दिनेश जी
नआत्तिनुस्, मैले बुझेसम्म केही गडबड भए जस्तो लागेन। एउटा कुरा तपाईंले के ध्यानमा राख्नुपर्छ भने, UNICODEमा टाइप गर्न जति पनि KEYBOARD LAYOUTहरू निस्केका छन्, त्यस मध्ये कुनै पनि LAYOUT पुराना FONTहरू (जस्तैः प्रीति, सिद्घि, कान्तिपुर, हिमाली आदि)संग मिल्दैन। कारण, पुरानो FONTहरूमा र UNICODEमा टाईप गर्ने तरिका फरक छ। उदाहरणको लागि "शान्ति" टाईप गर्न पहिला श+ा+ि+न्+त गर्नुपर्थ्यो भने UNICODEमा श+ा+न+्+त+ि। त्यसैले UNICODEमा टाइप गर्नु पर्दा प्रीति, हिमाली आदि पुराना FONTहरूलाई बिर्सिदिनु उचित हुन्छ। त्यस्तै UNICODEको लागि जति पनि LAYOUTहरू छन् त्यस मध्ये कुनै एक छानेर त्यसमा बानी बसाल्नु उचित होला, किनकि त्यसको अरू विकल्प छैन।
जहाँसम्म alt + shift थिच्नेवित्तिकै मंगल font आउँछ भन्ने कुरा छ, जसरी तपाईंले कुनै english document टाइप गर्न खोज्नु भयो भने शुरुमा (by default) arial font नै आउँछ र पछि तपाईंले आफ्नो इच्छा अनुसारको font प्रयोग गर्नुहुन्छ, त्यस्तै देवनागरी UNICODEमा शुरूमा (by default) मंगल font नै आउँछ। त्यसलाई तपाईंले कालीमाटी, काञ्जिरोवा, समानता, थ्याका रविसन, मदन आदि fontमा परिवर्तन गर्न सक्नुहुन्छ।
Samir Karmacharya
Font Developer
Kathmandu