Call for Applications | PC Fellowship 2026

7 views
Skip to first unread message

photo.circle

unread,
Feb 13, 2026, 4:00:54 AMFeb 13
to photo.circle
Greetings All +++

photo.circle is excited to announce the call for applications for the third iteration of the PC Fellowship, a 6-month long program designed to support our growing community of visual storytellers.

PC-Fellowship-2026.jpg

The Fellowship Program will bring in a cohort of 8 visual practitioners to examine what bikas and samriddhi means for Nepali society. This is an invitation to delve deeper into questions, challenges, and concerns around modes of development and notions of progress that are promoted in Nepal at present.

The PC Fellowship Program is designed to enable photographers and multimedia practitioners to continue to build on on-going projects or start new ones that respond to the themes mentioned above. The program is an opportunity for participants to strengthen their research skills, and build engaging visual projects that create deeper public engagements on important topics.

The program will have three components:
  • Fellows will be offered learning programs in the form of short workshops through the 6-month period.
  • Each fellow will receive a production grant of rupees two lakhs (after taxes) that is meant to support travel and production.
  • Fellows will be offered on-going mentorship from experienced practitioners from the arts and media field, as well as the development sector.

The fellowship is open to Nepali practitioners based in Nepal only.

Application Deadline: 25th Feb, 2026

-----------------------------------------------------------------------------------------------------------------------------------------

पीसी फेलोसिप २०२६

आवेदनका लागि आह्वान

फोटो.सर्कल पीसी फेलोसिप कार्यक्रमको तेस्रो संस्करणको लागि आवेदन आह्वान गर्दछ। यस ६ महिने कार्यक्रम नेपाली दृश्य कथावाचकहरूको बढ्दो समुदायलाई प्रोत्साहित गर्न तयार गरिएको हो। यस पीसी फेलोसिप कार्यक्रमको पहिलो संस्करणले नेपाली समाजको लागि विकास र समृद्धि भनेको के हो भनी छानबिन गर्न ८ जना दृश्य अभ्यासकर्ताहरूलाई एकसाथ ल्याउनेछ। यस कार्यक्रम वर्तमान नेपालमा प्रचार भइरहेको “विकास” को नमूनाहरूप्रतिका प्रश्न, चुनौती र चिन्ताहरूमा गहिरिएर चिन्तन गर्ने आमन्त्रणा हो।

यस पीसी फेलोसिप कार्यक्रमले फोटोग्राफर र मल्टिमिडिया अभ्यासकर्ताहरूलाई माथि उल्लेखित विषयवस्तुमा आधारित भएका उहाँहरूका जारी परियोजनाहरूलाई निरन्तरता दिइरहन वा नयाँ परियोजनाहरू बनाउन सहयोग गर्नेछ। यस कार्यक्रम सहभागीहरूको लागि आफ्नो अनुसन्धान दक्षता सुदृढ गर्ने, र आफ्नो साथसाथै आफ्ना दर्शकहरूको नागरिक संलग्नता अझ गहन बनाउने आकर्षक दृश्य कथाहरू निर्माण गर्ने अवसर हुनेछ।

यस कार्यक्रमका तीन अंश हुनेछन्;

फेलोहरूलाई ६ महिनाको अवधिभर लघु कार्यशालाहरूको रूपमा शैक्षिक कार्यक्रमहरू प्रदान गरिनेछ, फेलोहरूले निर्माण र भ्रमणका लागि अनुदान प्राप्त गर्नुहुनेछ अनि उहाँहरूलाई कला, मिडिया तथा विकास क्षेत्रका विभिन्न अनुभवी अभ्यासकर्ताहरूसँग यस कार्यक्रमको अवधिभर निरन्तर रूपमा मेन्टरसिप प्रदान गरिनेछ।

सिकाइ: यस फेलोसिप कार्यक्रम १० दिने गहन विश्लेषणबाट आरम्भ हुनेछ। यस दस दिनको गहन विश्लेषणमा आधारभूत अन्वेषणको कार्यशालाका साथै मेन्टरहरूसँग भेटघाटको कार्यक्रम पनि समावेश हुनेछ।

अनुदान: हरेक फेलोले (कर पछि) दुई लाख रुपैयाँ निर्माण अनुदान प्राप्त गर्नुहुनेछ जसको प्रयोग भ्रमण र निर्माणका लागि गर्न सकिनेछ।

मेन्टरसिप कार्यक्रम: सबै फेलोहरूलाई सम्पूर्ण फेलोसिपको अवधिभरका लागि दुईजना व्यक्तिगत मेन्टरहरू प्रबन्ध गराइनेछ। उहाँहरूले आफ्नो मेन्टरहरूसँग नजिकबाट काम गर्नुहुनेछ। फेलोहरूले आफ्नो मेन्टरलाई आफ्नो जारी कामबारे बताउन अनि उहाँहरूको प्रतिक्रिया र अरू सल्लाह लिन पाउनुहुनेछ।

 सम्पूर्ण जान्कारीका लागि: https://www.photocircle.com.np/workshops/call-for-applications-pc-fellowship-2026/

आवेदन दिने अन्तिम मिति:  ०४ फाल्गुन, २०८२

- Team PC

Reply all
Reply to author
Forward
0 new messages