मृयु एकमात्र सास्वत सत्य हो तर पनि दुखि बनाउछ यसले !

7 views
Skip to first unread message

Gyanendra Gadal

unread,
Dec 27, 2012, 7:45:19 PM12/27/12
to Gyanendra Gadal


मृयु एकमात्र सास्वत सत्य हो तर पनि दुखि बनाउछ यसले 
  • ज्ञानेन्द्र गदाल
           यसपालिको White Christmas को चिसोले वास्तवमा मलाई सतायो, करिब Minus मै पुगेको अनापेक्षित चिसोले घांटी दुख्ने, टाउको भारि हुने, जिउ करकर खाने र ज्वरो आउने समेत भएर २५ तारिक बेलुकी देखिने सताईएं म यसपाली |  सितिमिति साधारण बिमारका लागि औषधि नखाने मलाई 500MG को एउटा Tylenol खाएपछि मात्रै सुत्न सकें हिजो राति, औषधिको तोडले होला आज बिहान उठ्दा करिब ७:४० भएछ | 
           बिमारीले झर्को लागेर राति फोन Switch off गरेर सुतेकोथिएं, बिहान उठेर On गर्नासाथ ७:५० बजे पहिलो घन्टी बज्यो, यसो हेरें screen मा 'Sharad Acharya' देखा परे, फोन उठाएँ | एकाबिहानै call आएकोमा केहि आश्चर्य लागेता पनि उनि मेरा अभिन्न (अनौपचारिक) मित्र हुनाले सधैं झैं कुराको शुरुवात गरें | शरदको स्वर आज अलि धीमा थियो, अलि दबेको जस्तो थियो, कताकता उसको मनले सान्त्वना खोजेको आभास भयो मलाई, तैपनि उसको र मेरो बीच सधैं हुने कुराकानी, ठट्टा-मजाकको आधारमा र बिहानको समयमा फोनमा उसको आवाज स्वाभाविक नै ठान्यो मेरो मनले | कुनै अप्रिय घटनाको अड्कल काट्न पटक्कै सकिन त्यसबेला |   
उसको आवाज केहि अवरुद्ध पनि थियो, एकदुई दिन अघि हामीबीच भएको कुराकानीलाई नै आधार मानेर मेरो तर्फबाट मात्रै कुरो अघि बढ्दै गयो | बर्तमान सन्दर्भ बाहिरको रहेछ, मेरो एकोहोरो कुराले उनलाई पनि दिक्क पार्यो होला, वास्तविक कुरै खोल्न नसकी फोन राखिदिए पछि कुरा गर्ने शर्तमा | 
बाथरूम मै बसेको बेला I-phone मा FB हेरें, भाई मनोज तुलाधरको wall मा Funeral का लागि Invite गरेको कुरा देखें, त्यसमा पनि खुलस्त नभएकाले अड्कल काटिएन मेरो मनमा, जसको भएपनि उपस्थिति जनाउने इरादा सम्म लिएँ | पछि लगत्तै ९:०० बजे तिर एकजना मित्र (सागर रेग्मी) संग फोनमा कुरा हुँदा पो थाहा भयो कि शरदको पिताजी (मोहन आचार्य) बित्नुभएछ, मनमनै सोचें वहांको स्वर्गारोहण भयो | 
           सागरजीसंगको फोन-बार्ता सकिनासाथ अब मलाई छटपटी हुन थाल्यो, साथीको बुवाको मृत्युको खबरले पिरोलिनु त छदैछ, त्योभन्दा पनि एउटा आत्मियताको घेराभित्र राखेर आफूमाथि परेको दुखद खबर आफैले सुनाउन खोज्दा पनि परिस्थितिवस सुनाउन नपाउदा शरदलाई कस्तो अनुभव भयो होला भन्ने कल्पनाले मलाई पिरोल्न थाल्यो | यसको स्पष्टिकरणका लागि तुरुन्तै शरदलाई फोन गरें, फोन उठेन | दुखद घटनाको निम्ति गहिरो दुख व्यक्त गर्दै बिहान फोनमा ४९ seconds सम्म मेरो मात्रै कुरा अघि बढेकोले उनको कुरा सुन्न नपाएकोप्रति क्षमा समेत मागेर Voice-massage छोडिदिएँ | प्रतक्ष कुराकानी गरेर स्पष्ट हुन नपाएकोमा बेचैन चाहिं भै नै रहेको थियो, नभन्दै केहीछिनमा शरदको फोन आयो, सबै खुलस्त कुराकानी भयो | समाज, सम्बन्ध, मित्रता भनेको नै यहि हो, उनलाई परेको पीडाको केहि अंश मैले पनि बाँडीलिएँ | 
           शरदको पिताजी स्व.मोहन आचार्य व्यक्तिगत रुपमा मैले ज्यादै आदर र सम्मान गरेको व्यक्ति हुनुहुन्थ्यो, मैले गरेको सम्मान र आदरलाई वहांले कहिले पनि हल्का हुन दिनु भएन, मलाई पनि त्यति नै माया र आदर प्रदान गर्नुभयो मेरो कोलोराडो बसाइको दौरानमा | धर्म-शास्त्र, बेद-बेदान्तका ज्ञाता मानिने वहाँले मसंगको हरेक भेटमा दिनुभएको नितीज्ञान, धार्मिक आचरण र सामाजिक भाइचाराको बारेमा प्रबचन मेरो मष्तिष्कमा ताजै छ र प्रेरणाको रुपमा सधैं रहनेछ मभित्र | "धार्मिक आचरणले आदर्श समाजको निर्माणमा बल पुर्याउछ" भन्ने वहांको भनाइ म सधैं सम्झिरहनेछु जुन हरेकले आफ्नो जीवनमा आत्मसात गर्न लायकको पनि छ | 
जन्मपछि मृत्यु सास्वत छ, बाँचुन्जेल आफुले गरेको कर्म र आचरणको प्रतिफल नै हो हरेक मानिसलाई जीवनपर्यन्त अदृश्यरुपमा प्राप्ति हुने | आफ्नो जीवनकालमा गरेका राम्रा-नराम्रा कामहरुकै आधारमा यो संसारले आफ्नो अनुपस्थितिमा सम्झना गर्ने हो | अशल तरिकाले सम्झने ठाउँ राखेको छ भने हामीले भन्ने गरेको "स्वर्ग" मा ठाउँ पाउला मृत्युपछिको आत्माले, अन्यथा यसको बिपरित नै होला |  
          श्रद्धेय मोहन आचार्यको बारेमा मेरो मुल्यांकन अघि नै भनि सकें र मलाई बिश्वास छ वहाँ नजिक रहेका म जस्ता सबैको वहांप्रतिको अनुभव समान हुनुपर्छ | त्यसैले वहांको कर्मको आधारमा नै मैले माथि यो वाक्य "शरदको पिताजी (मोहन आचार्य) बित्नुभएछ, मनमनै सोचें, वहांको स्वर्गारोहण भयो" वहांको निम्ति अर्पण गरिसकेको छु | 
सास्वत नै भएपनि यो अत्यन्तै दुखद घटनाबाट मर्माहत सबै प्रति हार्दिक समबेदना व्यक्त गर्दछु | 


 

 

Reply all
Reply to author
Forward
0 new messages