NST Election 2021 Membership Open Announcement by Membership Committee

2 views
Skip to first unread message

NST Admin

unread,
Nov 17, 2021, 9:31:02 AM11/17/21
to our...@googlegroups.com

सम्पूर्ण टेक्सासबासी नेपालीहरु,
नेपाली समाज टेक्सास (NST) को १२ औ कार्यकारी समितिको निर्वाचन आगामी डिसेम्बर २६ आइतवार हुदैछ। सो निर्वाचनमा उमेद्वार तथा भोटरका रुपमा सहभागी हुन यस संस्थाको सदस्यता लिएको हुनुपर्नेछ। तलका तीन प्रकारका सदस्यहरु निर्वाचन प्रक्रियामा सहभागी हुन् सक्नेछन र सदस्यता बन्न दिइएको लिङ्क प्रयोग गर्नुहोला।  

सदस्यता लिने अन्तिम मिति:  डिसेम्बर १५, राती ११:५९ बजे सम्म 
साधारण सदस्यता शुल्क: $२०.०० प्रति व्यक्ति  (विद्यार्थी: $१०.०० प्रति व्यक्ति)
आजीवन सदस्यता शुल्क: $१००.०० प्रति व्यक्ति  
ट्रष्टी सदस्यता शुल्क: $५,०००.०० प्रति व्यक्ति  

सदस्यता लिने लिङ्क: http://ournst.org/index.php/membership-account/membership-levels/

सदस्यता लिन योग्यता :

साधारण सदस्य:

१. सदस्यता लिने समयमा १८ बर्ष पुगेको हुनुपर्नेछ।
२. टेक्सास राज्यमा बसोबास गर्ने हुनुपर्नेछ।
३. यो सदस्यता २ बर्षको निमित्त मात्र उपयोगी हुनेछ।
४. यी सदस्यहरु निर्वाचनको भोटर्स तथा उमेदवार तथा अन्य जुनसुकै कमिटीको निमित्त उपयोगी हुनेछन् । 
५. विद्यार्थीको हकमा टेक्सास राज्यको कलेजमा अध्ययनरत हुनुपर्नेछ।
६. साधारण सदस्यता शुल्क अन्यको हकमा $२०.०० र विद्यार्थी: $१०.०० प्रति व्यक्ति रहेको छ। 
७. सदस्यता लिदा प्रयोग गरिएको परिचय पत्र, निर्वाचन प्रक्रियामा सहभागी हुदा (नोमिनेशन तथा भोटिङ्ग) देखाउनु पर्ने हुँदा उक्त परिचय पत्र कम्तिमा निर्वाचन हुने दिन सम्म Valid हुनुपर्नेछ। 

आजीवन सदस्य: 
१.साधारण सदस्यका सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।
२. आजीवन सदस्यता शुल्क $१००.०० रहेको छ।
३. साधारण सदस्यका सम्पूर्ण अधिकारहरु प्राप्त हुनेछ ।

बोर्ड अफ ट्रष्टी सदस्य :
१.ट्रष्टी सदस्य बन्नका निमित्त साधारण सदस्य बन्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।
२. ट्रष्टी सदस्यता शुल्क $५,०००.०० रहेको छ।
३. ट्रष्टी सदस्यहरुलाई साधारण सदस्यका सम्पूर्ण अधिकारहरु प्राप्त हुनेछ ।
४. ट्रष्टी, नेपाली समाज (NST) को अभिभावक भूमिका रहनेछ।
५. बोर्ड अफ ट्रष्टीको सदस्यता भने Online बन्न मिल्ने छैनकार्यालयमा सम्पर्क गर्नुहोला। 

नोट: जनवरी ०१, २०२० देखि नेपाली समाज टेक्सासको सदस्यता लिएका सम्पूर्ण सदस्यहरु यस निर्वाचन प्रक्रियामा सहभागी हुन् सक्नेछन। कुनै प्रष भए सिधै सदस्यता कमिटिका सदस्यहरुलाई सम्पर्क गर्नुहोला। 

धन्यवाद ,
विजयराज भट्टराई 
प्रमुख, सदस्यता कमिटी
तथा सदस्यहरु - ज्ञानेन्द्र कार्की, कृष्ण लामिछाने, मनोज सिग्देल, पदम भण्डारी
NST Executive Committee Election (2021-2023)




Reply all
Reply to author
Forward
0 new messages
Search
Clear search
Close search
Google apps
Main menu