Fw: NST School - Video Live Online मा संचालन गरिने

0 views
Skip to first unread message

NST Admin

unread,
Mar 27, 2020, 12:46:40 AM3/27/20
to our...@googlegroups.com

NST School - Video Live Online मा संचालन गरिने 

कोरोना भाइरस (COVID - 19) का कारण गत दुई हप्ताको निमित्त हामीले स्कूल बन्द गर्यौ। कोरोनाको अहिलेको सन्त्रासले गर्दा कहिले बाट पुन: कक्षाकोठामा बसेर पढ्ने पढाउने गरि स्कूल संचालन गर्न सकिन्छ भन्ने अनुमान गर्न सकिने अवस्था नभएको र घर भित्र सधै थुनिएर बस्नुपर्दाको मानसिक तनावलाई समेत मध्यनजर गरि हामीले अव NST School लाई कक्षा कोठामा पढाउन सक्ने बातावरण नबनुन्जेल सम्मको निमित्त Online School संचालन गर्ने तयारी गरिरहेका छौ। यो स्कूलले बिद्यार्थीहरुमा केही स्फूर्ति ल्याउन समेत मदत पुर्याउनेछ भन्ने बिश्वास लिएका छौ। 

हाम्रा सम्पूर्ण बिद्यार्थीहरु १८ बर्ष मुनिका भएको हुँदा हामीले डाइरेक्ट विद्यार्थीको इमेलमा बिस्तृत जानकारी पठाउन नमिल्ने भएकोले अभिभावकहरुको स्वीकृतिको जरुरी पर्दछ र १८ बर्ष मुनिका Volunteers को बारेमा पनि सोही कुरा लागुहुन्छ। 

स्कूलका अभिभावकहरुलाई NST School को नामबाट पठाइने इमेलहरु कुनै अभिभावकले पाउनुहुन्न भने हाम्रो रेकर्डमा तपाइको इमेल typo भएको हुन सक्दछ तसर्थ इमेल नपाउने अभिभावकहरुले आफ्नो बच्चाको नाम, ग्रेड र आफ्नो नाम तथा फोन नम्बर सहित sch...@ournst.org मा पठाउनुहुन अनुरोध गर्दछौ। 

साथै सम्पूर्ण अभिभावकहरुलाई Online School मा यहाँको सहमतिको जानकारी सहित स्कूलको इमेल (sch...@ournst.orgमा इमेल पठाइदिनुहुन अनुरोध गर्दछौ। हामीले यिनै इमेलका आधारमा Online Video Live Class ज्वाइन गर्ने लिङ्क पठाउनेछौ। 

Online School संचालनमा अभिभावकको समेत सहभागिता पर्ने (बिद्यार्थीलाई कम्प्युटर वा iPad डिभाइस उपलब्ध गराउने र Online Connect हुन सहयोग गर्ने) जानकारी गराउदछौ। हाम्रो यो योजनाका सम्बन्धमा सुझावको अपेक्षा गर्दछौ। 

कक्षाहरु आइतवार पूर्व निर्धारित स्कूल समयमै हुनेछ। हामी Volunteers Technological Support Training समेत गराउनेछौ। सम्पूर्ण Volunteers लाई आउदो आइतवार (मार्च २९) दिउसो १:०० बजे ट्रेनिङ्गको तयार रहन अनुरोध गर्दछौ। ट्रेनिङ्ग सम्बन्धि थप जानकारी इमेल मार्फत गराउनेछौ। 

बिध्यार्थीहरुका कक्षाहरु आगामी हप्ता (अप्रिल ५) बाट रेगुलर स्कूल समयमा संचालन गरिनेछ। कुन कुन समयमा कुन कुन बिषयको कक्षा कसरी Join गर्ने हामी क्रमश: इमेल मार्फत बिस्तृत जानकारी गराउनेछौ। 

विजयराज भट्टराई 
प्रिन्सिपल, NST School 

image.png

Reply all
Reply to author
Forward
0 new messages