डा. घनश्याम परिश्रमी (मधुपर्क २०६६ असार)

11 views
Skip to first unread message

Kumar Simkhada

unread,
Jul 4, 2009, 12:44:03 AM7/4/09
to nepali...@googlegroups.com

हिँड्नु हुन्न त्यै पुरानो चालले अब
फेर्नुपर्छ काँचुली नेपालले अब ।

अस्मिता यो भूमिको अस्तित्व राष्ट्रको
बेच्न नपाओस् कुनै दलालले अब ।

पीर होस् कि हर्ष सँगै भोग्नुपर्दछ
तराई, पहाड र हिमालले अब ।

सुन्नु सुन्यौँ भाटका सङ्गीतका धुन
बज्नुपर्छ नयाँ सुर-तालले अब ।

हामी लक्ष्य भेट्न हिँड्यौँ वेगले भने
रोक्न कहाँ सक्छ र पर्खालले अब ।

मधुपर्क २०६६ असार

http://www.majheri.com/?q=node/2491


मधुपर्क २०६६ असार अंकका रचनाहरू
http://www.majheri.com/?q=taxonomy/term/1361

ghayal sri

unread,
Jul 17, 2011, 7:33:13 AM7/17/11
to nepali...@googlegroups.com
     गजल 
-घायलश्री पर्वत
पूर्णिमाको जून पनि तिमीसग हार्छ ।
अकबरी सून पनि तिमीसग हार्छ ।
लठ्याउने जादुरुपी मोहनी त्यो बोलिमा
सारंगीको धुन पनि तिमीसग हार्छ ।
तिम्रो अंग अंग हरुमा कबिता गीत गजल भेट्दा
देबकोटाको गुन पनि तिमीसग हार्छ ।
तिम्रो यादले कुटु-कुटु खादा मेरो कोमल मुटु
भकारीको घून पनि तिमीसग हार्छ ।
त्यो ब्यन्जन के ब्यन्जन तिम्रो अनुपस्थितिमा
तरकारीको नून पनि तिमीसग हार्छ ।
ghay...@yahoo.com
ghayalsri.jpg
Reply all
Reply to author
Forward
0 new messages