NST Election मा सदस्यता भेरिफिकेशन सम्बन्धी नियमहरु

1 view
Skip to first unread message

NST Admin

unread,
Dec 25, 2021, 7:04:56 PM12/25/21
to our...@googlegroups.com

सम्पूर्ण टेक्सासवासी नेपालीहरु,

मिति डिसेम्बर २२, २०२१ बुधवार नेपाली समाज टेक्सास (NST) को आगामी २०२१-२०२३ निर्वाचन सम्बन्धी छलफल गर्न मेम्बरशीप कमिटी, इलेक्सन कमिटी, बर्तमान अध्यक्ष, अध्यक्षका क्याण्डिडेटहरु र अन्य NST निर्वाचनमा भागलिने क्याण्डीडेटहरु बीच बसेको बैठकले गरेको सदस्यता Eligibility सम्बन्धी निर्णयहरु:

१. हाल बन्नुभएका NST का ३,९९१ सदस्यहरुलाई Alphabetical order मा प्रकाशित गरिएको छ। 
२. निर्वाचनमा भोटिङ्ग गर्न आउदा फोटो ID अनिवार्य ल्याउनु पर्नेछ। फोटो ID नभएको भोटर्सले भोट हाल्न पाउने छैन।  
३. Voters Texas Resident हुनुपर्नेछ (Govt Issued ID/DL अथवा Utility Bill वा Lease/Home Contract मान्य हुनेछन) र DL/ID Expire नभएको हुनुपर्नेछ।  DL/ID Expired भएको भए State ID Renew को सपोर्टिङ्ग कागजात प्रस्तुत गर्नुपर्ने छ। 
४. Full Name र फोटोलाई भेरिफिकेशन को प्रमुख आधार बनाइनेछ। 
५. एकभन्दा बढी व्यक्तिहरुको एउटै Full Name भए Address (Street Address, City & Zip code) लाई आधार बनाइनेछ। 
६. यदि बुंदा ४ मा लेखिए अनुसार सवैकुराहरू एक भन्दा बढी भोटर्सको मिल्न गएमा System मा रेकर्ड गरिएको इमेल ID लाई आधार बनाइनेछ र भोटर्सले सदस्यता बन्दा प्राप्त गरेको इमेललाई आधार मानिने छ। 
७. सदस्यता लिदा इन्ट्री गरेको नाम वा अन्य इन्ट्री र भोटर्सले प्रस्तुत गरेको फोटो ID मा फोटो मिलेको तर नाम वा अन्य इन्ट्रीमा सामान्य Typo देखिएमा मेम्बेर्शिप भेरिफिकेशन टिमले Best Justify गरेको निर्णय स्वीकार्य हुनेछ। 
जस्तै: 
i. Bijay Bhattarai (Bijaya Bhatrai/Vijay Bhattari) 
ii. Law kumar Gupta (Lav Kumar Gupta, Law Gupta, Lab K Gupta)
iii. Ramchandra  Podyal (Ram Chandra Poudyal/Cam Chandra Paudyal/Ram C Poudel)
iv. Anita Kumari Ghimire Pokharel (Anita Pokhrel/ Anita Kumar Pokhrel/Anita Ghimire/ Anita Kumari Ghimire Pok/Anita Pokhrel)
८.  भेरिफिकेशन भैसकेको भोटर्सलाई भेरिफिकेशन भइ सकेको जनाउने कुनै कलर कोड गरिनेछ जसलाई मेडिकल रिजन बाहेक अन्य कुरामा भोटर्सले स्वीकार्नुपर्ने छ। 
९. भेरिफिकेशन टीमले कुनै परिचय पत्रमा शंका लागेमा वा भोटर्सको थप जानकारी चाहिएमा Cool Room मा लगेर थप सोधपुछ गर्न सक्नेछ। 
१०. अक्षर नचिन्ने, अशक्त वा अन्य कुनै हिसावले शारीरिक रुपमा अशक्त व्यक्तिलाई नीजले स्वीकार गरेको सहयोगी मार्फत भोटिङ्ग गराउन सकिनेछ। 
११. यदि कोही सदस्य बन्नुभयो र अप्लिकेशन Error का कारण प्रकाशित ३,९९१ सदस्यहरुको नामावलीमा तपाइको नाम छैन तर तपाई संग सदस्यता बनेको प्रमाण छ भने System बाट सदस्यता प्राप्त Confirmation Email लिएर आउनुहोला। हामी त्यसलाई आधार बनाएर अन्य भेरिफिकेशन कमिटिका अन्य भेरिफिकेशन अनुसार भोट गर्न Eligible रहेमा निर्वाचनमा सहभागी हुन्ग पाइने व्यवस्था गर्न मन्जुर छौ। 
१२. Student ले Student ID लिएर सहभागी हुनुपर्नेछ। 
१३. माथी उल्लेख गरिएका भन्दा अन्य कुनै थप समस्या आएमा सदस्यता कमिटिले निर्वाचन कमिटिको सहयोगमा अन्तिम निर्णय लिनेछ। 
१४. सदस्यता लिदा प्रयोग गरिएको Last 4 Digit of ID Verify गरिनेछ। 

निर्वाचन कमिटिको रहोबरमा सदस्यता कमिटी तथा अध्यक्ष लगायत अन्य उपस्थित उमेद्वारहरु माथिका सम्प्प्र्ण कुराहरुमा सहमत भएर हस्ताक्षर समेत गरियो। सम्पूर्ण मतदाताहरुको जानकारीको निमित्त प्रकाशित। 
धन्यवाद ,
विजयराज भट्टराई 
प्रमुख, सदस्यता कमिटी
तथा सदस्यहरु - ज्ञानेन्द्र कार्की, कृष्ण लामिछाने, मनोज सिग्देल, पदम भण्डारी
NST Executive Committee Election (2021-2023)



Reply all
Reply to author
Forward
0 new messages