ashbinkumar pudasaini
unread,Jul 17, 2017, 2:00:51 AM7/17/17Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to nepanmember, nepa...@googlegroups.com, nepan nepal
Dear All
Nepal Member
Namaskar!
Pls. find attached article Story about Appreciative Inquiry
Regards
Ashbin Pudasaini
> Date: Sunday, July 16, 2017, 9:31 PM
> समस्याको
> ब्रेकफास्ट,
> लन्च र
> डिनर मैले पत्नीका
> कुरा सुनें, त्यसैलाई ठीक
> ठानें र त्यसैको पालना
> गरें ! सकारात्मक
> सोच, अभिव्यक्ति र
> व्यवहारबाट संसार
> बदल्न लागेका एक
> अभियन्ताको रोचक
> कथा ।सकारात्मक
> सोधखोज (एप्रिसिएटिभ
> इन्क्यायरि) का
> प्रवद्र्धक हुन् डेभिड
> कुपरराईडर । बाह्रवर्ष
> अघि (सन् २००५)
> काठमाण्डौमा आयोजित एक
> कार्यक्रममा
> भेटिए, जसको
> केन्द्रबिन्दु उनै थिए
> । व्यवस्थापनमा
> आएको सफलतालाई व्यवहार
> र अभ्यासमार्फत
> सकारात्मक बनाउने
> तरिका के के हुन् ? कसरी यी
> कुरालाई व्यवहारमा
> उतार्ने ? यी र यस्तै
> खालका प्रश्न गर्दै
> उनले आफ्नो जीवनलाई नै
> अन्यत्र मोडिदिने
> अनौठो अनुभव सुनाउन
> थालेपछि हलमा शून्यता
> छायो । सन् १९८० को
> मध्यतिर अमेरिकाको
> केसवेष्टर्न रिजर्भ
> युनिभर्सिटि, वेदरहेड
> स्कुल अफ
> म्यानेजमेन्टमा
> विद्यावारिधी गर्ने
> क्रममा विद्यार्थी
> डेभिडले व्यवस्थापन
> विषयका विद्यावारिधि र
> स्नाकोत्तर तहमा
> प्रस्तुत गरिएका
> धेरैजसो शोधग्रन्थहरु
> अध्ययन गरे ।
> तर अधिकांश
> शोधग्रन्थ
> समस्यैसमस्या पहिचान
> गर्न केन्द्रित थिए ।
> उनी समस्याहरु अध्ययन
> गर्दागर्दै समस्यामा
> चुर्लुम्मै डुबे ।
> समस्या त समस्याकै पो
> रहेछ ! धर्मपत्नीको
> प्रेरणा डेभिडले लामो
> समयको अध्ययनपछि थाहा
> पाए, सबैले
> समस्यालाई किन
> ब्रेकफास्ट, लन्च र डिनर
> बनाइरहेका होलान् ? उनले यही कुरा
> धर्मपत्नीलाई सुनाए
> । न्यान्सी, एक चित्रकार
> थिइन् । उनले भनिन्, श्रीमानजी, तपाईलाई थाहा
> नै छ, जुन समयमा
> वास्तुशास्त्रको
> विकास भएको थिएन, त्यो समयमा
> पनि जाडोमा न्यानो र
> गर्मीमा शीतलता दिने
> घरहरु यो पृथ्वीमा
> प्रसस्तै थिए । उनका कुरा
> सुनेर डेभिड जिल्लै परे
> । अनि श्रीमान जिल्ल
> परेर उनकै कुरा
> सुनिरहेको देखेपछि
> हौसिएर न्यान्सीले
> भनिन्, त्यतीबेला
> कृषि
> विश्वविद्यालयहरु
> थिएनन् तर अर्गानिक
> खानेकुरा उत्पादन
> हुन्थे । वन जंगलका
> विरुवाहरु पनि घरेलु
> बनाईएका थिए । मेडिक
> कलेज नहुँदा पनि
> मानिसको उपचार
> हुन्थ्यो । त्यतीबेलै
> जङ्गली जनावरहरु
> घरपालुवा बनाईएका थिए
> । इन्जीनियरिङ्गका
> कलेज थिएनन् । जनताले
> कुलो–नहर बनाएर
> मज्जाले सिचाई गर्दै
> आफूलाई पुग्ने
> खाद्यान्न उत्पादन
> गरिरहेका थिए । त्यसैले हे
> मेरा पतिदेव, सफलताको
> ईतिहास हेर्नका लागि
> सकारात्मक आँखा
> चाहिन्छ । उज्यालो
> इतिहास हे¥यौ भने मात्र
> उज्यालो र प्रेरणादायी
> बिगत फेला पार्न सकिन्छ
> ! श्रीमतीका
> अचम्म लाग्दा
> सकारात्मक कुरा सुनेर
> डेभिड छक्क परे ।
> न्यान्सीका कुरा
> गंभीरतापूर्वक मनन
> गरेपछि पीएचडी गर्ने
> भूत चढेका
> विद्यार्थीले
> विश्वविद्यालयका
> प्राध्यापक डा.सुरेश
> श्रीवास्तवलाई गएर
> भने, गुरुजी म मेरो
> पीएचडी अरुले जस्तै
> नकारात्मक खोजीगर्न
> होइन, सकारात्मकता
> पहिल्याउने विषयमा
> परिवर्तन गर्न चाहन्छु
> । डेभिडले नयाँ
> प्रस्ताव बनाए र
> श्रीवास्तव सर समक्ष
> विस्तारपूर्वक
> प्रस्तुत गरे । उनले पिएचडी
> थेसिसको प्रपोजलमा
> प्रसंसनीय सोधखोज
> गर्ने प्रश्न राखे ।
> सफलताका कथाहरु खोज्ने
> कुरामात्रै राखे । यसको
> कारण बताउदै उनले
> लेखे, किनभने
> नकारात्मक सोचबाट
> होइन, प्रसंशनीय वा
> सकारात्मक कुराहरुले
> नै मलाई बेचैन बनाउने
> रहस्यहरुको जवाफ फेला
> पार्न सकिन्छ भन्ने
> मलाई लागेको छ ।
> उनको
> प्रस्ताव
> धैर्यतापूर्वक
> सुनिसकेपछि
> विश्वविद्यालयका
> प्राध्यापक डा.सुरेश
> श्रीवास्तवले
> प्रस्ताव स्वीकार
> गर्दै भने, तिमी अगाडि
> बढ, म तिमीलाई
> गाईड गर्छु । तिम्रो
> कुरामा दम छ ।
> केही समयपछि त
> प्राध्यापक
> श्रीवास्तवले
> प्राज्ञिक अध्ययन
> डेभिडसंगै संयुक्त
> रुपमा गर्ने निर्णय गरे
> । प्राध्यापक र
> सोधकर्ता
> विद्यार्थीले संयुक्त
> रुपमा तीन वटा
> प्रतिष्ठान रोड वे
> एक्सेस्, सिंग्मा
> कम्पनी र मेडिकल
> स्कूलमा सकारात्मक
> पद्धतिबाट अध्ययन शुरु
> गरे । व्यवस्थापनमा
> प्रसंसनीय
> दृष्टिकोण व्यवस्थापनलाई
> प्रसंसनीय
> दृष्टिकोणबाट हेर्न र
> त्यसैबारे खोजी गर्न
> डेभिडले पूर्णरुपमा
> थाले । औद्योगिक
> क्षेत्रमा, उद्योग
> व्यवसायमा, व्यवशायिक
> प्रतिष्ठानहरुमा के के
> राम्रा कुरा छन् भनेर
> प्रश्नावली तयार गरे
> ! प्रत्येक
> उद्यमका सबल कुरा के के
> हुन् ? सफलताका
> कथाहरु के के छन् ? व्यवसायका
> उज्याला पाटाहरु के के
> हुन् ? सकारात्मक
> पक्षहरु के के होलान्
> ?
> गर्व गर्न
> लायकका कुराहरु के के
> छन् ? आफ्ना
> क्षमताहरु के के छन्
> ?
> त्यसमा
> बढोत्तरी कसरी गर्न
> सकिन्छ ? ती सफलताहरु
> कसरी हासिल भए ? यी र यस्तै
> प्रश्नावली लिएर उनी
> धेरै प्रतिष्ठानहरुमा
> गए । सकारात्मक
> प्रश्नहरु लिएर जाँदा
> त्यसले त्यहाँका
> कर्मचारीहरुलाई
> प्रफुल बनाएको पाइयो ।
> खुसी उत्पन्न भयो । हिजो यो
> खत्तम्, त्यो खत्तम्
> भन्नेहरु नै यो
> राम्रो, त्यो राम्रो
> भन्न थाले ।
> विद्यार्थी÷अनुसन्धाता र
> अध्ययनका
> रेस्पोन्डेण्ड÷उत्तरदाताहरुले
> प्रफुल्लता, खुसी र
> सकारात्मक उर्जा
> प्राप्त भएको अनुभव गरे
> । प्रश्न सोध्ने र जवाफ
> दिने दुबैलाई परिवर्तन
> भएको अनुभव भयो । सबैले
> जताततै सकारात्मक
> कुराहरु देख्न थाले ।
> यसले व्यवस्थापनको
> अध्ययन अनुसन्धानमा
> नयाँ अबधारणा सिर्जना
> गर्यो ।
> डेभिडको यो
> शोधले विद्यावारिधि
> प्राप्त गर्यो । सन् १९८६ मा
> बुझाइएको डेभिड
> कुपरराईडरको पीएचडी
> थेसिसले ब्यवस्थापनमा
> नयाँ आयामहरु खोल्यो ।
> नयाँ कुरा शुरुवात भयो
> । सफलता, सकारात्मक र
> उज्याला पाटाहरु देखिन
> थाले । ब्यवस्थापनलाई
> नवीन उर्जा प्राप्त
> भएको अनुभव भयो । आफ्नो
> यही सकारात्मक सोधखोज
> (एप्रिसेटिभ
> इन्क्वाइरी)लाई
> डेभिडले मात्रै
> संसारभर फैलाइरहन परेन
> । यो अभियानले
> विश्वभर व्यवशायिक
> संगठन, व्यापारीक
> प्रतिष्ठानहरुमा
> यसअघि कल्पनै नगरिएको
> सकारात्मक प्रभाव
> देखाइरहेकोछ । त्यसैले
> विश्वभर यो अबधारणा
> मौलाइरहेको छ । यो
> फस्टाउँदो छ । फूलको
> आँखामा फूलै संसार
> ! उद्योग
> व्यापार–व्यवसायबाट
> शुरुभएको सकारात्मक
> सोचको अवधारणा अहिले
> कृषि, वातावरण, पत्रकारिता, विकास, पर्यटन, पर्यावरण, शैक्षिक एवं
> प्राज्ञिक
> क्षेत्रहरुमा समेत
> मौलाइरहेको छ ।
> सकारात्मक सोच अहिले
> विश्वभर नयाँ र
> अनिवार्य तत्व
> बनिरहेको छ । हरेक
> विषयमा यसको खोजी हुन
> थालेको छ । ऋषिमूनिहरु र
> गौतम बुद्धको
> प्रवद्र्धन डेभिडको
> अवधारणा कुन दर्शनमा
> आधारीत छ ? अब कसैलाई
> भ्रम छैन । यो पूर्विय
> दर्शनमा आधारीत
> मान्यता हो । हाम्रा
> ऋषिमूनिहरुका
> प्रत्येक ऋचाहरुमा
> सकारात्मक सोच
> पाइन्छन् । पूर्वीय
> जीवनपद्धतिमा, हरेकका
> घर–ब्यवहार, परिवार–समाजमा यस्ता
> थुप्रै उदाहरण छन् ।
> जसलाई सफलताले डो¥याएको छ । महात्मा गौतम
> बुद्धले प्रवद्र्धन
> गरेको ज्ञान सकारात्मक
> सोचमा आधारित छ ।
> पूर्वीय
> दर्शनको गुदी नै
> सकारात्मक सोचौं हो ।
> हजारौं वर्षदेखि
> भनिदैछ, जे
> सोच्छौ, त्यहि बोलौं ।
> जे बोल्छौं, त्यही
> व्यवहार गरौं । यो नै
> सकारात्मक सोच र व्यहार
> पद्धतिको सुन्दरतम
> पक्ष हो । नेपालमा
> सकारात्मक सोच नेपालमा सन्
> १९९५ देखि विकासे
> संघसंस्थाले डेभिड
> कुपरले विकास गरेको
> सकारात्मक सोच
> पद्धतिबाट अभ्यास
> भैरहेको बताइन्छ ।
> तिनले आफ्ना वार्षिक
> योजना तर्जुमा गर्दा
> अनुगमन तथा मूल्याङ्कन
> गर्दा मानवश्रोत
> व्यवस्थापन तथा क्षमता
> अभिवृद्धि गर्नका लागि
> यो अवधारणा अनुसार
> अभ्यास गरेको दावी
> गर्छन् । यो पद्धतिको
> प्रवद्र्धन गर्ने
> थुप्रै संस्था र
> व्यावसायीहरु पनि
> देखिएका छन् । रवि
> प्रधान, बुद्धि
> तामाङ्ग, चण्डि
> चापागाई, गणपति
> ओझा, धु्रव
> आचार्य, चेतनाथ
> कडेल, रामचन्द्र
> लामिछाने, सहदेव
> महत, छिङ्गलाम्हु
> शेर्पा, रुपेन्द्र
> महर्जन, रामबहादुर
> राउत चर्चामा आएका
> सकारात्मक शोचका
> अभियन्ता मानिन्छन्
> । पूर्वीय
> दर्शनमा आधारित भएर पनि
> यो पद्धतिले हाम्रो
> समाजमा व्यापकता पाउन
> सकेको छैन । यस
> अभियानका एक प्रशिक्षक
> डा.धु्रवप्रसाद आचार्य
> भन्छन्, सधैं अरुको
> नकारात्मक
> टिकाटिप्पणी गर्ने
> हाम्रो समाज र संस्कृति
> भएकोले एकै पटक
> सकारात्मक खोज्ने, अभ्यास गर्ने
> र व्यवहार गर्न गाहो
> हुने रहेछ । हामी
> सकारात्मक सोचको
> महत्ववारे गफ त गर्न
> सक्छौ तर सकारात्मकको
> प्रवद्र्धन गर्न
> स्वयम्ले कत्तिको
> अभ्यास गर्न सकेका छौ
> ? डा आचार्यले
> आफैंमाथि प्रश्न गर्दै
> भने, यसको जवाफमा
> प्रश्न वाचक चिन्ह खडा
> छ । उनले अझै अगाडि
> थपे–कुनै नेता
> कहिँ गयो भने उसले
> समस्या के छ भनेर
> तपाईलाई सोध्छ ? त्यो अभ्यास
> भैरहेको समाजको
> पछिल्लो उदाहरण
> स्थानीय तह चुनावको मत
> परिणाम हेरे नै काफी
> हुन्छ । छापा माध्यम
> हेर्नुस्, चिया पसलमा
> सुन्नुहोस् ! फलानाले
> जित्यो । फलानाले
> हा¥यो । फलानो नगर
> फलानो पार्टिको
> कब्जामा । फलानो पार्टी
> स्वाहा…आदि ईत्यादि ।
> मेरो बिचारमा
> निर्वाचनमा हार जीत
> कब्जा केही होईन ।
> त्यहाँ त एक पार्टीको
> एक जना प्रतिनिधिको
> पक्षमा सोहि पदका अरु
> प्रतिनिधिहरुको भन्दा
> केही भोट बढि आएकोले
> मात्र उ निर्वाचित भएको
> हो । अरु
> उम्मेदवारहरुको केही
> कम मत आएको मात्र न हो
> । यो विश्वकप
> फुटबल होईन नि, जित्दा
> शिल्ड–नगद पुरस्कार
> पाउने र हार्दा केही
> नपाउने । लोकसेवाको
> जाँच पनि होईन यो
> जीन्दगीभरलाई जागीर
> पाउने । यो त विशुद्ध
> जनताको प्रतिनिधिको
> रुपमा उत्तरदायी र
> जवाफदेहि हुने हो ।
> त्यो पनि निश्चित
> अवधिको लागि
> स्वयम्सेवीको रुपमा
> । विजयोत्सव, भोज–भतेर गर्ने
> संस्कृतिले कसरी
> सकारात्मकता मौलाउँछ
> ?
> तपाई आफैं
> सोच्नोस् । व्यबशायिक
> संगठन हेर्नुस् ।
> व्युरोक्रेसी
> हेर्नुस् ग्राहक वा
> सेवाग्राहिको
> सन्तुष्टि नै सफलताको
> कडि हो भनेर व्यवहार
> गर्ने कति छन् ? व्यवहारमा
> रुपान्तरण सकारात्मक
> सोधखोजको चर्चा गर्दा
> सधैं आउने प्रश्न
> हो, यसलाई
> ब्यवहारमा कसरी
> रुपान्तरण गर्ने ? यसको अभ्यास
> हामी व्यक्तिगत तहमा
> गर्न सक्छौं ? घर परिवारमा
> पनि गर्न सक्छौं ? कामगर्ने
> संगठन वा संस्थामा समेत
> गर्न सक्छौं ? राजनीतिक
> संगठनमा यसको प्रयोग
> गर्न सकिन्छ ? व्यापार–व्यावसायमा
> हुन सक्छ ? कर्मचारीतन्त्रमा
> गर्न सकिन्छ ? यसका लागि
> आधारभूत मान्यताप्रति
> अटुट विश्वास र
> व्यवहारमा उतार्ने
> अभ्यास जरुरी हुन्छ
> । अर्का
> अभियन्ता बुद्धि
> तामाङ्ग जसले बाह्र
> वर्ष अघि आफ्नो
> स्नाकोत्तरको थेसिस नै
> यही पद्धतिको प्रयोग
> गरेर लेखे । उनी
> भन्छन्, सकारात्मक
> दृष्टिकोण हाम्रो
> आफ्नै जीवन पद्धति
> हो । तर अभ्यास भने कम
> भईरहेको छ । प्रवद्र्धन
> गर्ने संस्कृति हामीले
> नै बनाउँने हो ।
> व्यक्ति परिवार, संगठन र समाज
> रुपान्तरण लर्तरो काम
> हुँदै होइन । एउटा
> घोषणा गरेपछि आफैं हुने
> होइन । यो त अभ्यास
> गर्दै जाँदा अगाडि
> बढिने हो । भनौंन, तामांगले
> भने, म स्वस्थ
> छु, अझै स्वस्थ
> रहन के गर्नु पर्छ ? अभ्यास !
> अभ्यासबीना सकारात्मक
> सोचको संस्कृति
> फष्टाउन सक्दैन । अबधारणाको
> अभ्यास सकारात्मक
> सोच अभ्यास गर्नेहरु
> भन्छन्, चार ‘डि’ को मोडलबाट
> अभ्यास ग¥यो भने आफूमा
> सकारात्मक प्रवृत्ति
> विकास हुनथाल्छ । ‘डिस्कभरि’ अर्थात सफलता
> पहिल्याऔं ! यसका लागि
> सफलताका कथा खोजौं ।
> सफल भएका क्षण र सफलता
> प्राप्त हुनाका
> कारणहरुबारे जानौं ।
> आफ्ना सबल पक्षहरु
> हेरौं ।
> ‘ड्रिम’ अर्थात सपना
> देखौं ! आगामी दिनमा
> आफूले प्राप्त गर्न
> खोजेको लक्ष्य
> निर्धारण गरौं ।
> ‘डिजाईन’ अर्थात योजना
> तयार गरौं ! कसरी लक्ष्य
> प्राप्तगर्न सकिन्छ
> कार्ययोजना तयार गरौं
> ।
> ‘डेलिभरी’ अर्थात
> कार्यान्वयन गरौं !
> आफ्नो क्षमता जे विषयमा
> छ,
> त्यसैलाई
> अगाडि बढाऔं ।
> तुलनात्मक क्षमता
> हेरौं । सोहि आधारमा
> लक्ष्य निर्धारण गरौं ।
> त्यसलाई प्राप्तगर्ने
> मार्ग तयार गरौं । जे
> तयार गार्यों त्यसको
> कार्यान्ययन गरौं ।
> व्यक्ति, परिवार, संगठन वा
> संस्थाको योजना
> तर्जुमा तथा
> कार्यान्वयन गर्ने सरल
> विधिको रुपमा यसको
> प्रयोग गर्न सकिन्छ
> । सकारात्मक
> अभ्यास
> पहिलो चरणमा
> स्थानीय तह निर्वाचन
> सम्पन्न भएको कास्की
> जिल्लाको रुपा
> गाँउपालिकालाई नमूना
> गाउँपालिका बनाउन
> प्रसंसनीय सोधखोज
> पद्धति अबलम्बन गरी
> योजना तर्जुमा गर्न
> लागिएकोे छ । सहजीकरणमा
> संलग्न अभियन्ता
> डा.गणपति ओझा भन्छन्
> –अबको विकास
> गालि गलौज, असहमति, विरोध, विमति र
> असहयोगले चल्नेवाला
> छैन । सहकार्य र
> सहभागिताबाट नै
> गणतन्त्रमा घर, परिवार, समाज, गाउँ, नगरमा विकास
> अभ्यास शुरुगर्ने
> प्रारंभको रुपमा रुपा
> गाउँको विकास योजना
> आफ्नो घर, आफैं बनाऔं
> अभियान शुरु भएको छ
> । रुपा गाउका
> प्रत्येक घरका सबल
> पक्ष, सफलताका
> कथाहरु लिएर व्यबशायिक
> योजना वनाउन लागेका छौं
> । यो नै नेपालको
> सकारात्मक सोचको
> आधारमा बन्ने पहिलो
> स्थानीय तहको नमूना
> योजना र कार्यक्रम हो
> ।
>