विपदको घडीमा साथ दिऔं
भुकम्प प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, गोरखा, धादिङ र रसुवा लगाएतका जिल्लामा विद्यालयका अस्थाई टहराहरु निर्माण गर्ने, गरिव बस्तीहरुको अस्थाई बास निर्माण गर्ने, खानेपानी, स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने, मनोविमर्श सेवाहरु दिन इच्छुक युवाहरुलाई महासंघमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
राष्ट्रिय युवा महासंघ नेपाल (निफन)
अनामनगर, काठमाण्डौ
फोनः ०१४१०२९००, इमेलः in...@nyfn.org.np
नोटः
१. स्वयंसेवकलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयसंगको समन्वयमा सरकारी पहिचान भएको
परिचय पत्र (२ प्रति फोटो आवश्यक) र स्वयंसेवा गरिसके पश्चात सरकारी पहिचान भएको प्रमाणपत्र (नागरिकता वा उमेर खुल्ने कुनै प्रमाण आवश्यक) प्रदान गरिने छ ।
२. स्वयंसेवक युवाहरुलाई १ दिने अभिमुखिकरणका साथै खटिएको समयमा खाना र बासको ब्यवस्था गरिने छ ।
३. स्थानिय प्रशासन संगको समन्वयमा स्वयंसेवा हुने भएकोले स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिइने छ ।
४. स्वयंसेवकले चाहेको सिमित दिनका लागि मात्र स्वयंसेवा गराइने छ ।
५. घरबाट संबन्धित स्थानमा आउन जान यातायातको लागि सहयोग/समन्वय गरिने छ ।
७२ जिल्लामा संजाल विस्तार भएको राष्ट्रिय युवा महासंघ नेपाल (निफन) युवा संस्था र ब्यक्ति दुबै सदस्य हुनसक्ने कानुनी ब्यवस्था भएको एक मात्र छाता संस्था हो । हाल सम्म सयौ स्वयंवक परिचालन गरी राहत र निर्माणको कार्य गरिहेको छ । यसले अन्य युवा संस्था, संजाल र महासंघ, निजी क्षेत्र, स्थानीय संस्थाहरुसंग समन्वय गरेर काम गरिरहेको छ र विभिन्न जिल्लाका स्थानीय संस्थासंगको साझेदारीमा ६००० अस्थाई आवासको कार्य प्रारम्भ गरेको छ ।
समुहमा स्वंसेवक हुन चाहने युवाहरुले निम्नानुसारको विवरण संकलन गरी इमेलमा पठाउन अनुरोध गरिन्छ ।
क्र.सं. नाम, ठेगाना, उमेर, रक्त समुह, शैक्षिक योग्यता, मोवाइल नं., इमेल, कार्यअनुभवको क्षेत्र, स्वयंसेवा गर्न चाहेको अवधि र स्वयंसेवा गर्न चाहेको जिल्ला (सम्भव भए जिल्ला, गाविस, वडा, टोल उल्लेख गर्नुहोस ।)
स्वयंसेवा गर्न संस्थाले जहां खटाए पनि हुने खालका स्वयंसेवकले "संस्थाको आवश्यकता अनुसार" लेख्नु होला ।
स्वयंसेवकहरु आवश्यक हुने परिवार वा स्थानीय संस्थाहरुले सम्पर्क गरी स्वयंसेवकहरु झिकाउन सक्नेछन् ।
Best regards,
--------
Kabindra Burlakoti
President, National Youth Federation
Nepal (NYFN)
अध्यक्ष, राष्ट्रिय युवा महासंघ नेपाल (निफन)
18 Sahayogmarg,
Anamnagar-32, Kathmandu, Nepal
Phone/Fax: +977-01-4102900, Cell: +977 9841305099
Web: www.nyfn.org.np, Email: kabi...@nyfn.org.np
https://www.linkedin.com/in/kabindra99
www.facebook.com/kabindra99, https://twitter.com/kabindra99
www.facebook.com/nyfn100 (National Youth Federation Nepal)
म जन्मेको सार्थक बनाउने छु - www.facebook.com/beinghumanmovement
Active Citizens - www.facebook.com/activecitizens99
4-H Nepal- www.facebook.com/4HNepal
नयाँ-नेपाल-अभियान - www.facebook.com/missionnayanepal