Dear NRNA ICC president,It is my pleasure to announce the media and communication task force team as directed by the 31st ICC meeting. The TOR of the task force, attached below, describes objectives, work division, member selection process and other details of the task force. I thank all members for agreeing to work in the team.Advisors: Dr Jugal Bhurtel and Dr. Kumar Basnet
Chair: Dr. Hem Raj Sharma
Members:
Anuradha Poudel (France)
Bhim KC (Portugal)
Govinda Giri Prerana (USA)
Dr. Govinda Singha Rawat (Canada)
JB Pun Magar (Hong Kong)
Khemnath Paudel (UAE)
Krishna Prasad Regmi (Belgium)
Nawa Raj Pokharel (Romania)
Tilak Malla (Japan)
Rajendra Bhatta (UK)
A member from Australia to be decided
A member from Korea to be decided
With best regards,Hem Raj SharmaSpokesperson and chair of media and communication TFTerms of ReferenceMedia and Communication Task Force, Non-Resident Nepali Association, International Coordination Council
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मेडिया तथा सञ्चार कार्यदलको निर्देशिका सूची
(प्रस्तावित)
(क) परिचय
गैरआवासीय नेपाली संघको सञ्चार निति तयार गर्न, संघ र सञ्चारमाध्यम विच प्रभावकारी समन्वय गर्न, संघका गतिविधिहरु सबै तह सम्म छिटो छरितो र सहज किसिमले पुर्याउने माध्यमको विकास गर्न तथा सूचना प्रवाह सम्वन्धी अन्य कार्यहरु गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदको ३१औं बैठकले संघका प्रवक्ताको संयोजकत्वमा मेडिया तथा सञ्चार कार्यदल (media and communication task force) कार्यदल गठन गरेकोछ। यस कार्यदलले यो निर्देशिका सूची (Terms of reference) अनुसार कार्यसम्पादन गर्नेछ। यस निर्देशिका सूची अनुमोदनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदमा प्रस्तावित गरिएकोछ।
(ख) उद्देश्यहरु
१) संघको सञ्चार निति तयार गर्ने।
२) संघका गतिविधिबारे सञ्चार माध्यमबाट छिटो र छरितो सूचना प्रवाह गर्न देश भित्र र बाहिर रहेका नेपाली सञ्चार माध्यमहरुको सूची तयार पारी सम्पर्क स्थापित गर्ने र आवश्यक अनुसार सहकार्य गर्ने।
३) सूचना प्रवाहका लागी विभिन्न सामाजिक सञ्जालहरु तथा विधुतीय माध्यमहरुको विकास गर्ने।
४) संघका गतिविधीहरु सार्वजनिक गर्न newsletter प्रकाशित गर्ने।
५) गैरआवासीय नेपालीहरुले नेपालमा गरेको आर्थिक लगानीको तथ्याङक संकलन गरी प्रकाशीत गर्ने।
६) गैरआवासीय नेपालीहरुद्वारा नेपालमा सञ्चालित सामाजिक तथा कल्याणकारी परियोजनाहरुको तथ्याङक संकलन गरी प्रकाशीत गर्ने।
७) संघका महत्वपूर्ण दस्तावेजहरु संकलन गर्ने र आवश्यक अनुसार प्रकाशित गर्ने।
८) सञ्चारमाध्यममा प्रकाशित हुने गैरआवासीय नेपाली संघ र नेपाली डायस्पोरा सम्वन्धी लेख, रचना तथा जानाकारीको संकलन गर्ने र आवश्यक अनुसार प्रतिउत्तर लेख तयार गर्ने।
९) संघले उठाएका विषय तथा नेपाली डायस्पोराबारे लेख रचना लेख्न सक्ने व्यक्तीहरुको पहिचान गर्ने र नियमितरुपमा लेख रचनाहरु प्रकाशित गर्न अभिप्रेरित गर्ने।
१०) संघका शुभेनियर लगायतका नियमित प्रकाशनमा सहयोग गर्ने।
११) संघले जिम्मेवारी दिएका अन्य कार्यहरु गर्ने।
(ग) कार्यविधी:
१) माथि उल्लेखित कार्य सम्पादन गर्न कार्यदलका सदस्यहरु मध्यबाट एक एक जना संयोजन तोकिनेछ।
२) कार्यदलको बैंठक आवश्यक अनुसार तीन महिनाको अन्तराल भन्दा ढिलो नहुने गरी बस्नेछ। बैठक विधुतीय माध्यमबाट बस्नेछ।
३) कार्यदलले नियमितरुपमा प्रगती विवरण अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्नेछ।
४) तोकिएको जिम्मेवारी तोकिएको समय भित्र पुरा गर्न असमर्थ हुने तथा तीन महिना सम्म कार्यदलको सम्पर्कमा नआउने कार्यदल सदस्य जिम्मेवारीबाट स्वत: मुक्त हुनेछ।
५) प्रकाशनमा लाग्ने खर्च सकेसम्म विज्ञापनमार्फत कार्यदल आफैंले जुटाउने छ वा अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिने छ।
६) कार्यदलले निर्देशिका सूचीको संशोधन प्रस्ताव अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गर्न सक्नेछ।
७) कार्यदलको कार्यकाल छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलनसम्म रहनेछ।
८) आवश्यक अनुसार अन्य कार्यविधी कार्यदलको बैंठकले गर्नेछ।
(घ) कार्यदल
सल्लाहकारहरु:
Dr Jugal Bhurtel
Dr. Kumar Basnet
संयोजक:
Dr. Hem Raj Sharma
सदस्यहरु:
Anuradha Poudel (France)
Bhim KC (Portugal)
Govinda Giri Prerana (USA)
Dr. Govinda Singha Rawat (Canada)
JB Pun Magar (Hong Kong)
Khemnath Paudel (UAE)
Krishna Prasad Regmi (Belgium)
Nawa Raj Pokharel (Romania)
Tilak Malla (Japan)
Rajendra Bhatta (UK)
A member from Australia to be decided
A member from Korea to be decided
(ङ) कार्यदल सदस्यहरुको चयन र जिम्मेवारी:
माथी उल्लेखित उद्देश्यमा योगदान गर्न चाहाने व्यक्तीहरुलाई एनसिसि र आईसिसिको ईमेलमा खुला रुपमा आव्हान गरिएको थियो। सदस्य स्वयमको आग्रहमा वा सम्वन्धित देशको एनसिसि अध्यक्ष वा क्षेत्रीय संयोजनको सिफारिस/जानाकारीमा वा संयोजकले स्वयमले पहिचान गरी सदस्यहरुको चयन गरिएको हो। सदस्यहरुको चयन सकेसम्म बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी गरिएको छ। कार्यदलका सबै सदस्यहरुले voluntarily योगदान गर्ने छन्।
(च) कार्यदल सदस्यहरुको जिम्मेवारी:
माथी उल्लेखित उद्देश्यमा सबै सदस्यहरुले आ-आफ्नो तर्फबाट सहयोग गर्नेछन। तर सहजरुपमा कार्यसम्पादन गर्न हाललाई निम्नानुसार जिम्मेवारी प्रस्तावित गरिएकोछ। कार्यदलको बैठक पछी जिम्मेवारी हेरफेर हुन सक्नेछ।
(१) संघको सञ्चार निति तयार गर्ने:
JB Pun Magar, Krishna Prasad Regmi, Tilak Malla
(२) नेपाली सञ्चार माध्यमहरुको सम्पर्क सूची तयार पार्ने:
Nawa Raj Pokharel
Africa: Khemnath Paudel
Americas: Govinda Giri Prerana, Dr. Govinda Singha Rawat
Asia Pacific: JB Pun, Tilak Malla
Europe: Anuradha Poudel, Bhim KC, Krishna Prasad Regmi, Rajendra Bhatta
Middle East: Khemnath Paudel
Nepal: NRNA secretariat
Oceania: Rajendra Bhatta, Tilak Malla
(३) सूचना प्रवाहका लागी सामाजिक सञ्जालहरु तथा विधुतीय माध्यमहरुको विकास गर्ने।
निर्णय गर्न बाकिँ।
(४) Newsletter प्रकाशन:
Dr. Hem Raj Sharma
(५-६) गैरआवासीय नेपालीहरुको आर्थिक लगानी र कल्याणकारी परियोजनाहरुको तथ्याङक संकलन:
Rajendra Bhatta
(७) संघका महत्वपूर्ण दस्तावेजहरु संकलन र प्रकाशन:
Dr. Hem Raj Sharma
(८) गैरआवासीय नेपाली संघ र नेपाली डायस्पोरा सम्वन्धी लेख, रचना तथा जानाकारी संकलन
Khemnath Poudel
(९-११) अन्य
आवश्यक अनुसार जिम्मेवारी तोकिने।
(समाप्त)
__._,_.___MARKETPLACE.![]()
__,_._,___