पिडित नेपाली महिलाको उद्दार गरिदिनु हुन |

5 views
Skip to first unread message

NRNA, NCC, United Arab Emirates

unread,
Feb 22, 2012, 1:33:07 PM2/22/12
to NCC UAE, ICC UAE, NCC UAE Advisor, UAE NRNs
For Your Information Only
=======================
 
श्री नेपाली दुताबास युएई |                                                                                मिति: २०१२/०२/२२ बुधबार

 बिषय: पिडित नेपाली महिलाको उद्दार गरिदिनु हुन |
 
 महोदय,
 उपरोक्त सम्बन्धमा पुलिका गा बि स. २ बर्गदावा कपिलबस्तु घर भई हाल रोजगारीको शिलशिलामा  युएईमा आएकी सुश्री राजकुमारी रानालाइ नेपालबाट न्यु ब्लु स्टार म्यन्पावोर कम्पनीका कर्माचारी पुस्कर शाह र रुपनदेही सालझंडीका जीवन पोखरेलले नक्कली भिजा बनाइ लुम्ब्नी ट्रावल्स मार्फत युएई पठाएको कुरा पिडित राजकुमारीले एन आर एन युएई लाई बताई उनलाई नेपाल फर्कनको लागि सहयोग गरिदिन अनुरोध गरेकी छन् |
 
नक्कली भिजा भएको कारण दुबई यअरपोर्टमा ४ दिनसम्म खाना पनि नखाई बस्नुपरेको कुरा उल्लेख गरेकी छन् | उनको वर्तमान अवस्था र उनलाई युएई सम्म ल्याउने म्यानपावोर कम्पनि र एजेन्टको बारेमा बुदागत रुपमा राजकुमरिकै  भनाइ अनुसार निम्नअनुसार रहेको छ |
म्यानपावोर कम्पनि: न्यु ब्ल्यु स्टार
कर्मचारी: पुस्कर शाह
नेपालको एजेन्ट: जीबन पोख्रेल (+९७७ ९८४७३५४१५५)
युएई एजेन्ट: दीपक लामा (०५५ १५०९१४४)
युएई एजेन्ट: कृष्ण खड्का (०५५ ५७० ८८६०)
युएई एजेन्ट अफिस श्रीलंकन: अमिना (०५० ४७२७५८०, ०५५ ३८६७७२७)
 पिडित राजकुमारी राना (०५५ २९४३५२०)
 
दीपक लामाले उनलाई श्रीलंकन एजेन्ट लाइ राजकुमारीलाई दिएबापत दिरहम ६००० लिएको भन्ने बुझिन आएको छ | त्यहि श्रीलंकन एजेन्ट मार्फत उनि अहिले शारजाह अल कशिमिया  हस्पिटल नजिकै पाकिस्तानी को घरमा कम गरेकी छन् तर उनको भिजा भने लागेको छैन | अहिलेको घरमा पनि काम निकै गारो रहेको, धेरै हेप्ने ,डोमिनेट गर्ने हुँदा उनि छिटो भन्दा छिटो घर फर्कन चाहेकी छन् | उनले मलाइ फोन गरि अनुरोध गर्ने क्रममा रुदा पुरा कुरा नसकेको हुँदा बाकी बिस्तृत कुरा उनलाई नै सम्पर्क गरि लिनु हुन अनुरोध गर्दछौ |
गैर आवाशीय नेपाली संघ, युएई राजकुमारीलाई अथशिघ्र उद्दार गरिदिनु हुन नेपाली दुताबास समक्ष अनुरोध गर्दछ र दुताबासलाई आबश्यक सहयोगको लागि तत्पर रहेको कुरा जानकारी गराउदछौ |
 
भवदीय, 
चन्द्र बहादुर रोकाहा
अध्यक्ष, गैर आवाशीय नेपाली संघ, युएई | 
Reply all
Reply to author
Forward
0 new messages