अन्तर्राष्ट्रिय युवा दिवस २०१४को अवसरमा शुभकामना
Greetings on
the occasion of International Youth Day 2014
काठमाण्डौ, नेपाल | Kathmandu, Nepal
युवा साथीहरु, युवाले नेतृत्व गरेका संस्था र सदस्य साथीहरु, युवाका क्षेत्रमा क्रियाशिल संघसंस्था तथा व्यक्तित्वहरु,
युवा तथा खेलकुद मन्त्री, मन्त्रालय परिवार र सरकारी निकायका युवा सम्पर्क विन्दुहरु र संयुक्त राष्ट्रसंघका युवा हेर्ने अधिकारी ।
राष्ट्रसंघले सन् २००० देखि विश्वस्तरमा युवा दिवस मनाउने निर्णय गरेको र नेपालमा सन् २००४ देखि दिवसलाई देखिने गरी मनाउन थाालिएको सर्वविदितै छ । दिवस मनाउने तर्फ निरंकुस सरकारलाई छाडेर युवा संस्थाहरुले छुट्टै युवा दिवसका कार्यक्रमहरु पनि गरीएको थियो । खुसीको खबर, यस बर्ष सरकार, सामाजिक क्षेत्रका युवा संघसंस्था र राजनैतिक दलका युवा भातृसंगठन सहित सबैले एकै मञ्चमा दिवसका मुख्य गतिविधिहरु आयोजना गरेर मनाइंदै छ । यसै अवसरमा राष्ट्रिय युवा महासंघ नेपाल (निफन)को तर्फबाट म सबै क्षेत्र, बर्ग, लिंग, जातजाति, भाषा-धर्मका स्वदेश तथा विदेशमा रहेका सबै नेपाली युवाहरु तथा अन्य मित्रराष्ट्रका युवाहरुलाई शारिरीक, मानसिक र सामाजिक रुपमा स्वस्थ युवाले खेल्नु पर्ने भूमिकाको लागि हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
युवा परिवर्तनका संवाहक हुन र यो उमेर समुह नै आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले सक्रिय उमेर समुहमा पर्दछ । राष्ट्रसंघले यसै यथार्थलाई मनन गरि विकासोन्मुख मुलुकहरुले युवासंगको साझेदारीमा आफ्नो मुलुकको चुनौतिको सामना गर्नु पर्ने र विकसित मुलुकहरुले पनि युवाको सृजनात्मक भूमिका खोज्नु पर्ने कुरा औल्याएको छ । सन् २००७मा राष्ट्रसंघका महासचिवले युवाहरु नै परिवर्तनका मुल श्रोत रहेको र त्यसको उपयोग गर्नका लागि सदस्य राष्ट्रहरुलाई आब्हान गर्नुभएको थियो ।
नेपालमा युवासंग साझेदारीको अवधारणाले मूर्तरुप पाइसकेको छैन् । अझै पनि युवाहरु परिचालनका श्रोत हुन, उनीहरुलाई जीवन निर्बाहका उपायहरु दिनुपर्दछ, युवाहरुको करीअरको लागि मौका दिनु पर्दछ र युवाहरुलाई सामाजिक रुपमा पनि केही अवसरहरु सृजना गर्नुपर्दछ भन्ने मात्र कुराहरु बहसमा रहेको छ । बल प्रयोगमा संलग्न युवाहरु अगाडी देखिने तर आफ्नो पेशा, ब्यावसाय र क्षेत्रमा योगदान पुर्याउने युवाहरुलाई समाज र सरकारले ध्यान दिन सकेको छैन् । विशेषतः हाम्रो समाज र सरकार युवाको सन्दर्भमा परम्परागत सोचबाट ग्रस्त छ ।
यस बर्षको युवा दिवसको नारा "मानसिक स्वास्थ्यले महत्व राख्दछ" (Mental Health Matters) रहेको छ । यो नारा "युवा र मानसिक स्वास्थ्य" (Youth and Mental Health) विषयमा आधारीत छ । यसै सन्दर्भमा समृद्धिका लागि मानसिक रुपमा स्वस्थ युवा भन्ने नेपाली नारा पनि तय गरिएको छ । नेपाल सरकार, कर्मचारी, दलका नेता र कार्यकर्ता, समाजका सदस्यहरु र सबै युवाहरुमा मानसिक स्वस्थता रह्यो भने मात्र समृद्ध समाज निर्माण हुन सक्छ । सरकारले युवाहरुलाई उपयुक्त लगानी र अवसरहरु सृजना गर्नु पर्दछ र युवाहरुलाई कम आाकलन पनि गर्न हुादैन् । र संगै युवाहरुले पनि त्यो लगानीको प्रतिफल स्वरुप समाज र मुलुकलाई योगदान पुर्याउने छन् । यहि शुभेक्षा अर्पण गर्दै र सकारात्मक प्रयासका लागि सबैलाई आब्हान गर्न चाहन्छु ।
धन्यवाद ।
कविन्द्र बुर्लाकोटी
Best
regards,