यदि Microsoft Office Word मा paste गर्दा पनि box आउँछ भने तपाईंको
कम्प्युटरमा तपाईंले यसबाट के बुझ्न सकिन्छ भने तपाईंको कम्प्युटरमा
देबनागरी युनिकोड सिस्टम ईन्स्टल भेको छैन ।
उक्त सफ्टवेर ईन्स्टल गर्ने तरिका सिक्नको लागि यहाँ जानुहोस् ।
http://madanpuraskar.org/index.php?option=com_content&task=view&id=19&Itemid=40
आवस्यक डाउनलोडहरूको लागि यहाँ जानुहोसा ।
http://madanpuraskar.org/index.php?option=com_docman&Itemid=63
तपाईंले हाल सायद कुनै वेबसाईट प्रयोग गरेर नेपाली टाईप गरिरहनुभएको छ ।
त्यसले कसरी काम गर्छ भनेर मलाई थाहा छैन । त्यसको बारेमा सहयोगको लागि
त्यही वेब साईट बनाउने प्राविधिकलाई सोध्दा उपयुक्त होला ।
यदि तपाईं अंग्रेजी टाईप गरे जस्तै सजिलै संग word, excel, chatting,
email आदिमा नेपाली भाषामा टाईप गर्न चाहनुहुन्छ भने माथि बताईएको ठाउँमा
गएर त्यहाँ भने जस्तै तरिकाले युनिकोड ईन्स्टल गर्नुहोस् ।
यदि तपाईले यस्तो समस्या भएको पहिलेनै बताएको भए हामी तपाईंको नेपाली
भाषाको ज्ञानमा शंका गर्नेनै थिएनौं नि ।