आदरणीय साहित्यानुरागी महानुभावहरु,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालासले यहि आउँदो May 10th Saturday 2014 का दिन भाषाशास्त्री "महानन्द सापकोटा जयन्ती " कार्यक्रमको आयोजना गरेकोछ / उक्त कार्यक्रममा सम्पूर्ण साहित्यानुरागी महानुभावहरुमा हार्दिक उपस्थितिको निमन्त्रणा गर्दछौं /
कार्यक्रममा महानन्द सापकोटाको जीवनी र उहाँले नेपाली भाषा र साहित्यमा पुर्याउनु भएको उल्लेख्य योगदान माथि प्रकाश पारिनेछ / सोहि कार्यक्रम मार्फत "महानन्द सापकोटा साहित्य साधक पुरस्कार " बाट पुरस्कृत साधकको नाम वाचन गरिनुका साथसाथै श्रीमती सीता सापकोटा परिवार द्वारा प्रदत्त उक्त पुरस्कारको धनराशी $500:00 पुरस्कृत साधक लाई प्रदान गरिनेछ /
उक्त कार्यक्रममा कविगोष्ठी को पनि आयोजना गरिएको सहर्ष जानकारी गराउन चाहन्छौं / इच्छुक कवि तथा कवियत्रीहरुका कविता सुन्ने र सुनाउने छौं / कार्यक्रम तोकिएकै समयमा शुभारम्भ र अन्त्य हुने भएकाले कविता वाचनमा भागलिने चाहने इच्छुक महानुभावहरुले अगावै सम्पर्क राख्न हुन बिनम्र अनुरोध गर्दछौं /
कार्यक्रममा नि:शुल्क प्रवेश का साथ साथै चियापानको व्यवस्था मिलाईएकोछ जानकारी गराउन चाहन्छौं!!!
मितिः May 10th Saturday 2014
समयः साँझ 4:30 to 6:30 pm
स्थान :- 2016 W . Grauwyler road, Irving Texas (नेपाली मन्दिर )
सम्पर्कः-