कार्यक्रमको सोभाबढाइ दिनुहुने सबै मा नेपाली समाज टेक्सस (NST) हार्दिक आभार ब्यक्त गर्दछ !

3 views
Skip to first unread message

Bijay Bhattarai

unread,
Apr 13, 2014, 11:51:41 AM4/13/14
to nstexas

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा

नेपाली समाज टेक्सासको तर्फबाट नया बर्ष २०७१ को पुन: शुभकामना !
 
नेपाली समाज टेक्सासको (NST) ले April 12 शनिबार सम्पन्न गरेको नया बर्ष २०७१ कार्यक्रममा  आफ्नो अत्यन्त ब्यस्त समयलाई थाति राखेर कार्यक्रमको सोभाबढाइ दिनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नेपाली समाज टेक्सास (NST) हार्दिक आभार ब्यक्त गर्दछ । त्यसै गरी कार्यक्रमको सफलता लागि महत्वपूर्ण समयको योगदान गर्नुहुने सम्पूर्ण सहयोगी संस्थाहरु, मित्रहरुमा मुरिमुरी धन्यवाद ब्यक्त गर्दछौ।
 
बिशेष गरि कार्यक्रमलाई सफल पुर्याउनु कलाकार उपलब्ध गराई सहयोग गर्नु हुने इन्द्रेणी साँस्कृतिक संघ लगायत भलिबल खेलमा सक्रिय सहभागिता जनाउनु हुने डेन्टन, युलेस, हल्टम सिटि, अर्भिंग तथा भुटनीज समाज प्रति हामी आभारी छौ। त्यसैगरी कार्यक्रममा बिशेष कला प्रदर्शन गरि दर्शकलाई मनोरंजन गराउन सफल  कलाकारहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।    

नेपाली समाज टेक्सासको आयोजनामा यसै गरी समय समय हुँदै आएका बिभिन्न कार्यक्रमहरुमा सकल परिवार सहित् उपस्थित हुनुहुने नेपाली दाजुभाइहरुको माया ममता तथा उपस्थितले नै आज समाज यो अवस्थामा पुगेको पुन: स्मरण गराउदै भोलिका दिनमा आयोजना हुने कार्यक्रमहरुलाई अझ ससक्त र सफलता बनाउन यहाँहरुको सकारात्मक् सुझाबहरुको सर्बदा अपेक्षा गर्दै नया बर्ष २०७१  ले हामी सम्पूर्ण नेपालीहरुको मनोकामना पूर्ण गरोस् यही शुभकामना ब्यक्त गर्दछौ।   
 
धन्यबाद,
विजयराज भट्टराई 
महासचिब 
Nepalese Society Texas


Reply all
Reply to author
Forward
0 new messages