डालसबासीमा खुशीको खबर
हाल डालस भ्रमणमा आउनु भएका श्री तेन्जिंग लामा शेर्पा संग बुद्धिस्ट विचार र हाम्रो दैनिक जीबन सम्बधि प्रबचन कार्यक्रममा सहभागी भइ जीबनलाइ खुशी र तनाब मुक्त हुन हार्दिक अनुरोध गर्दछौ । लामाजी क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा ध्यान, रेकी र बुद्ध दर्शन सम्बन्धि अध्ययनका साथै तालिम पनि प्रदान गर्नुहुन्छ । १३ बर्षको कलिलो उमेरमा आफ्नो जीबन बुद्ध, धर्म र संघलाइ समर्पण गर्नु भएका लामाले भारतबाट थेरवाद र महायान बुद्ध दर्शन अध्ययन गरि नेपाल, भारत, चिली, र मेक्सिकोको विभिन्न शहरमा आफ्नो ज्ञान फैलाई सक्नु भएको छ । थप जानकारीको लागि सो कार्यक्रममा सहभागी भइ लाभ उठाउन हार्दिक अनुरोध गर्दछौ ।
स्थान:NCSC Party Hall
मिति: नोवेम्बर ५ तारिख (आइतबार)
समय: दिनको १२:३० बजे
--