सम्पूर्णमा नमस्कार,
यही फागुन १९ र २० गते काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल परिसरमा फोटोसर्कल र इन्डिजिनियस विदाउट बोर्डर्सद्वारा ‘जल–जंगल–जमिन: संघर्ष र आकांक्षा’ विषयक दुई दिने गोष्ठी हुन गइरहेको यहाँहरूमा जानकारी गराउँदछौ ।
आदिवासी जनजाति, दलितलगायत सीमान्तकृत/बहिष्कृत वर्ग, समुदाय, लिङ्गका समूहहरूले जल–जंगल–जमिनको हक–अधिकारका लागि सङ्घर्षरत छन् । तसर्थ, गोष्ठीले अनुभवी स्रोत व्यक्तित्व, आलोचक विज्ञ, आन्दोलनका अगुवा, अनुसन्धाता र लेखकहरू तथा विश्लेषणात्मक चिन्तनलाई परस्परमा साटासाट गर्न एकै थलोमा ल्याउने छ ।
गोष्ठीमा हुने प्रस्तुति तथा छलफललाई लिखित तथा भिडियो दस्ताबेजका रूपमा संग्रह एवं सार्वजनिक गरिने छ । यस कार्यक्रमले पुराना सञ्जाल नवीकरण गर्ने र नयाँ सम्बन्ध स्थापित गर्ने अवसर पनि प्रदान गर्ने छ ।
कार्यक्रममा सहभागी वक्ता तथा प्यानल सदस्यको सुची निम्न उल्लेखित छ :
अमर कन्वर, अरुण सदा ,भास्कर गौतम, छविलाल न्यौपाने, चिनिमाया माझी, देवनारायण यादव, डा इन्द्र यम्फु, गौरी नेपाली, गीता चौधरी, गोविन्द छन्त्याल , गोबिन्द डंगोल , जनक राई, जे.बी विश्वकर्मा, कैलाश राई, कल्पना कुमाल, नन्द कान्दङ्वा, नयन तारा गुरुङ कक्षपती, नेपाल डंगोल , सबिन निङ्लेखु, श्रद्धा घले, सोमत घिमिरे र सुधीर पटनायक ।
यो गोष्ठी सुधीर पट्टनाइक/समद्रुष्टि तथा शेर्ना दस्तूरसँग सहकार्यमा
अमर कन्वर द्वारा सिर्जित कला प्रदर्शनी
‘सार्वभौम वन’ सँगको संयोजनमा फोटोसर्कलले आयोजना गरेको हो । २०८० मङ्सिर २५ गतेदेखि सुरु भएको ‘सार्वभौम वन’ २०८० चैत्र १८ सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएको छ ।
सहभागीहरूलाई आवेदन प्रक्रिया पछिमात्र आमन्त्रण गरिनेछ। आफ्नो आवेदन दर्ता गर्नका लागि,
कृपया फागुन १७ भन्दा अगाडी यो फारम भरेर पेश गर्नुहुन इच्छुक सबैमा अनुरोध छ ।
आमन्त्रित सहभागीहरूलाई फागुन १८ , २०८० सम्ममा सुचिकृत गराइने छ। सहभागिता नि:शुल्क छ र आमन्त्रित सहभागीहरूले तालिकामा उल्लेख गरे अनुसार दुबै दिन उपस्थित हुनु पर्ने छ।
Greetings all +++
photo.circle and Indigenous without Borders (IwB) are pleased to present a two-day symposium on “Jal, Jungle, Jamin – Struggles and Aspirations” to be held from March 2-3, 2024 (Fagun 19-20) at Nepal Art Council, Babar Mahal, Kathmandu.
The symposium will bring together activists, movement leaders, researchers and storytellers to share experiences and critical reflections of on-going movements as Adivasi, Janajati and Dalit communities continue their struggles for rights to jal, jungle, and jamin across Nepal.
Presentations and discussions will be documented in both text and video. The gathering is also an opportunity to strengthen old networks and build new solidarities.
Our speakers and panelists include:
Amar Kanwar, Arun Sada, Bhaskar Gautam, Chabilal Neupane, Chinimaya Majhi, Dev Narayan Yadav, Dr Indra Yamphu, Gauri Nepali, Gita Chaudhary, Gobinda Chantyal, Gobinda Dangol, Janak Rai, JB Bishwokarma, Kailash Rai, Kalpana Kumal, Nanda Kandambawa, NayanTara Gurung Kakshapati, Nepal Dangol, Sabin Ninglekhu, Shraddha Ghale, Somat Ghimire and Sudhir Pattnaik.
The program is being organized in conjunction with the on-going exhibition
The Sovereign Forest by
Amar Kanwar in collaboration with Sudhir Pattnaik/Samadrusti and Sherna Dastur. The Sovereign Forest is hosted in Kathmandu by photo.circle and is on view at Nepal Art Council until March 31st. Participation is free.
To apply, please submit your application via THIS FORM before Thursday, Feb 29th, 2024. Selected participants will be informed on Friday, March 1st.