आदरणिय जर्मनवासि नेपाली दिदी वहिनी तथा दाजुभाइहरू,
गैर आवासिय नेपाली संघका आभियन्ता मित्रहरू
सर्व प्रथम विजया दशमीको उपलक्षमा यहाँलाइ र यहाँको
सम्पुर्ण परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र परिवारमा शुख र
समृध्दीको लागि प्राथना गर्दछु। साथै नेपाल संम्वत तिहार र छठ लगायताका नेपालीहरूका अन्य चाडपर्वहरूको पनि
हार्दिक मंगलमय शुभकाना व्यक्त गर्दछु।
गैर आवासिय नेपाली संघको आइसिसी निर्वाचनमा यहाँको सहयोग र समर्थनका लागि म यहाँलाइ हृदय देखि नै धन्यवाद तथा आभार व्यक्त गर्दछु। मतदानको दौरान कतिपयले हामीलाइ मतदान गरे होलान। कतिपयले हामीलाइ बिश्वास गर्ने वातावरण वनि सकेको थिएन होला । तर निर्वाचनमा बहुमत मित्रहरूले हामीलाइ जिम्मेवारी सुम्पिएका छन। त्यसैले अव यो वा त्यो पक्ष नभनी कन सवै संग सामान व्यवहार गर्दै यहाँ हरू सवैको भावनाको प्रतिनिधित्व हुने गरि काम गर्ने प्रतिवध्दता व्यक्त गर्दछु।
संस्थामा वसेर निश्पक्ष रूपमा काम गर्ने र संस्थाको डिजिटलाइज गर्ने वाचा गरेर आइसिसी निर्वाचनमा भाग लिएको थिए। यहाँले गरेको बिश्वास र समर्थनको आधार लाइ तल खस्न दिने छैन र निर्वाचनमा गरेको प्रतिवध्दता अनुसार काम गर्ने छु।
अन्तमा सामुहिक रूपमा नेपालको समृध्दीमा साझेदार वन्ने हामी सवै गैर आवासिय नेपालीहरूको साझा सपना लाइ साकार गर्न दुर्गा भवानीले हामीलाइ प्रेरित गरिरहुन । संस्थामा पारदर्शिता भित्र्याउन सकियोस। एनआरएनए नितान्त नेपाल नेपाली भन्ने भावना वाट प्रेरित संस्था भएकोले संस्थामा राजनैतीक र क्षेत्रिय तथा जातिय पुर्वाग्रहको अन्त्य गर्न सकियोस। अभियन्ताको क्षमता र लगनशिलताका आधारमा नेतृत्व चयन गर्ने विधीको स्थापना गर्न सकियोस। विजया दशमीको उपलक्षमा हामीहरू सवैलाइ यहि शुभकामना व्यक्त गर्दछु।
डा० नव राज रोस्यारा
सचिव
अन्तराष्ट्रिय समन्वय समिती
गैर आवासिय नेपाली संघ