गैरआवासीय नेपाली संघको छैठौ क्षेत्रीय सम्मेलन मस्कोद्धारा जारी घोषणा पत्र
नेपालका माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, राष्ट्र बैकका गर्भनर, परराष्ट मन्त्रालयका पदाधिकारीहरु युरोप क्षेत्रका कुटनीतिक नियोगका प्रमुखहरु, संविधानसभाका माननीय सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतका पदाधिकारीहरु तथा गैरआवासीय नेपाली संघका २५ देशका प्रतिनिधिहरुको उपस्थितिमा गैरआवासीय नेपाली सञ्जालको सम्वर्द्धन नेपालको प्रर्वद्धन को मुल आहृवानका साथ नेपाल रुस दौत्य संबन्धको ५५ औं वर्ष मनाईरहेको रुस महासंघको राजधानी मस्कोमा २३ देखि २४ जुलाई २०११ सम्म भव्यतापुर्वक सम्पन्न छैटौ गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलनमा व्यक्त विचारलाई सवोधन गदै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको मस्को घोषणा जारी गर्दछ ।
१. नेपाल राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डता, लोकतन्त्र एवं गणतन्त्रको संस्थागत विकास, मानव अधिकार र मौलिक अधिकारको प्रत्याभूति गर्ने संविधान वनाउन र शान्ति प्रक्रिया सकारात्मक निष्कर्षमा पुर्�याउन यो संम्मेलन सम्पूर्ण राजनीतिक दलहरुबीच निरन्तर संवाद, सहमती र सहकार्य जारी राख्दै छिटो निष्कर्ष निकाल्न हार्दिक आग्रह गर्दछ ।
२. वैदेशिक रोजगारको सिलसिलामा दुर्घटनामा परी अपांग भएका व्यक्तिका परिवारको कुनै एक सदस्यको सिप वृद्धि गर्न सहयोग गर्ने उदेश्यले फूलकुमारी महतो मेमोरियल ट्रष्टका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक डा उपेन्द्र महतोद्धारा ५ करोड रुपैयााको अक्षय कोष खडा गर्ने घोषणाको उच्च प्रशंसा गर्दै उक्त कोष वृद्धिमा योगदान गर्न यो सम्मेलन सम्पूर्ण गैर आवासीय नेपाली समुदायलाई हार्दिक आहृवान गर्दछ ।
३. विश्वभरिका नेपाली समुदायको आग्रह बमोजिम संविधानमा अन्य मुलुकको नागरिकता लिदा नेपालको नागरिकता खारेज हुने अहिलेसम्मको कानुनी प्रावधान अन्त्य गरी नया संविधानमा एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न यो सम्मेलन संविधानसभा र सम्पूर्ण राजनीतिक दलहरुलाई पुनः आग्रह गर्दछ ।
४. नेपाल सरकारद्धारा गैर आवासीय नेपाली समुदायलाई जलविद्युत आयोजनामा लगानी गर्न गरिएको आहृवानलाई हार्दिक स्वागत गर्दै संयुक्त लगानी मोडेलमा जलविद्युत आयोजनाको निर्माणका लागि सहजकर्ताको भुमिका निर्वाह गरेर गैर आवासीय नेपाली समुदायलाई परिचालन गर्न यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ ।
५. मध्यपूर्व, मलेशिया लगायत अन्य मुलुकहरुमा बैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुका व्यक्तिगत र रोजगार सुरक्षाका सन्दर्भमा देखपरेका विविध समस्या समाधानका लागि नेपाल सरकार, उद्योग बाणिज्य महासंघ तथा अन्य सरोकारवाला संघसंस्थाहरुसंग निरन्तर सहकार्य गर्ने यो सम्मेलन प्रतिवद्धता व्यक्त गर्दछ ।
६. पर्यटन वर्ष २०११ लाई सफल बनाउने सन्दर्भमा नेपाल भवनको निर्माण गरी नेपालको सांस्कृतिक प्रचारप्रशार गनृे कार्यमा रुसको गैर आवासीय नेपाली समुदायले पुर्�याएको योगदानको यो सम्मेलन उच्च प्रशंसा गर्दै संसारभरि छरिएर रहेका नेपाली समुदायलाई यस्तै किसिमका नेपाल चिनाउने संरचनाको निमार्ण गर्न आहृवान गर्दछ ।
यसैगरी वेल्जियम, वेलायत, अष्ट्रेलिया, जर्मनी र जापान लगायतका देशमा हरेक वर्ष आयोजना गरिने नेपाल फेस्टिवल जस्ता नेपालको उत्पादनहरु तथा पर्यटन प्रवद्धनमा सहयोग पुर्�याउने महोत्वहरुको आयोजना गर्न यो सम्मेलन आहृवान गर्दछ ।
७. गैर आवासीय नेपाली संघको संयन्त्रभित्र महिला, युवा र विदेशमै जन्मिएको पुस्ताको सहभागितालाई अझ बढि प्रोत्साहन गर्न यो सम्मेलन आग्रह गर्दछ ।
८. गैर आवासीय नेपाली संघको दल निरपेक्ष, मृनाफारहित, नेपालको शान्ति र संम्वृद्धिप्रति समर्पित, स्वयसेवी संस्थाको छवीलाई निरन्तरता दिने किसिमका क्रियाकलपामा केन्दि्रत हुन संघका सम्पूर्ण राष्ट्रिय समन्वय परिषदहरुलाई यो सम्मेलन आग्रह गर्दछ ।
९. यस सम्मेलनलाई भव्यता पुर्वक सम्पन्न गर्न मुख्य भुमिका निर्वाह गर्ने गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद रुस तथा स्थानीय नेपाली समुदायप्रति यो सम्मेलन हार्दिक धन्यवाद व्यक्त गर्दछ ।