आबेदन आब्हान: राष्ट्रिय महिला युवा सम्मेलन २०७१

2 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
Jul 30, 2014, 9:04:33 AM7/30/14
to nyfn-national-committee, nyfn-l...@googlegroups.com, mnn-media, democraticmedia, Neelam Paneru, mission-n...@googlegroups.com, GoodGoverance Youth, Suman Parajuli, NepalO...@yahoogroups.com, Program Officer(COCAP), youthm...@yahoogroups.com, un...@yahoogroups.com, unyouthfo...@yahoogroups.com

सन्दर्भः अन्तर्राष्ट्रिय युवा दिवस

राष्ट्रिय महिला युवा सम्मेलन २०७१

Nepal Female Youth Conference - 2014

Empowered Participation of Female Youth…

 श्रावण २२ देखि २४, २०७१ काठमाण्डौ

August 7th – 9th, 2014, Kathmandu

 सहभागिताको लागि आब्हान

Call for Participation

 

राष्ट्रिय युवा महासंघ नेपाल (NYFN) देशभर छरिएर रहेका युवा, युवा समुह/क्लव र संघ-संस्थाहरुको छाता संस्था हो । युवा संस्था तथा युवाहरुको प्रतिनिधित्व, पहुाच, सहभागिता, क्षमता बृद्धि, मानवअधिकार, लोकतन्त्र, दिगो विकास र शान्ति प्रक्रिया लगाएतका क्षेत्रमा महासंघ क्रियाशिल रहेको छ । १२८ युवा संस्थाहरु र स्थानिय तहमा ७००० युवाहरु सदस्य रहेको महासंघको ७२ जिल्लामा संजाल रहेको छ । गाविस र नगरपालिकाहरुमा समेत युवा समुहहरु गठन भइरहेका छन् ।

 

राष्ट्रिय युवा नीति २०६६ले युवालाई राज्यको नीति निर्माण देखि निर्णयतहसम्म सहभागि गराउने र नेतृत्व लिन सक्ने सक्षम युवा तयार गर्ने परिकल्पना गरेको छ । महिलाको पनि बराबर सहभागिता, अवसर बााडफााड र क्षमता विकासमा राज्यका नीतिहरु प्रष्ट देखिन्छ । संविधानसभा देखि स्थानियतहसम्म महिलाको प्रतिनिधित्वका पहल र आवाजहरु उठिरहेका छन् । तर सर्वत्र महिलाको प्रतिनिधित्व, सहभागिता र उपस्थिति न्यून रहेको छ । आगामी दशकमा मुलुकभर महिलाको उत्तिकै उपस्थितिको परिकल्पना गरी महिला युवामा लगानी बढाउनु पर्ने सोचका र उद्देश्यका साथ विभिन्न सरकारी, गैरसरकारी तथा राष्ट्रसंघिय निकायहरुसंगको सहकार्यमा महासंघले श्रावण २२ देखि २४२०७१ सम्म काठमाण्डौमा राष्ट्रिय महिला युवा सम्मेलन-२०७१ आयोजना गर्दैछ । 

 

सम्मेलनमा सहभागि हुन इच्छुक १६ देखि २९ बर्ष उमेर समुहका ७५वटै जिल्लाका महिला युवाहरुले २०७१ श्रावण १८ गते भित्र इमेल/ˆयाक्स मार्फत महासंघमा आइपुग्ने गरी संलग्न ढांचामा आबेदन पठाउनु हुन अनुरोध गरिन्छ । समावेशीकरणका आधारमा १५० जना सहभागी छनौट गरिने छ । विपन्न समुदायका सहभागिहरुको लागि यातायात र आवासको ब्यवस्था गरिनेछ ।

 

नोटः  

) कन्फरेन्स सुल्क (Full Conference fee Rs. 5000)   बुझाउन सक्षम सहभागिले सिधै महासंघमा सम्पर्क गर्नुहोला ।

) छनौट भएका आवेदकले प्रतिबद्धता शुल्क रु. ५००।- बुझाउनु पर्नेछ । सिमित संख्यामा छात्रवृत्ति पनि उपलब्ध छ ।

) छनौट उमेद्वारलाई आबेदन प्राप्त भएको तेस्रो दिन वा २०७१ श्रावण १९ गते भित्र जानकारी दिइने छ ।

) सहभागि र प्रतिनिधि पठाउन चाहने संस्थाहरुले कन्फरेन्स सुल्क बुझाएर पठाउन सक्नेछन् ।



Best regards,

-------- 

National Youth Federation Nepal (NYFN)

राष्ट्रिय युवा महासंघ नेपाल (निफन)

 

18 Sahayogmarg, Anamnagar-32, Kathmandu, Nepal
Phone/Fax: +977-01-4102900,
Web: www.nyfn.org.np, Email: kabi...@nyfn.org.np

http://www.linkedin.com/pub/kabindra-burlakoti/39/a94/4a6

www.facebook.com/kabindra99, https://twitter.com/kabindra99

www.facebook.com/nyfn100 (National Youth Federation Nepal)

म जन्मेको सार्थक बनाउने छु - www.facebook.com/beinghumanmovement

Active Citizens - www.facebook.com/activecitizens99

नयाँ-नेपाल-अभियान - www.facebook.com/missionnayanepal

Appliciation Form-NFYC 2014.doc
Reply all
Reply to author
Forward
0 new messages