NCSC decision and invitation to General Assembly!

0 views
Skip to first unread message

suresh chandra pokhrel

unread,
Apr 27, 2014, 12:04:39 PM4/27/14
to NST, NCSC
आदरणीय दाजु भाई तथा दिदि बहिनीहरु
नमस्कार !
यहि शनिबार, २०१४ अप्रिल २६ तारिखका दिन बसेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)  Central Coordination Committee को बैठकले निम्न अनुसार निर्णयहरु गरेको जानकारी गराउछु |

निर्णय-१  NCSC को स्थापनाकाल देखि Finance Coordinator  को भूमिका सफलतापुर्वक सम्पन्न गर्नु भएको मा श्री प्रकाश गौतमलाई बिशेष धन्यवाद प्रदान गरियो | साथै श्री गौतमले व्यक्तिगत कारणले गर्दा त्यो भूमिकालाई निरन्तरता दिन असमर्थ जनाउनु भएकोले नयाँ Financial Coordination मा श्री प्रेम शाहीलाई नियुक्त गर्ने  निर्णय गरियो |
 
 
निर्णय-२  NCSC का लागि थप आर्थिक श्रोतहरु बढाउने उद्देश्यले बिज्ञापन उठाउने, विज्ञापनको उचित मूल्य निर्धारण गर्ने र त्यसलाई ब्यबस्थित रुपमा NCSC को भवन भित्रको भित्तामा Display गर्ने लगायतका बिषयमा कार्य गर्न पाँच सदस्यीय "बिज्ञापन ब्यबस्थापन समिति" गठन गरियो समितिमा निम्न बमोजिम सदस्य रहनु भएको छ |
१)मुरली अधिकारी २) बाल जोशी ३) भुवन आचार्य ४)कृष्ण  लामिछाने ५) छबि चापागाईं
 
निर्णय -३  NCSC को बिधान संशोधन गर्न गठित  "बिधान समिति"ले  सफलता पुर्बक कार्य सम्पादन गरेकोमा संयोजक प्रकाश गौतम,सदस्यहरु मुरली अधिकारी, भुवन आचार्य ,कृष्ण लामिछाने, महेन्द्र पौडेल र बिनय अर्याल साथै सल्लाहकार प्रेम अधिकारी तथा मकर बज्राचार्यलाई हार्दिक आभार एबं धन्यवाद ज्ञापन गरियो |

निर्णय- ४  बिधान समितिले पेश गरेको विधानमा व्यापक छलफल गर्दै सामान्य संसोधन गरि NCSC Central Coordination Committee द्वारा पारित गरियो र अन्तिम पारितका लागि NCSC को साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरियो |
बैठक मा निम्न बमोजिम सदस्यहरुको उपस्थिति रहेको थियो |
गोकर्ण दाहाल , कृष्ण लामिछाने, उत्तम लामिछाने, नेत्रप्रसाद पाण्डे, प्रेम शाही, बाल जोशी, गौरीराज जोशी, मुरली अधिकारी, छाबिमणि चापागाई, प्रेम अधिकारी, सुरेश पोख्रेल,बिनय अर्याल, भुवन आचार्य र प्रकाश गौतम |
 
साथै, 
NCSC Central Coordination Committee को को निर्णय बमोजिम NCSC को बिधान माथि छलफल गरि पारित गर्न ,
तल उल्लेखित मिति र समयमा हुन गैरहेको NCSC को साधारण सभामा सम्पूर्ण  सदस्य दाजुभाई  तथा दिदीबहिनी हरुलाई हार्दिक आमन्त्रण गरिन्छ |
स्थान: NCSC को भवन
 
    2016 west grauwyler rd
      Irving
 

समय: दिनको ठिक ४ बजे
मिति: मे १० तारिख, २०१४

 
तपाईहरुको हरेक पल शुभ रहोस !!!

NCSC का तर्फबाट
सुरेश पोख्रेल
Meeting Coordinator
Reply all
Reply to author
Forward
0 new messages