प्रथम युवा कृषि उद्यम सम्मलेनको आह्वान

8 views
Skip to first unread message

Lok Awasthi

unread,
May 22, 2016, 3:18:30 AM5/22/16
to agroyouth.co...@gmail.com, Prabhat Koirala, Pradeep Bhattarai, Pradip Khatiwada, Pratistha Koirala, Puran Manjul, Raaj-yes Man, Rabi Raj Rimal, Rajesh Maharjan, rajkumar pathak, Ram Nepali, reeshas...@gmail.com, renuka sibastian. punks, Sachet Gurung, Sagar Ghimire, Salina Acharya, samali_...@yahoo.com, Sanjaya Khadka, Sanjog Thakuri, sanu dangi, Saroj Baniya, Saroj Giree, Satyendra Yadav, Shahid Ali, Shyam Nepal, sibjan chaulagain, SOCIETY FOR CLIMATE CHANGE STUDY NEPAL SFCCSN, sriya...@yahoo.com, Subin Mulmi, Subita Pradhan, SUDARSHAN CHAUDHARY, Suresh Karki, Sushil Darnal, tiger...@yahoo.com, tilo...@ayon.org, uprety_...@yahoo.com, Uttam Niraula, Vidya Sagar Pandey, Yuwa Bikash, yuwalaya hami, अबिरल कार्की नेपाली, नन्द बहादुर ऐडी एन.बी चैथांग, शीतल साहित्य, YouthAdvocacy Nepal, Bhola Bhattarai, laxmi niraula, Brabim Kumar K.C, Brabim Kumar K.C, Ghanashyam Khadka, Krishna Gautam, kri...@insec.org.np, Krishna Gahatraj, Asmita Khadka, Yogi Kayastha, Kshiteez K Himalaya, Arjun Dahal, bpbe...@gmail.com, mission-n...@googlegroups.com, Nepal Good Neighbors, Propublic, Subodh Raj Pyakurel, Subodh Raj Pyakurel, Dr. Vrigu Rishi Duwadi, Bhawana Bhatta, Bhawani Prasad Kharel, Manoj Rai, shobita rishal, Diwakar Aryal, Pitambar Bhandari, Dipesh Ghimire, Chiranjibi Bhattarai, Raman Bhattarai, dependra DC -cls, Rajendra Mulmi, Narendra Sitaula, Shyam Charan Mochi, Tribhuwan B.C., Neelam Adhikari, Neelam Paneru, Needs Education, Kamal Subedi, in...@ngofederation.org, decos...@gmail.com, FECOFUN DANG, fecofunrapticc, Khagendra Bhandari, COCAP, r...@rrn.org.np, c...@childnepal.org, Youth Initiative - cls, youth...@ntc.net.np
फोर एच नेपाल सरोकारवाला निकायसँगको सहकार्य, साझेदारी तथा समन्वयमा २०७३ असार २० र २१ गतेसम्म नेपालमा पहिलो पटक प्रथम युवा कृषि उद्यम सम्मेलन–२०७३ आयोजना गर्न लागेकोले सम्मेलनको आयोजक तथा साँझेदारको रुपमा रही सहकार्य गरिदिन हुन हर्दिक अनुरोध गरिन्छ । सम्मेलनमा देशभरीबाट लगभग १ सय ५० जना युवा कृषक तथा कृषि व्यवसायी सहभागी हुनेछन् ।

सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलन पूर्वसन्ध्यामा राष्ट्रिय कृषि नीति बहस कार्यशाला आयोजना गरिनेछ । युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणलाई युवामैत्री बनाउन राष्ट्रिय बहस चलाउनका लागि प्रथम युवा कृषि उद्यम सम्मलेन २०७३ आयोजना गर्न लागिएको हो  ।

दुई दिने सम्मेलनको पहिलो दिन Farming Therapy  (कृषि मनोविमर्श) अन्तरगत युवालाई कृषिप्रति  उत्प्रेरणा र सकारात्मक सन्देश दिने कार्यक्रम हुनेछ । र, खुला शत्रमा युवा कृषि अनुभव आदान तथा वृतचित्र प्रर्दशन  गरिनेछ । दोस्रो दिन युवा र कृषिसँग प्रत्यक्ष सरोकार राख्ने १० ओटा फरक फरक विषयमा समानान्तर कार्यशाला आयोजना हुनेछन् । सम्मेलनमा सहभागी, विज्ञ, व्यवसायी तथा सरोकारवाला निकायबीच अनुभव, ज्ञान, सीप तथा प्रविधिको आदान प्रदान हुनेछ । र, युवा कृषक संजालको स्थापना हुनेछ । सहभागी सबैले आफ्नो कृषि योजना पेश गर्ने छन् । र युवा कृषि उद्यम घोषण पत्र जारी हुनेछ । र, आगामी पैरबीका लागि कृषि युवा नेटवर्कको १ वर्ष कार्ययोजना सार्वजानिक गरिनेछ । 

राष्ट्रिय बहस तथा योजना नीति तथा कार्यक्रमसँगै अनुभव आदान प्रदान मार्फत सम्मेलनमा चार प्रश्नको उत्तर खोजी तथा समाधानका उपाय खोज्ने प्रयास गरिनेछ ।  
१. कसरी युवालाई गाउँमै कमाउने र रमाउने बनाउन सकिन्छ ?
२. कृषिलाई सम्मानित पेशा र उद्योगको रुपमा कसरी विकास गर्न सकिन्छ ?
३. युवालाई कृषिमा कसरी आर्कर्षित गर्न सकिन्छ ?
४. युवा पुस्तालाई सामाजिक उद्यमी कसरी बनाउन सकिन्छ ......???

सहभागी छनौट प्रकृया
७५ ओटै जिल्लाबाट १६ देखि ४० वर्ष सम्मका कृषिमा संलग्न तथा कृषिमा संलग्न इच्छुक युवाहरु मध्येबाट  १५० जनालाई प्रतिस्प्रर्धाको आधारमा छनौट गरिनेछ ।  सहभागी छनौट गर्दा एक जिल्लाबाट कम्तिमा एक जना पर्ने गरी छनौट गरिनेछ ।  ५० जना कृषि उद्यमीलाई उद्यमको प्रकृति तथा व्यवसायको आधारमा छनौट गरिनेछ । सहभागी छनौटका लागि कृषक तथा युवाहरु व्यवसाय, योजना तथा कार्यक्रमको बारेमा विस्तृत विवरण खुल्ने गरि फारम भरिनेछ । प्रत्येक आवदेकले आफूले गर्ने कृषि योजना तथा कार्यक्रमहरुको बारेमा विस्तृत विवरण उल्लेख गर्नु पर्नेछ । 

सहकार्य तथा साँझेदारीका लागि आह्वान
युवा कृषि उद्यम सम्मेलनमा सहकार्य, साझेदारी र आयोजक तथा सह आयोजक गरी सम्मेलनमा  हातेमालो गर्न चाहाने संस्था, कम्पनी, उद्यमी, व्यवसायी, कृषक, सहकारी, बैंक, अन्तर्राष्ट्रिय गैरसकारी संस्था, दातृ निकाय तथा सम्पूर्ण सरोकारवाला सबैलाई यस राष्ट्रिय अभियानमा हार्दिक आमन्त्रण तथा स्वागत गर्दछौं । 
सम्पर्कका लागि 
सहकार्य, साँझेदारी तथा सम्वनयका लागि 
लोकराज अवस्थी ९८४१४१४५४९

आवेदन फारम तथा सहभागिता सम्बन्धी जानकारीका लागि
फोर एच नेपाल 
अनामनगर, काठमाडौं 
९८६०९७९४८२



कृपया, आवेदन फारमका लागि संलग्न गरिएको फाइल खोल्नु होला । फोनबाट पनि आवेदन फारम भर्न सकिने व्यवस्था गरिएको छ । 

कृपया यो  जानककारी तपाईको नेटवर्क भित्र शेयर गरी दिनु होला 

Best Regards 
Lok Raj Awasthi
Coordinator - Organizer Committee  
The 1st Youth Agriculture Entrepreneurship Conference 2016
प्रथम युवा कृषि उद्यम सम्मेलन_आवेदन फारम.doc
Reply all
Reply to author
Forward
0 new messages