नेपाल भारत सम्बन्ध भविष्यमुखी हुनुपर्छ, साझा समृद्धि को नारा दिनुपर्छ
https://demrepubnepal.blogspot.com/2026/06/shared-prosperity.html
नेपाल भारत सम्बन्ध भविष्यमुखी हुनुपर्छ, साझा समृद्धि को नारा दिनुपर्छ।
मुख्य कुरा साझा समृद्धि हो।
मैलेआजीवन देखेको नेपालको नक्शामा चुच्चे नक्शा छैन। केही वर्ष अगाडि
एक्कासी आइपुग्यो। लदाख मा चीन र भारतको लफड़ा भएको बेला त्यो कुरा
एक्कासी झिक्नु मुनासिब थिएन। पाँच वर्ष पहिला झिक्न सकिन्थ्यो। पाँच
वर्ष पछि झिक्न सकिन्थ्यो।
नेपाल पनि भारत पनि भारतवर्ष हो। महाभारत को युद्धमा नेपालका राजाहरु पनि
सहभागी भएका। रामायण त छँदै छ प्रत्येक वर्ष विवाह पंचमी जो हुन्छ।
नेपाल भारत बीच जस्तो सम्बन्ध दुनियाँमा अरु कुनै देश बीच छैन। त्यसलाई
साझा समृद्धि मा रूपान्तरित गर्न सक्नुपर्छ।
चुच्चे नक्शा को कुरा गरौं। मैले अध्ययन नगरेको विषय पर्यो। तर केही कुरा
स्पष्ट छ। भारत स्वतंत्र हुँदा सीमाना जहाँ थियो त्यो नै सीमाना हो।
सुगौली को सन्धिको दुहाइ दिन मिल्दैन। यो भारत र नेपाल को कुरा हो।
बेलायतलाई यसमा मिसाउन मिल्दैन। चीनलाई पनि मिसाउन मिल्दैन। यस बारे
बेलायत सँग कुरा गर्ने भनेको, चीनसँग कुरा गर्ने भनेको नेपाल ले आफुलाई
हल्का बनाउने कुरा हो।
१९५० को संधिले पुराना सम्पुर्ण संधि खारेज भनेको छ।
संविधान संसोधन गरेर एकतरफा किसिमले चुच्चे नक्शा नेपालको आधिकारिक भनेर
घोषणा गर्नु गलती थियो। त्यसले वार्ता को ढोका बंद गर्यो। तरिका त्यो
होइन। आखिर युद्ध गर्ने भनेको त होइन केपी ओली ले। हो भने पहिला उसैको
हातमा एउटा बन्दुक थमाई दिउँ।
वार्ता एक मात्र तरिका हो। त्यो ढोका ओली ले बंद गरेको हो।
भने पछि साझा समृद्धि टाटा बाई बाई?
मुख्य कुरा साझा समृद्धि हो। मुख्य कुरा भविष्य हो। विश्व शक्ति भारत।
तेस्रो ठुलो अर्थतंत्र। दोस्रो ठुलो बन्छ कुन दिन। भारतका केही राज्य त
जर्मनी, फ्रांस ब्रिटेन बनिसकेको अवस्था छ। नेपाली लाई विसा नचाहिने।
बिना विसा जर्मनी, फ्रांस ब्रिटेन काम गर्न जान पाइने अवस्था बारे
सोंचौं।
भारतले भन्न सक्छ पहिला संविधान संसोधन फिर्ता गर। अनि हुन्छ वार्ता।
वार्ता भनेकै निष्कर्षमा सँगै पुग्ने, मिलेर पुग्ने भनेको। एक्लै ओली ले
निष्कर्ष निकाल्दा वार्ता को ढोका ढयाप्प।
दुबै पक्षसँग कागजपत्र होला। भारतले नेपालको नेपालले भारतको। अझ चीनले
नेपालको। जग्गा मिचेको अवस्था। चिनिया सेनाको आदत हो। यसो अलिकति
गोलपोस्ट सारिदियो। सॅटॅलाइट मैपिंग गर्नुपर्छ उत्तर तिर।
चुच्चे नक्शाको मुख्य उद्देश्य सिंडिकेट चलाएर बसेका तीन गुंडा हरु को
भ्रष्टाचार र डेलीवरी नदिने बानी बाट जनताको ध्यान अर्कै तिर तान्नु हो।
त्यो बुझौं।
सीमाना विवाद पनि एउटा विषय हो। तर प्रमुख विषय होइन। प्रमुख विषय भविष्य
हो। प्रमुख विषय साझा समृद्धि हो। एउटा सानो विषय सीमाना विवाद पनि हो।
प्रमुख विषय होइन।
प्रत्येक विषय को निराकरण गर्ने तरिका वार्ता नै हो।
एउटा विशेष कुरा छ। बालेन लक्ष्मण। मोदी हनुमान। जब नेपालका प्रधान
मंत्री भारतको प्रधान मंत्री सँग भेटछन त्यो लक्ष्मणजी र हनुमानजी को भेट
हुनेछ।
रामायण र महाभारत आज जीवन्त भएको छ।
🤝 नेपाल–भारत सम्बन्ध: साझा समृद्धि र आर्थिक रूपान्तरणको मार्गचित्र
https://www.youtube.com/watch?v=i8fy_J-IbjU
🤝 नेपाल-भारत संबंधों में साझा समृद्धि का नया अध्याय
https://www.youtube.com/watch?v=hC5IlHvjnZ8
भु-आधार से खुलेगा ५० ट्रिलियन डॉलर का खजाना
https://www.youtube.com/watch?v=PdKFwQpdbT0
🤝 Nepal and India: From Shared History to Shared Prosperity
https://www.youtube.com/watch?v=hgnlrQO7oxs
Mapping India's Land For 50 Trillion Dollars
https://www.youtube.com/watch?v=eOOxcRZ99HE
🚀 NVIDIA Inside: The Dawn of the Personal AI PC
https://www.youtube.com/watch?v=5YNPFEVg9lc
🗳️ DemocracyTech: Digital Tools for Iranian Regime Change
https://www.youtube.com/watch?v=T9T4JUctWrE
Turning Himalayan Water Into AI Compute
https://www.youtube.com/watch?v=5N3WUOR4zJ8
Himalayan Compute कोर टीम मा आउन: २५% नेपाल बुझेको, २५% स्किल सेट, २५%
रिस्क टेकिंग, एंट्रेप्रेन्योरिअल, २५% कॉर्पोरेट कल्चर
https://www.youtube.com/watch?v=_86qMzIHBpA
Himalayan Compute कोर टीम मा आउन: २५% नेपाल बुझेको, २५% स्किल सेट, २५%
रिस्क टेकिंग, एंट्रेप्रेन्योरिअल, २५% कॉर्पोरेट कल्चर
https://www.youtube.com/watch?v=JuAAClw15cE
Kentucky मा Anti-Jewish Prejudice सँग साक्षात्कार
https://www.youtube.com/watch?v=MI75k8A7FSs
--
Facebook:
https://www.facebook.com/paramendrabhagat
Instagram:
https://www.instagram.com/paramendra
Blogs, Podcasts And Books:
https://www.paramendra.xyz
Amazon:
https://www.amazon.com/author/paramendra
Twitter:
https://twitter.com/paramendra
Books:
https://www.paramendra.com