र बैभवको यही छ चाहना/

आचार्य प्रभा 




</html

Prabha Acharya

unread,
Oct 3, 2008, 6:04:54 PM10/3/08
to nepali...@googlegroups.com
साथीहरुमा बडा दसैं र शुभदिपावलीको शुभकामना सहित् यी हरफहरु /

बडा दसैं तिहारको सबैलाई  शुभ  कामना
सुख, समरिद्धी र बैभवको यही छ चाहना/

आचार्य प्रभा 




</html

binit sanu

unread,
Oct 3, 2008, 11:13:08 PM10/3/08
to nepali...@googlegroups.com

बोल्छन तिम्रा आँखा ।गजल

October 2, 2008

 

अधर चाहे मौन रहुन रहर बोल्छन तिम्रा आँखा

प्रेम अमृत मीसीएका जहर बोल्छन तिम्रा आँखा।।

 

More…….



</html
</html
</html

binit sanu

unread,
Oct 3, 2008, 11:25:00 PM10/3/08
to nepali...@googlegroups.com

swayambar singhlama

unread,
Oct 5, 2008, 1:49:25 AM10/5/08
to nepali...@googlegroups.com
साथीहरुमा बडा दसैं र शुभदिपावलीको शुभकामना सहित् यी हरफहरु /

बडा दसैं तिहारको सबैलाई  शुभ  कामना
सुख, समरिद्धी र बैभवको यही छ चाहना
आचार्य प्रभा 
धुपको वासना छ तेलको बत्ती मन्दीरमा
घर घरमा चलिरहेछ कालीको आराधाना
स्वयंम्बर 

swayambar singhlama

unread,
Oct 5, 2008, 2:10:21 AM10/5/08
to nepali...@googlegroups.com
घर घरमा चलिरहेछ कालीको आराधना
स्वयंम्बर 
कफिया 'आराधना' हुनु पर्नेमा अन्यथा हुन गएकोले फेरी  सच्याएको छ  


 
 
 
 

 


Reply all
Reply to author
Forward
0 new messages