आदरणीय दाजु भाइ तथा दिदीबहिनीहरु
१५ बर्ष बितेछ कोलोराडो बसाइको | जीवन बाँच्नको लागि जागिर र जीवन बचाउनका लागि साहित्यिक एवं सामाजिक सेवा पेशाको रुपमा रह्यो मेरो जीवनमा | जीवन बचाउँने पेशा (साहित्यिक एवं सामाजिक सेवा) लाई यथावत जीवन्त राख्तै जीवन बाच्ने पेशा बदल्ने निर्णय अनुरुप जागिरबाट व्यवसाय (Business) को शुरुवात गर्ने निर्णय गरें |
जस अनुरुप तपाईंहरु सबैलाई प्राय थाहा भएको "सात्विक फूड (SATVIK FOOD)" Grocery store यहि महिनाको शुरुदेखि मैले संचालन गर्न थालें | हामी सबैको घर-घरमा आवश्यक सम्पूर्ण खाद्य सामग्री, जडिबुटी, नेपाली गर-गहना, पूजा-बिवाह आदिमा आवश्यक सामग्रीहरु प्राप्त हुने पशल हो यो | व्यवसाय सफलताको लागि यहाँहरु सबैको सहयोग र प्रेरणादायी ब्यबहारको अपेक्षा गरेको छु | मैले शुरु गरेदेखि पहिलो चोटी पाल्नुहुने ग्राहक महानुभावहरुलाई प्रथम चोटी १०% छुट दिने प्रण गरेको छु | धन्यवाद |
तपाईंहरुकै,
ज्ञानेन्द्र गदाल
सात्विक फूड किराना पसल
2720 S. Havana St., Suite E&F, Aurora, CO 80014