You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to ndfo...@googlegroups.com
भारतमा मोदी सरकार गठन संगै नेपालमा धेरै ठुलो बैचारिक आंकलन/बहस शुरु भएको जस्तो लाग्छ | कसैले हिन्दु राज्यको स्थापना, कसैले राजाको पुनरागमन त कसैले कुनै खास दल बढि शक्तिशाली हुने इत्यादि | मेरो एउटै प्रश्न के छ भने मोदीले नेपालको लागि आफ्नो जनताबाट टाढिने कार्य गर्ला? उदाहरण स्वरुप नेपालको जनसंख्या भन्दा निकै बढि भएको मुस्लिम भारतीय नागरिकलाइ रिझाउन सट्टा नेपाललाइ हिन्दु राज्य बनाउन त्यत्रो समय र शक्ति किन खेर फाल्ने होला उहाँले? एउटा कुरा तर्फ ध्यानाकर्षण गराउन चाहन्छु कि भारतको कर्मचारी तन्त्र पुर्ब निर्धारित नीतिमा निर्मित संस्थागत संरचना अनुसार कार्य गर्छ र साधारणतया त्यसमा राजनैतिक हस्तक्षेप शुन्य प्रायः हुने गर्छ | भारतीय नीति अनुसार कुनै पनि अर्को देशमा कुनै धार्मिक कृयाकलापमा उ सलग्न हुँदैन | जनकपुरमा पनि एउटा धर्मशालाको निर्माण भयो तर भारतीय सरकार द्वारा होइन कि तिरुपति गुठि बाट भएको हो | हो त्यसको लागि आवशयक बातावरणको निर्माणमा अप्रत्यक्ष रुपले सहयोग गरिदिनु भिन्दै कुरा हो | त्यसर्थ हामीले के खोजेका छौं त्यसको लागि हामीले मात्र पूर्ण विवेक का साथ क्रियाशिल हुनु पर्छ | अरुले गरदेला भनेर सोच्नु बेकारको कुरा हो | अरुले गर्दिए पनि त्यो चाहि कहिले पनि दिगो हुँदैन त्यसमा पनि प्रस्ट हुनुपर्दछ |