आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC) को २०१७-२०१८का लागि श्री रमेश पोखरेलको अध्यक्षमा नयाँ कार्य समिति निर्बिरोध निर्वाचित भएको छ | नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सीता सापकोटा एवं मकर बज्राचार्य, महासचिब सुरेश पोख्रेल, सचिब केदार तिमिल्सिना, कोषाध्यक्ष छबि चापागाईं, सह-कोषाध्यक्ष शैलेन्द्र मानन्धर रहनु भएको छ | त्यस्तै सदस्यहरुमा धनन्जय ढकाल, भरत अर्याल, दिनानाथ न्यौपाने र प्रबिण गौतम निर्वाचित हुनुभएको छ |
हिजो आइतबार मन्दिरमा एक समारोह बीच नब निर्वाचित कार्यसमितिको सपथ ग्रहण सम्पन्न भयो |
NCSC को बिधानको प्राबधान अनुसार नेपाली समाज टेक्सास (NST) बाट २ जना एवं बौद्ध समुदायबाट २ जना सदस्य कार्यसमितिमा मनोनित गरिने छ |
--