हार्दिक निमन्त्रणा

3 views
Skip to first unread message

ghanendra ojha

unread,
Aug 30, 2011, 10:45:38 AM8/30/11
to Ghazalgroup
नेपाली गजलको विकास, विस्तार र परिष्कारको लागि कृयाशील संस्था अनाममण्डलीले प्रदान गर्दै आएको 'मोतीराम-सेतुराम गजल पुरस्कार' यस वर्ष संगीततर्फ युवासंगीतकार गैरे सुरेशलाई प्रदान गरिने भएको छ । यसरी नै उत्कृष्ट गजलकृतिको पुरस्कार पोखराका गजलकार आवाज शर्माको गजलकृति 'परीका कथा' ले प्राप्त गरेको छ ।
पुरस्कारको राशि हरेक विधामा ३\३ हजार रहेको छ । यही भदौ १६ गते शुक्रबार दिउँसो ३: ०० बजे बाल्मिकि विद्यापीठमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिने छ।
साथै कार्यक्रममा प्रवासमा रहनुभएका सर्जकहरू निराजन प्रभात लुइँटेल, फणिन्द्र गिरी शान्त र सन्तोष सिटौलाको संयुक्त गजलसङ्ग्रह 'परिवेश चिहाउँदा' र बहराइनमा रहनुभएका सर्जक तीर्थ यात्री पौडेलको गजलकृति 'माटो दुख्छ'को विमोचन तथा अन्तर्क्रिया पनि हुनेछ । उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण गजलअनुरागीलाई हार्दिक आमन्त्रण गरिन्छ ।
घनेन्द्र ओझा
अध्यक्ष
अनाममण्डली
Reply all
Reply to author
Forward
0 new messages