Gopi Krishna Bhattarai
unread,Aug 11, 2011, 6:45:11 AM8/11/11Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to generalmember, executivecom, kathmandustaffs, districtstaffs, YOAC Eastern Regional Office, yoac...@googlegroups.com, Association of Youth Organizations Nepal (AYON)
प्रेस विज्ञप्ति
सर्न्दर्भ : अन्तर्रर्ााट्रय युवा दिवस
राष्ट्रिय युवा परिषद् गठन गर
नेपाल सरकारले २०६६ माघमा जारी गरेको राष्ट्रिय युवा नीतिमा युवा शक्तिलाई राष्ट्रको अमूल्य सम्पत्ति र परिवर्तनको वाहकको भनी उल्लेख गरिएको छ । युवा नीतिमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति भनी परिभाषित गरिएको भए पनि नीति निर्माताहरूले अझै पनि युवाहरूलाई उचित ठाउँ दिन कञ्जुस्याइँ गरिरहेका छन् । युवालाई व्यवहारिक रूपमा परिवर्तनका सम्वाहक स्वीकार गरी नीति निर्माण तहमा अर्थपर्ूण्ा सहभागिता बिना देश विकास सम्भव नहुने यर्थाथलाई हृदयगम गर्न ढिलाइ गर्नु हँूदैन । । देशमा भएका राजनीतिक परिवर्तनका प्रमुख सहयात्री भनेका युवा नै हुन् भन्ने यथार्थ प्रति कसैले आँखा चिम्लनु हँदैन ।
बेरोजगारी, बढ्दो महँगी, असमानतालगायतका कारण देखिएको निराशाले विभिन्न आपराधिक गतिविधिमा युवाहरूको संलग्नता देखिएको भनी समाचारहरू प्रकाशित तथा प्रशारित हुने गरेका छन् । रोजगारीको अवस्था सृजना नगर्ने हो भने अपराधका यस्ता गतिविधिमा युवाको सङ्ख्या दिनप्रतिदिन बढ्न सक्छ भने रोजगारीको नाममा ठूलो सङ्ख्यामा विदेश पलायन हुनुपर्ने अवस्था आउनसक्छ । औद्योगिक, निजामती, कृषि तथा पर्यटन क्षेत्रमा बढीभन्दा बढी रोजगारीको अवस्था सृजना गर्नु नै युवालाई सहीमार्गमा ल्याउने एउटा मार्ग हुनसक्छ । यसको लागि राजनीतिक इच्छाशक्तिको खाँचो छ ।
राष्ट्रिय युवा नीति, २०६६ को दफा ८ को १ ले युवा नीतिमा उल्लेख गरिएका विषयहरूको कार्यान्वयनको लागि युवा परिषद् ऐन जारी गरी युवा नीति कार्यान्वयन गरिनेछ भनेर उल्लेख छ । अन्तर्रर्ााट्रय युवा दिवस २०११ को उपलक्ष्यमा माथि उल्लेखित समस्या हल गर्न युवा परिषद् ऐन चाँडो भन्दा चाँडो जारी गरी राष्ट्रिय युवा परिषद् गठन गर्न नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौँ ।
अन्तर्रर्ााट्रय युवा दिवस अगस्ट १२ को सर्न्दर्भमा हामी सम्पर्ूण्ा युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
--
Best,
.................................
Gopi Kishana Bhattarai
Secretary General
Youth Action Nepal
Janpatmarg, Anamnagar, Kathmandu, Nepal
Phone: 0977-1-6215580
GPO Box: 9776
Email:
youthact...@ntc.net.np;
go...@youthaction.org.np
Web:
www.youthaction.org.np