पत्र संख्या ( )
२०७२।०२।१४
श्री अध्यक्षज्यू
नेपाल घरेलु तथा साना उद्योग महासंघ ।
विषय : महाभूकम्प पछिको अवधारणा सम्बन्धमा ।
महोदय
मिति २०७२ साल वैशाख १२ गते गएको महाभूकम्प
तथा त्यसका पराकम्पनको कारण उद्योग व्यवसाय लगायत मुलुकमा ठूलो
धनजनको क्षति भएको महोदयलाई अवगत नै छ । उपरोक्त सन्दर्भमा
उद्योग व्यवसाय क्षेत्रको पुननिर्माण तथा पुन:स्थापनाका लागि
निजी क्षेत्रबाट सरकारमा पेश गर्ने अवधारणा पत्र तयारीको लागि
निम्न मिति, समय र स्थानमा छलफल कार्यक्रम आयोजना गरिएकोले
सकेसम्म लिखित राय सुझाव सहित महोदयको सहभागिताको लागि सादर
अनुरोध गर्दछु ।
तपसिल
मितिः २०७२ साल जेठ १८ गते सोमबार
समयः अपरान्ह ३ बजे
स्थान: नेउवामहासंघको सचिवालय टेकू, काठमांडौ
।
भवदिय
(धरणीधर खतिवडा )
महानिर्देशक
बोधार्थ :
श्री कार्यवाहक अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री निवर्तमान अध्यक्षज्यू, नेउवामहासंघ ।
श्री उपाध्यक्षज्यूहरु, नेउवामहासंघ ।
--