नेपाल महोत्सव – २०१४ अन्तिम तयारी पूरा !

5 views
Skip to first unread message

Nepalese Festival Texas

unread,
May 24, 2014, 1:32:31 AM5/24/14
to nstexas@googlegroups.com Nepali Society, our...@googlegroups.com

विकास राज न्यौपाने, टेक्सास, अमेरिका 
 
मे २३, २०१४-अमेरिका को टेक्सास राज्य मा 'नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन' आयोजना तथा  प्रबाशी नेपाली मन्च को ब्यबस्थापन मा May २४ शनिबार देखि May २६, २०१४ सोमबार सम्म "नेपाल महोत्सब - २०१४" को आयोजना गर्न लागिएको छ।
 
"अमेरिकामा पहिलो पटक आफ्नो राष्ट्र (नेपाल) को नाम मा हुन लागेको यस महोत्सव को आयोजना गर्ने सौभाग्य हामी डाल्लास बासी ले पाएका छौ। यस कार्यक्रम लाई सफल बनाउन सम्पूर्ण नेपालीहरुमा म सक्रिय सहभागिता को लागि हार्दिक अनुरोध गर्दछु।" कार्यक्रमका सदस्य सचिब विजयराज भट्टराईले सम्पूर्ण नेपालीहरु लाई आव्ह्वान गर्नु भएको छ। 
 
"नेपाल महोत्सब - २०१४" को आयोजना ले बिदेशी भूमिमा हाम्रो नेपाली राष्ट्र र रास्ट्रियता को पहिचान, पर्यटन प्रबर्धन अनि नेपाली हातहरु द्वारा निर्मित हस्तकला को प्रबर्धन मा मदत पुर्याउने बिश्वास ब्यक्त गर्नु हुन्छ नेपाल अमेरिका वेल्फ़ेयर असोसिएसन का अध्यक्ष शेषराज खतिवडा।  
 
कार्यक्रम का प्रमुख अतिथि माननीय उद्योग मन्त्री कर्ण बहादुर थापा, नेपाल सरकार का थप प्रतिनिधिहरुका साथ आज न्युयोर्क  आइसक्नु भएको छ र भोलि बिहान डालस टेक्सासमा  ९ बजे बिहान आहुने साथै अब सम्पूर्ण समिति, उप-समितिहरुले लगभग आ-आफ्नो जिम्मेवारी पुरा गरि सकेको जानकारी दिनु भयो कार्यक्रमको संयोजन गरिरहनु भएका अग्नि संजेल ले। 
 
कार्यक्रम स्थल DFW Airport Hotel यतिखेर बेहुली झैँ सिन्गारिदै छ। कार्यक्रममा सहभागी हुन् अन्य स्टेट बाट आउनुहुने अथितिहरुलाई ब्यबस्थापन गर्न ब्यस्त देखिन्छन आयोजकहरु।  DFW Airport Hotel का कोठाहरु धमाधम भरिदै छन। 
 
शनिवार बिहान १० बजे  प्रबाशी नेपाली मन्च (ONF) को आयोजनामा नेपाली भेष-भुषा, बाजा गाजा सहितको टोलीले नेपाल र नेपाली लाई चिनाउने तुल, ब्यानर, प्ले-कार्ड सहित नेपाली बाजा गाजा र रास्ट्रिय धुन सहित नगर परिक्रमा गर्ने जानकारी गराउनु भयो ब्यबस्थापन समिति सदस्य जीवन जोशी ले। 
 
शनिवार र आइतबार राती डिजे, आइतबार साँझ ५ बजे सांस्कृतिक कार्यक्रम र लगभग १०० नेपाली परिकारको तयारी पनि पुरा भै सकेको जनाइएको छ। अन्तिम तयारी को चटारोमा व्यस्त देखिन्छन आयोजकहरु।  
 
कार्यक्रम मा ऊनी नपाली धागोवाट तयारी सामान, ढाका कपडा बाट बनेका सामान, अल्लो का कपडा, हाते स्वेटर, मकैका ख़ोस्टा बाट उत्पादित बस्तु,  कुशन कभर, सिंगिंग बल, खुकुरी, छ्वालीका कलात्मक बस्तु, धातुवाट निर्मित वस्तु, बाँसवाट उत्पादित वस्तु, पोते बुनाई, वेतवाट तयारी वस्तु, कुर्ता सूरुवाल, रेशाको हस्तकलाका बस्तु, कागजको हस्तकलाका बस्तु, जेन्स तयारी पोशाक, कपडामा तगेका कलात्मक बस्तु, उनी फेल्टबाट तयारी बस्तु, सल (पछौरा), प्राकृतिक रेशाबाट उत्पादित कपडा,  कुरुषवाट तयारी वस्तु, ढुङ्गाबाट निर्मित कलात्मक बस्तु, मिथिला आर्ट, लप्सिका बिभिन्न सामान, मखमली चप्पल ह्वाइट स्टोन, मेहेन्दी का डिजाईन, वाँसका वाट उत्पादित बस्तु, प्राकृतिक रेशावाट उत्पादित बस्तु, जुरोका विभिन्न डिजाईनहरु, ढाका कपडावाट उत्पादित बस्तु, गलैचा लगायत अन्य धेरै नेपाली हस्ताकलाहरु प्रदर्शनी तथा बिक्रि गरिने छ।
 
नमस्ते युएस प्रतिनिधि कार्यक्रम आयोजना स्थल पुग्दा छोरी को बिबाहमा जुटेको परिवार झैँ धेरै ठूलो सहभागिता व्यस्त देखिन्थ्यो। नमस्ते युएस, नेपाली मन हुने सम्पूर्ण महानुभाबहरु लाई नेपाल महोत्सव - २०१४ ( मे २४ देखि मे २६, २०१४ सम्म ) मा सहभागी भाई दिनु हुन आग्रह गर्दछ। 


Reply all
Reply to author
Forward
0 new messages