श्री निनाम्मा राई, अध्यक्ष ज्यू
श्री सिजन दमला, महासचिव ज्यू
गैरआवासीय नेपाली संघ, जर्मनी
विषय: वार्षिक साधारण सभामा सहभागी हुन नसक्ने बारे
आदरणीय अध्यक्ष ज्यू तथा महासचिव ज्यू,
सबभन्दा पहिले, गैरआवासीय नेपाली संघ, जर्मनी (NRNA Germany) को वार्षिक साधारण सभा मा विशेष अतिथि को रूपमा निमन्त्रणा दिनुभएकोमा हार्दिक धन्यवाद। नेपाली समुदायलाई एकत्रित गर्ने, नेपाल सरकारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने, तथा प्रवासमा रहेका नेपालीहरूको हकहितका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको छ।
तर, व्यवसाय सम्बन्धी व्यक्तिगत समस्या को कारणले म यो कार्यक्रममा सहभागी हुन असमर्थ रहेको छु। कार्यक्रममा उपस्थित भई आफ्ना विचार तथा सुझाव राख्न पाएको भए खुशी लाग्ने थियो, तर दुर्भाग्यवश म उपस्थित हुन सक्दिन।
यस ऐतिहासिक कार्यक्रमको भव्य सफलताको लागि मेरो तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। यो सभा नेपाली समुदायलाई अझ मजबुत बनाउने दिशामा महत्वपूर्ण योगदान दिनेछ भन्ने पूर्ण विश्वास छ। कृपया मेरो अनुपस्थितिलाई समझदारीपूर्वक ग्रहण गर्नुहोला, र सभामा उपस्थित सबै महानुभावहरूलाई मेरो न्यानो अभिवादन तथा शुभकामना पनि व्यक्त गरिदिनुहुन अनुरोध गर्दछु।
धन्यवाद।
डॉ. नबराज रोस्यारा
सचिव,
एनआरएनए आईसीसी