श्रीमान सदस्य ज्यू,
बिषयः चौथो वार्षिक साधारण सभामा उपश्थित हुने बारेमा ।
महोदय,
जल तथा उर्जा क्षेत्रमा कार्यरत कम्पनीहरुको छाता संगठनको रुपमा स्थापित जल तथा उर्जा परामर्श दाता संध नेपाल (WECAN) यस क्षेत्रमा कार्यरत कम्पनी तथा ब्यक्तीहरुको हक, हित र समग्र उर्जा क्षेत्रको बृहत्तर विकासमा केन्द्रित रहेर कार्य गर्दै आएको सँश्था हो ।
यस सँश्थाको को चौथो वार्षिक साधारण सभा सँस्थाको बिधान अनुसार तपसिलको मिति, स्थान र समयमा हुन लागेको ब्यहोरा अवगत गराउदछौ । साधारण सभामा पेश हुने प्रश्ताबहरु निम्नानुसार छन् ।
प्रस्तावहरु
१) सचिवको वार्षिक प्रतिवेदन
२) कोषाध्यक्षको आर्थिक प्रतिवेदन
३) आगामी वर्षको प्रतिवेदन
४) नयाँ सदस्यहरुलाई स्वागत
५) लेखापरिक्षकको नियुक्ती
६) विविध
माथि उल्लेखित भन्दा बाहेकका कुनै एजेण्डाहरुमा छलफल गर्न चाहनु भएमा साधारण सभा हुने ५ दिन अघि एजेण्डा थप गर्न सक्नु हुनेछन । WECAN का सम्पूर्ण सदस्य संस्थाहरुलाई साधरण सभामा सहभागी हुनका
लागि १ जना प्रतिनिधि कम्पनीको आधिकारीक पत्र सहित पठाईदिनु हुन अनुरोध गर्दछौ ।
तपसिल
तेस्रो वार्षिक साधारण सभा
मितिः २०६९ पौस २९ गते, सनिबार
समयः दिउसो १२ ः३० देखि बेलुका ६ बजे सम्म
स्थानः वाईज युज हाउस, जवागल, कुपण्डोल, ललितपुर
नोट
क) प्रत्यक सदस्य कम्पनीहरुको तर्फ बाट १ जना प्रतिनिधि सहभागी हुन पाइनेछ । प्रतिनिधित्वको लागि कम्पनीको आधिकारीक पत्र अनिवार्य हुने छ । अन्यथा साधरण सभामा सहभागी हुन पाइने छैन । साथै साधारण सभामा
सहभागी हुन WECAN को सदस्यता नविकरण गरिसकेको हुनु पर्नेछ ।
धन्यवाद
गुणराज ढकाल
सचिव
आज्ञाले