ए एन ए कन्भेन्सन डल्लासमा आउदो जुलाई २ र ३ हुने

0 views
Skip to first unread message

NST Admin

unread,
Apr 28, 2022, 10:51:23 AM4/28/22
to our...@googlegroups.com


blue eng-100 (1).jpg
सम्पूर्ण टेक्सासबासी दाजुभाई, दिदीबैनी र आमाबुवाहरु,
नमस्ते!

अमेरिकामा नेपालीहरुको परिचय स्थापना गर्न, हाम्रो भाषा र संस्कृतिको जगेर्ना गर्न र यसलाई दोश्रो पुस्ता सम्म हस्तान्तरण गर्न, अमेरिकामा रहेका नेपालीहरुको बिचमा नेटवर्कको बिकाश गरि अमेरिकी जीवन सहज बनाउन र आवश्यक पर्दा हाम्रो मातृभूमी नेपाललाई सहयोग गर्ने उद्देश्यले सन् १९८३ मा स्थापित नेपालीहरुको उत्तरी अमेरिकाकै पहिलो संस्था ए.एन.ए. नेतृत्वमा हुन लागेको नेपाली नेशनल कन्भेसनको होस्ट नेपाली  टेक्सास (NST) ले आगामी जुलाईको २ र ३ मा टेक्सासको दाल्लासमा गर्न लागेको कुरा पुन जानकारी गराउदछौ। 

उक्त कार्यक्रममा डल्लास बाहिरबाट पनि करिव ३०० सय भन्दा बढी आगन्तुकहरु आउने योजना रहेको छ।  हाम्रो शहरमा आयोजना हुने यस सम्मेलनको कन्भेनर समेत नेपाली समाज टेक्सासको अध्यक्षको जिम्मेवारीले मैले गरेको छु। अतिथि सत्कारमा उत्कृष्ट ब्यबहार डालासको परिचय बनेको छ।  तसर्थ हामी सवै मिलेर यस कार्यक्रम सफल पारौ भनि हार्दिक आह्वान गर्दछु। 

यस कार्यक्रममा बालक, युवा, बुवाआमा, बिद्यार्थी, खेलाडी, मनोरन्जनको कल्चरल तथा डीजे लगायत धेरै कार्यक्रमको आयोजना गरिन लागेको छ। बिस्तृत जानकारी क्रमश गराइनेछ।  उक्त २ दिन आफ्ना, परिवारको तथा अन्य कुनै सामाजिक गतिबिधि नगरी सवैजना यही सम्मेलनमा भेला भएर यस नेपालीहरुको राष्ट्रिय सम्मेलन सफल पारौ भनि टेक्सासवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबैनीहरु, यस संस्थाको पूर्व पदाधिकारीहरु, सम्पूर्ण सदस्यहरु सवैमा हार्दिक अनुरोध गर्दछु। 

कार्यक्रम स्थल: Four Points by Sheraton Dallas Fort Worth Airport North, Texas
मिति: जुलाई २ र ३, २०२२ 
बिष्तृत: https://ana1983.org/

राजेन्द्र वाग्ले 
अध्यक्ष, नेपाली समाज टेक्सास 
कन्भेनर, नेपाली नेशनल कन्भेन्सन, डल्लास टेक्सास 
जुलाई २ - ३, २०२२ 








blue eng-100.jpg
Reply all
Reply to author
Forward
0 new messages