2 views
Skip to first unread message

swayambar singhlama

unread,
Nov 28, 2011, 11:42:32 PM11/28/11
to Dipak Jadit

धेरै लामो समय पछि एउटा गजलग्रुपमा टाँसेको छु  । गजलको परिधी भित्र अटे वा अटेन समुहका स्रस्टा मित्रहरु बाट प्रतिकृयाको अपेक्षा गर्दछु । 

गजल

आँगनमा लटरम्म फलेको आरुको डाली थियो  

आँगन बिचको किलोमा बाँधेको गाई माली थियो  

 

ढुङ्गा र माटोले बनेको चिटिक्क परेको सानो घर

रातो र सेतो माटोले पोतेको अनि खरको पाली थियो  

 

घर भरि रोगी बालबालिका रोई कराई रहेका थिए

दलान भरि छरिएका सुली र जुठो थाली थियो  

 

खनियो बोटमा ठड्याई राखेको पुरानो हलो र जुवा

भाँचेको सोईला, हलोमा खिया परेको फाली थियो

 

मेलापातमा खाजा ल्याउने उन्को एउटी पाहुना थिई

उन्ले ल्याएको खाजा बिसाउने बारिको आलि थियो

 

उनी हेर्दा सलक्क परेकी जीउ वान्की परेकी थिई

अनुहार चाँही मेरो श्रीमती भन्दा नि काली थियो  

 

तिमी सँग मैले चिनाएको थिएँ मेरो श्रीमती भनि

वास्तबमा उनी श्रीमती नभएर दाईको साली थियो ।


-स्वयम्बर

Reply all
Reply to author
Forward
0 new messages