१. नेपाली भेष भूषा र बाजा गाजा सहित को सास्कृतिक झांकी ले डलास शहर को मुख्य् ठाउँ मा परिक्रमा गर्ने:
May २४ शनिवार बिहान १० बजे: शुरु हुने 3535 N Belt Line Rd, Irving, TX 75062 (Tom Thumb Complex)
२. ब्यापार ब्यबसाय बिभाग को पहलमा आमंत्रित नेपाली निर्यात कर्ताहरु र अमेरिकन यायात कर्ताहरु समेत समाबेश रहेको क्रेता-बिक्रेता भेटघाट तथा अर्डर आदान -प्रदान कार्यक्रम :
(क) प्रत्येक २ घंटा का दरले निर्यात कर्ता को लागि स-शुल्क र यायात कर्ता को लागि निशुल्क हुनेगरी १ घंटा बिश्राम को हुदै बिहान १२ बजे देखि बेलुकी ७ बजे सम्म दिनको ३ पटक conference संचालन गरिने छ।
(ख) यो कार्यक्रम को संचालन जस्मा अमेरिका का लागि निर्यात योग्य नया नया नेपाली उत्पादन हरुको समेत बाजार प्रबर्धन का लागि नमुना प्रदर्शन हुनेछ।
(ग) अमेरिका का लागि निर्यात योग्य नया नया नेपाली उत्पादन हरुको लागि अमेरिकन कंपनी मार्फत बिक्री गर्न को लागि ब्यबस्था मिलाईएको छ।
(घ) मनोरंजन का निमित्त नाच, गान, लोक दोहोरी, हास्य ब्यंग्य लगायत का सबै खाले सांस्कृतिक प्रदर्सन को कार्यक्रम गरिने छ।
(ङ्) 'नेपाल महोत्सब २०१४ ' टेक्सास लाई सफलता साथ सम्पन्न गर्न अमेरिका को टेक्सास राज्य भित्र रहेका संघ सस्था र स्थानीय ब्यक्तिहरुको सक्रियता रहने छ।
निम्न बमोजिम का हस्तकला का बस्तुहरु महोत्सब मा प्रस्तुत गरिने छ:
- ऊनी नपाली धागोवाट तयारी सामान,
- ढाका कपडा बाट बनेका सामान,
- अल्लो का कपडा,
- हाते स्वेटर,
- काष्ठकला र छालावाट उत्पादित बस्तु,
- मकैका ख़ोस्टा बाट उत्पादित बस्तु,
- कुशन कभर,
- सिंगिंग बल,
- खुकुरी,
- छ्वालीका कलात्मक बस्तु,
- धातुवाट निर्मित वस्तु,
- बाँसवाट उत्पादित वस्तु,
- पोते बुनाई,
- वेतवाट तयारी वस्तु,
- कुर्ता सूरुवाल,
- रेशाको हस्तकलाका बस्तु,
- कागजको हस्तकलाका बस्तु,
- जेन्स तयारी पोशाक,
- कपडामा तगेका कलात्मक बस्तु,
- उनी फेल्टबाट तयारी बस्तु,
- सल (पछौरा),
- प्राकृतिक रेशाबाट उत्पादित कपडा,
- कुरुषवाट तयारी वस्तु,
- ढुङ्गाबाट निर्मित कलात्मक बस्तु,
- मिथिला आर्ट,
- गुन्द्रुक,
- मखमली चप्पल जुता,
- मेहेन्दी का डिजाईन,
- वाँसका वाट उत्पादित बस्तु,
- ढाका कपडावाट उत्पादित बस्तु,
गलैचा लगायत अन्य धेरै नेपाली हस्ताकलाहरु।
'नेपाल महोत्सब -२०१४' लाई ऐतिहासिक रूपमा सफल बनाउन हामी सबै नेपालीहरुलाई हार्दिक आव्हवान गर्दछौ।
धन्यवाद ,
अग्नि संजेल विजयराज भट्टराई
संयोजक सदस्य- सचिब
नेपाल महोत्सब - २०१४
नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन