NGO को प्रेस विज्ञप्ती

5 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
May 20, 2021, 4:28:13 AM5/20/21
to mission-n...@googlegroups.com, mnn-media, GoodGoverance Youth
NGO को प्रेस विज्ञप्ती

हामी विपदमा काम गर्ने भनि खोलिएका सामाजिक संस्था (गैसस NGO) हौं । बर्षौ बर्ष देखि हामी क्रियाशिल छौं ।

अहिलेको कोरोना जस्तो विपद नत भुकम्पमा थियो, नत बाढी पैरो जाँदा थियो, नत २०७७ चैत्र बैशाखको कोरोनाको बेलामा थियो । त्यसैले गर्दा अहिलेको विपदमा हामी काम गर्न सक्ने अवस्थामा छैनौं, पहिले पनि हामीले प्रोजेक्ट भएको काम गरेका हौं । अहिले चाँहि हामीलाई खासै दाताहरुले सहयोग पनि गरेका छैनन्, प्रोजेक्ट पनि लोभलाग्दा छैनन्, केही कर्मचारी तलव, बैठक भत्ता र घरभाडा मात्र छ । मिलेर गरौं भन्ने पैसा नदिने खालका कार्यक्रम कति गर्नु? काम गर्दा हामीलाई पनि केहि हुनु पर्यो, काम गरेको जस्तो पनि हुनु पर्यो । अहिले सरकारले नै अरबौ रकम खर्च गरेको र स्थानीय प्रतिनिधिले पनि गरेका छौं भन्ने समाचार आईरहेकोले चासो दिएर काम गरिहाल्नु पनि जरुरी देखिंदैन् ।

महामारीले आक्रान्त भएकाहरु प्रति गच्छ अनुसार श्रद्धान्जली, छिटो निको हुनुहोस र सुरक्षित रहनुहोस् भन्न चाहन्छौं । अस्ती हाम्रै एक जना सदस्यको मामा कोरोनाले वित्नु भयो । हामीले त्यस बखत फेसबुकमा फोटो हालेर श्रद्धान्जली अर्पण गर्यौं । अहिले घर बाहिर जाने अवस्था छैन्, सरकारले पनि जाँन दिंदैन् । अत्यावश्यक परेर तरकारी किन्न सम्म जान सदस्यहरुलाई अपिल गर्दछु ।

कोरोना सकिए पछि हाम्रो साधारण सभा र अधिबेशन गर्ने सोच छ । सहमतिमा अहिलेकै समितिलाई अर्को कार्यकाल काम गर्न दिंउँ । यो समिति १५ बर्ष देखि अनुभवि साथीहरु हुनुहुन्छ, यस्तो महामारी चलि राख्दा अनुभवि साथीहरु भएमा प्रोजेक्ट ल्याउन पनि सजिलो हुन्छ । मेरो र साथीहरुको अहिलेको सरकारमा पनि पहुँच भएकोले आगाी दिनमा हुने राजदुत र राजनैतिक नियुक्तिमा समेत बल पुग्दछ । अधिल्लो पल्ट हाम्रा अध्यक्ष राजदुत निुयुक्ति भए, सचिवले परिषद्को सदस्य सचिव पाउनु भयो । त्यसले समितिमा पनि २ जना साथीले स्थान पाउनु भयो । त्यसैले यो महामारिमा हामी सुरक्षित रहुँ । सुरक्षित रहेन पद, प्रतिष्ठा र नियुक्ति पाइन्छ ।

हामीले एउटा डोनरलाई प्रस्ताव पेश गरेका छौं । त्यो करिव २२ करोडको छ । त्यसमा धेरै सामान खरिद छ । त्यसैले खरिदलाई छिटो गर्नका लागि यसअघिका नियम निलम्वन गरी अध्यक्षमा १५ करोड सम्मको खरिद अधिकार रहने समितिले निर्णय गरेको छ । म र महासचिवले यो प्रोजेक्टमा क कसलाई जिम्मेवारी दिने टुंगो लगाउने छौं । हामीले सबैलाई भुमिका हुने गरी ब्यवस्था मिलाउने छौं । भुमिका पाउनुहुने साथीहरुलाई महामारीको अवसरमा राम्रो पारिश्रमिक र सुरक्षा ब्यवस्था गरिने छ । जसका लागि करिव १४ करोड प्रस्ताव छ । ३ वटा सवारी साधन र कार्यालय ब्यवस्थापन गरी करिव ४ करोड, जुम बैठक र अनलाइनमा संक्रमित मोटिभेशनल कक्षाको कन्सल्ट्यान्टलाई २ करोड र कोरोना पिडितलाई राहत सामाग्रि खरिद करिव २ करोड गरि २२ करोड बजेट प्रस्ताव छ । यो प्रोजेक्ट हामीले पाएमा राम्रोसंग संचालन गर्ने संबन्धित डोनरलाई प्रतिवद्धता यसै विज्ञप्ती मार्फत गर्न चाहन्छौं ।

सरकारले आफ्नो प्रयास जारी राखेको छ र केहि कमजोरी भएमा सरकारको कत्ति आलोचना गर्नुहोला । सरकारलाई हौसला दिन वा क्या गजव, बधाई छ, शुभकामना, हामी साथमा छौं, अगाडी बढ्नुस, जस्ता प्रतिक्रिया दिन र बुईमा बोक्न सदस्यहरुलाई अनुरोध गर्दछौं ।

महामारीको बेला सुरक्षित रहौं, घर मै बसौं ।
धन्यवाद ।

भटुरे
अध्यक्ष
हाम्रो नेपाल सामाजिक संस्था
(यो एक काल्पनिक विज्ञप्ती हो । कहिं कतै मेल खान गएमा संयोग मात्र हुने छ । Hehe.. )
Reply all
Reply to author
Forward
0 new messages