| अनाममन्डलीले यही भदौ ४,५ र ६ गते १४४ औ मोतीराम जयन्ती सम्पन्न गरेको छ । ४ गते रश्मि असफलको गजलसङ् ग्रह 'तिम्रो बगानभित्र' को विमोचन गर्यो भने ५ गते २५ जना गजलकारहरूको सभागितामा समस्यापूर्ति गजललेखन सम्पन्न गरेको छ । भदौ ६ गते अनाममन्डलीको स्मारिका प्रकाशन,ज्ञानु विद्रोहीको गजलसङ् ग्रह 'त्रास आफन्तको' तथा बहरबद्ध गजलहरूको सम्युक्त सङ्ग्रह 'गजलमाला' को विमोचन गरेको छ । सोही दिन 'बिशेष गजलगायन' पनि सम्पन्न भएको छ । |
Thanx Basanta jee, Haami tapaai sabai nepaali saahityapremiharu milera kehi nayaa naulo kaam garna sake haamro prayaas saarthak hunthyo, Ke kaso garna sakin6a? Sarsallaaha garau ra kehi nayaa kaam garau na !
|
I m ready to share with your view Dhanedra ji.
|
Ghanendra ji hunu parne maa anyathaa huna gaye chha, maaf garidinu hola.
|
हे मानव सत्य खोज
बसन्त मोहन अधिकारी यूएइ चितवन
जीवन र जगतको उतम उपहार यो मानव जीवन हो । परिर्वतनशिल यो जीवन हरेकसंग छ । सबै जन्मन्छन्, हुर्कन्छन् र एक दिन मर्दछन् । मानव, रुखपात, हाति र कमिला सबैसंग यस्तै जीवन छ । सबैमा उस्तै र एकै यो प्राण रुपि स्वास रहेको छ । यस जगतका सृष्टिकर्ता परमप्रभुले कसैमाथी अन्याय गर्नु भएको छैन । हेर त न्यायगत समानतामा सबैलाई उहि र उस्तै अदृृष्य प्राण रुपि स्वास सानो देखी ठुलो सम्म बराबर अशमा प्रदान गर्नु भएको छ । आजका हामी तमाम मानव पनि यहि समानता र अधिकारका कुरा गर्छर्ाार यसैको अप्राप्तीमा क्रान्ति, युद्ध, हत्या हिंसा सम्म गर्र्छौ । चाहे पुरुष हौ या नारी हुन् सबैमा भगवानले उस्तै र उतिकै उहि प्राण रुपि स्वास समान रुपमा प्रदान गर्नु भएको छ । साथै तमाम गरिव र धनी मानवहरुमा पनि परमप्रभु स्वास उतिकै मात्रामा विराजमा हुनु हुन्छ । यसैले धनि, गरिव, नारी, पुरुष, किरा, जनवार, पन्छि सबैलाई जिवन्त रुप दिने परम प्रभुलाई नकसैले देख्छ । नकसैले बाड्न सक्छ । तर सबै चराचर जगतले जिवन रहे सम्म समान रुपमा चाहेर र नचाहेर पनि ग्रहण गरिरहेकै हुन्छ । उहि यो समान अंशको स्वास रहे सम्म रहने हामी अरुकै अधिनका क्षणिक जीवन धारी मानव कदापी ठुलो सानो र उच्च निच हुनै सक्दैनौ । जव हामी स्वयमले आफ्नो अधिनमा यो जीवन उत्पती गर्न, चलाउन र अन्य गर्न सकौला तव मात्र उच्च र महान अनि सानो र ठुलो भन्न मिल्छ । यो हाम्रो जीवन अरु कसैले स्वयम हामीलाई नसोधीकन लिएर आएको छ र केहि दिन परिक्षामा राखेर नसोधीकन लिएर जान्छ भने यो दर्ुइ दिन अरुले प्रदान गरेको जीवनमा हामी मानव के को घमण्ड गरिरहेका छौ - न यो हाम्रो हो न अमर रहन्छ । न हामीले कमाएको धन भोली साथमा लान सकिन्छ । हामीसंगै जाने त हामीले गरेका धर्म र पापहरु हुन् । जुन कार्यका साक्षि स्वयम हाम्रो आफैसंग भएको पबित्र आत्मा हो ।
यसलाई चिन्नु नचिन्नु आ आफ्नो खोजीमा निर्भर पर्छ । यसै प्राण स्वरुप मानव जिवनमा भगवानले उमेरको क्रमिकतासंगै चैतन्य स्वरुप चेतना पनि प्रदान गर्दै रहनु हुन्छ । जुन अरु चराचर उत्पतिमा प्रदान गरिएको छैन । यसैले यस चराचर जगतको उतम प्राणि मानव हुन पुगेको हो । जुन कुरा प्राण रुपी मानवसंग आत्मा स्वरुप भएर बसेको छ । जुन आत्माले हाम्रो शरिर सुतेँ पनि, जागाँ बसे पनि हर राम्रा नराम्रा र घटित कार्य टिपीरहेको हुन्छ । हामी निदाएको बेलामा हाम्रै आँखाले नदेखे पनि र अरुको आँखा छले पनि हामी स्वयम भित्रको आफ्नो आत्मा कहिल्यै ढाँट्न र छल्न सक्दैनौ । जस्तो कि हामी निदाएको बेलामा पनि राम्रोसंग सुते नसुतेको र सपनामा देखेको कुरा समेत भोली पल्ट हामीलाई जागाँ अवश्थामा त्यहि मानव आत्माले बताई दिन्छ । ल हेर त हामी मानव सुते पनि एक अदृष्य शक्ति जिवीत जिव हामीसंग रहेछ । यसैले त उसले हामी सुते पनि सबै देखेको र जानेको छ । भोली पल्ट हरेक बिहान रात भरि सुतेको, नसुतेको र सपनाको कुराहरु बताई रहेछ । यस्तै हामी आफु चोखो देखीन अरुले नदेखेका कयौ कुराहरु होइन भनि भन्छौ तर आफ्नै आत्माले स्वयम हामीलाई भन्छ तैले फलानालाई ढाटिस् । हो यहि फलानालाई ढाटिस् भन्ने र गलत गरिस् भन्ने नै स्वयम मानव भित्रको जिव नै भगवान स्वरुप पबित्र आत्मा हो । तर आजका मानव आफ्नो शरिरको मनमा उब्जीएको लोभ, मोह, घमण्डर्,र् इष्र्या, डाहा, र वासनामा तिप्त भै स्वयमको त्यो राम्रो नराम्रो छुट्याउने पबित्र आत्मासंग नसोधीकन क्षणिक सुख भोग्ने लालसामा अनेकौ अपबित्र कार्यहरु गर्छन । तर हरेक मानव यस्ता कार्य गरिसके पछि पछुताएर भन्छन् धत् मैले गर्न नहुने कार्य गरे । बेक्कार गरेछु भन्छन् । जति बेला धेरै ढिलो भैसकेको हुन्छ । आफ्नो क्षणिक स्वार्थ पुर्तीसंगै अरुलाई रुवाई रहेको हुन्छ । मानव सधै यहि नेर चुक्छ । यहि मानव मन र आत्मामा फरक छ । यो मानव मनले राम्रो नराम्रो जे पनि चिताउँछ र क्षणिक सुख भोग भन्छ तर आत्माले सत्य असत्य बताएर प्रेम र विश्वासमा मानव जीवन र जगतकै भलो हुने कार्य गर भन्छ । हरेक मानवलाई उसको आत्माले राम्रो नराम्रो सबै बताई दिन्छ तर र्सवप्रथम उँ आत्मालाई नसोधी उतमता हुने र क्षणिक सुख भोग्ने कार्य गर्छ र पछि पछुताउँछ । स्वयम आफु भित्रको आत्मालाई मानवले सोध्दैनन् मात्र यो मनबाट उब्जीएको साथै इन्द्रियहरु र जनेन्द्रीयहरुको माग अनुसार क्षणिक सुख भोग्न आतुर हुन्छ । जब भोग्छ तब अनि मैले पाप गरे, गल्ती गरे अब अरुले देखे र थाहा पाए भने बर्बाद हुन्छ भन्दै आफ्नो खोक्रो उतमता राख्न त्यहि पाप छोप्न अरु पाप कार्य गर्छ । भनिन्छ नि एक पाप छोप्न सय पाप गर्नु पर्छ र सय पाप छोप्न हज्जार पाप गर्नु पर्छ । आजको यस रोदन र दुखद पुर्ण जीवनको कारक तत्व यहि आचरणका मानवको बाहुल्यता हो । यो भ्रष्टचार, बलत्कार, हत्या हिंसा र युद्ध आजका यहि आचरण भएका मानवले निर्माण गरेका हुन् । शुरुमा मानव स्वयम खराब हुदैन । यहाँका वातावरणको शिक्षा र सगतले प्रभाव पारेको हुन्छ । आजका मानव यहि क्षणिक सुख भोग्न र उच्च देखिन यस वातावरणको शिक्षामा दौडीरहेकाछन् । जसको प्राप्ति पश्चताप हो । परिणाम एक दिन यो सुख शान्ति रुपि घरको अन्त्य हुनेछ । जस्तो कि आज कयौ घर र जीवन बर्बाद र बिखण्डन भैरहेकाछन् । डाक्टर स्वयम भन्दैछन् नब्बे प्रतिशत मानवमा धेरै थोरै डिर्पेशन छ । यो सबै गलत सोचाई र आचरणबाट प्राप्त हुने मानसिक रोग हो । आज यस मानवले स्वयमलाई नराम्रो संगतमा फसाएर स्वयमको असल सुखमय पबित्र आत्मा रुवाएको छ । यहि बिकशीत स्वरुपले संसार बिनासको पल लीएर आउँने छ । आज यहाँ भएका तमामा बिर्कीती यहि मानवले भित्राएको हो । स्वयम हामी मानव आफ्नो प्रेम र विश्वासको पबित्र आत्मा छाडेर रिस, इष्र्या डाह लोभ मोह घमण्ड ,वासनामा लिप्त भैरहेका छौ जसको प्रतिफल यो दुःख, पिडा र आत्मा असन्तुष्टि हो । यसैले तमाम मानव कतै दृष्यमा त कतै अदृष्यमा रोईरहेकाछन् । यो पवित्र आत्मा यो शरिरको अन्त्य भए पनि सधै यस संसारमा रहि रहन्छ तर त्यो कुरा मानवले आफ्नो अन्तिमपलमा मात्र थाह पाउँछ । त्यसैले अबका शिक्षितवर्गले यो शभ्य सभ्यतामा यस पबित्र आत्मालाई अगाल्न र चिन्न सकेकमा सुनमा सुगन्ध हुने थियो । यहि अज्ञानताको कारण आज तमामा मानव भौतारिएकाछन् । आजका मानव यहि भौतिक शरिरको मात्र शिक्षित छन् तर पबित्र आत्माको सत्यता नचिन्दा स्वयम छटपटीमा बाँच्दै अरुलाई रुवाई रहेकाछन् ।
हेर यो शरिर र मन अनि सुन चाँदी धन अरुको हुन सक्छ तर प्रेम र विश्वासको पबित्र आत्मा कहिल्यै कसैको हुन सक्दैन । जुन निराकार छ । अटल छ र अमर छ । यसैले त भनिन्छ नि चोखो प्रेम र विश्वास अमर हुन्छ भनेर । आज जति पनि दुःख पिडाहरु उत्पति भएकाछन् त्यसको कारक तत्व त यहि अप्रेम र अविश्वास नै हो । ब्यtmिको घमण्ड, इष्र्या, डाह, लोभ र मोह हो । हिजो जड्गलमा बस्ने यो मानव आज शहरमा बसेको छ । हिजो गिठा भ्याकुर खाने मानव आज डिनर डिस्को गरिरहेको छ । हिजो नागैं हिड्ने यहि मानव आज फेशन फेशनका कपडा लगाएको छ । हिजो खाली खुट्टा जगलमा हिड्ने यहि मानव आज पजेरो र जहाजमा घुमेको छ तर पनि खै त उँ खुसि भएको - संसारमा आत्मिय प्रेम र विश्वास भन्दा सुख र ठुलो अरु केहि छैन । यो मानव शरिर र धन सम्पती त आज आयो भोली जानेछ । यहि माटोमा वा धर्तीमा रहने छ । अटल र अमर त यो पबित्र मानव आत्मा हो जो हामी मानव मरे पनि उ कहिल्यै मर्दैन । यसैले त हामी मानव मरे पछि फलानोको लास भनिन्छ । फलानो भनिदैन । ल भन्नुुस त फलानो को रहेछ त - हो त्यो पबित्र प्राण स्वरुपसंग रहने आत्मा नै तिमी मानव हो । जुन हाम्रो शरीर ढले पछि पनि यहि हावामा विराजमान हुन्छ । यो मानव आत्माले सधै सत्य बाटो देखाउँछ । यसैले त जसले मानव आत्मा रुवाउँछ उसले दुःख पाउँछ ।
यो हिन्दु, मुस्लिम, क्रिश्चियन र बौद्धीष्ट धर्म होइनन् । मानव कल्याण गर्छु भन्ने जमातहरु हुन् । धर्म त एकै यो मानव कल्याण हो । यसैले त मानवका असत्य र पाप बोली, बचन र कार्य कहिल्यै टिक्दैनन् । साथै यो निर्जीव स्वरुप मन्दिर, मस्दिज, चर्च र गुम्वामा भगवान छैनन् । कृष्ण, राम, ऐशु, महोमद वा बुद्धहरु भगवान होइनन् । उनिहरु भित्र भएको एकै स्वरुप यो पबित्र आत्मा नै भगवान हो । जसलाई उनिहरुले चिन्न र जान्न सकेँ । भगवान एकै हुन्छ र भगवान त तिमी हामी मानवको पवित्र आत्मामा बास गरेको छ । यदि मठ मन्दिरमा भगवान हुन्थे भने यो मानवले यत्रो बिधी पुजा गरेर पैसा चढाएको छ खै त भगवानले दर्शन दिएका - खै त असल र सत्य कुरा सिकाएका - झन झन मानवलाई पिडा बढेको छ । धन सम्पति भएर पनि मानव कुनै न कुनै दुःखमा परेर रोई रहेको छ । यसैले आफु र यस जगतलाई भलो गर्न अनि सुख शान्ति दिन चाहन्छौ भने स्वयम आफु भित्रको रहेको भगवान खोज । जुन भगवान स्वरुपले मानवको प्राणमा रहेर आत्मा बन्दै हर मानवलाई सत्य असत्य, राम्रो नराम्रो बताई रहेको छ । हरपल हरक्षण स्वयम मानवले गरेको राम्रा नराम्रा कार्यको साक्षि बसिरहेको छ । सोध आफैसंग आत्माले कहिल्यै झुट बोल्दैन । यहि सत्यवादी हामी निदाएको बेलामा पनि जिवीत रहने जिव यो पबित्र मानव आत्मा नै इश्वर हो । जुन आत्माबाट सधै प्रेम र विश्वासको सृजना हुन्छ । यो संसारको दुःखबाट छुट्नु छ भने स्वयम आफु भित्रको सत्य खोज तर दुःख भनेको दैनिक खान र बाँच्नको लागि गरिने कार्य साथै मानव भएर निभाउँनु पर्ने कतर्ब्य चाहि होइन । दुःख भनेको धन सम्पति भएर पनि मानव आत्मा असन्तुष्टि र आजको रुवाई हो । यो रुवाई र पिडा अन्त्य गर्न स्वयम भित्रको सत्य खोज । सत्य खोज । सत्य खोज ।
समाप्त
वसन्तजी,
एउटा भनाई छ, कुनै पनि कुरा अनुत्कृष्ट हुँदैन, केवल right place र right time चाहिन्छ प्रस्तुतिको लागि ।
अस्ति म एउटा धार्मिक सत्संगमा accidentally पुगेको थिएँ । त्यो श्रोताको लागि हो भने तपाईको लेख बडो उत्कृष्ट हुने थियो ।
तर यो पर्यो गजल-सभा । त्यसमाथि शायरहरु स्वभावैले अनास्थावादी, अराजक र eccentric हुन्छन् । शायरको दृष्टिमा त परमेश्वर त ultimate अन्यायी, क्रुर र सन्काहा पात्र पो हुन्छ त । त्यसैले यो लेख गलत स्थानमा पर्यो है ।
दीपक