नागरिक–मतदाता राष्ट्रिय समिति नेपाल Citizens-Voters' National Committee Nepal संघिय ब्यवस्था अनुसारको अधिकार सम्पन्न गाउँपालिका र नगरपालिकाहरुलाई नागरिकमुखि, उत्तरदायि, जिम्मेवार, जवाफदेहि र पारदर्शि बनाउन आवश्यक सहयोग र खबरदारी गर्ने नागरिक समाज हो । स्थानीय निकायहरुको गतिविधिहरुको लेखाजोखा गरी नियमित रुपमा अनुगमन र मुल्यांकन गर्ने माथिल्लो निकाय गठन भई सकेको छैन र प्रदेश सरकारको गठन पश्चात पनि नियमित अनुगमन र मुल्यांकनको ब्यवस्था ठिक ढंगले नहुन सक्छ । यस्तो अवस्थामा स्थानीय निकायबाट हुन सक्ने सम्भाब्य अख्तियार दुरुपयोग, भ्रष्ट्राचार, ढिलासुस्ति, असन्तुलित विकास एवं ब्यवहार र अन्यायहरुलाई स्थानिय स्तरमा न्यूनिकरणको लागि निगरानी र जनवकालत गर्न, गाउँपालिका र नगरपालिकाहरुमा नागरिक–मतदाता समिति गठन गरी कार्य गरिने छ ।
गाउँपालिका र नगरपालिकामा रहेका नागरिक–मतदाताहरु मध्येबाट गाउँ÷नगर स्तरीय कम्तिमा ७ सदस्यीय समिति गठन गर्ने र त्यसलाई राष्ट्रिय समितिमा आवद्ध गराई बलियो नागरिक संजाल मार्फत यसले कार्य गर्दछ । एउटा प्रदेशमा ७ भन्दा बढी समितिहरु गठन भए पश्चात प्रदेश समिति समेत गठन गर्दै संघिय संरचनामा नागरिक समाजको भुमिका प्रभावकारी बनाउन प्रयास गरिएको छ ।
अधिकार सम्पन्न निकायहरुले अधिकारको दुरुपयोग गरे भने कसले कठघरामा ल्याउँछ भन्ने आम चासोको विषय रहेको छ । यो या त्यो पार्टिले जिते पनि काम राम्रो हुन्छ भन्नेमा शंका नै रहेको छ तर नागरिक समाजले चलाखिपूर्वक निगरानी र खबरदारी गर्न सकेमा धेरैहद सम्म राम्रो काम गर्न सघाउ पुग्ने छ । त्यसैले आजै आफ्नो गाउँ÷नगरपालिकामा नागरिक–मतदाता समिति गठन गरी उमेदवारहरुलाई जानकारी गराउनुहोस् र हामीलाई पनि सुचित गर्नुहुन अनुरोध गर्दछौं । बलियो नागरिक समाज बनाउन सहयोग र संलग्न होऔं ।