Re: श्रम मन्त्रिको सम्मानमा एनआरएनए-एनसिसी कतारले रात्री भोजको आयोजना गर्‍यो ।

5 views
Skip to first unread message

Bil Gurung

unread,
Apr 7, 2010, 9:56:16 AM4/7/10
to NRNA Secretariat, nrna-ncc, nrn-...@googlegroups.com, Narendra Bhat
श्रम मन्त्रिको सम्मानमा एनआरएनए-एनसिसी कतारले रात्री भोजको आयोजना गर्‍यो ।
 
अप्रिल ७, मंगलबार । माननीय श्रम तथा यातायात ब्यवस्था मन्त्री मोहमद आफ्तब आलम ज्युको नेत्रित्वोमा कतार भ्रमणमा रहेको टोलीलाई एनआरएनए-एनसिसी कतारले नेपाली राजदुताबास दोहा, कतारको अनुरोधमा रात्री भोजको आयोजना गर्‍यो । भ्रमण टोलिमा बैदेशिक रोजगार प्रबर्धन बिभागका महानिर्देशक मोहनकृष्ण सापकोटा, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक स्थानेस्वोर देबकोटा, श्रम सहसचिब पूर्णचन्द्र भट्टराई, परराष्ट्र सहसचिब अर्जुन पन्त र मन्त्री ज्युको स्वोकिय सचिब फजल-ए-हक हुनुहुन्थ्यो । दोहाको मुनताजा स्थित अलिशान रेस्टुराँमा गत ५ अप्रिल सोमबारका दिन आयोजित उक्त रात्री भोजमा नेपाली राजदुताबास कतारका महामहिम राजदुत डा. सुर्यनाथ मिश्र र प्रथम सचिब रामकाजी खडका साथै एनआरएनए-आइसिसिका उपाध्यक्ष सागर नेपाल र सदस्य तथा कतार प्रतिनिधि प्रज्ञान उदासको पनि उपस्थिती थियो ।
 
एनसिसी कतारको कार्यसमिती र सल्लहकारको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै अध्यक्ष नरेन्द्र भाट ज्युले कतारबासी गैर आबासीय नेपालीहरुको समस्या बारे प्रकाश पर्नु भएको थियो । उक्त अब्सरमा माननीय मन्त्री आलमले ज्ञापन पत्रमा उल्लेख गरिए बमोजिम कार्य अगाडि बढाउन पहल गर्ने आस्वाशन् दिनु भयो । स्मरण रहोस् सोही दिन नेपाली राजदुताबास कतारको आयोजनामा सम्पन्न अन्तर्कृया कार्यक्रममा एनसिसी कतारको तर्फबाट प्रथम उपाध्यक्ष अजिजुर रहिमान शेख र महासचिब बिलबहादुर गुरुङ्द्वारा १० बुदे ज्ञापन पत्र माननीय मन्त्रि ज्युलाई बुझाईएको थियो ।
 
धन्यवाद ।
 
बिलबहादुर गुरुङ,
महासचिब,
एनआरएनए-एनसिसी, कतार ।
DSC00371.JPG
Reply all
Reply to author
Forward
0 new messages