निर्वाचन आचार संहिता उल्लंघन
स्वयं प्रधानमन्त्री र पार्टि अध्यक्षले निर्वाचन आचार संहिता नै उल्लंघन हुने गरी भोट माग्नु परेछ, त्यो पनि आफ्नै पाटिका संगठित सदस्य संग ।
अनि... स्वयं प्रधानमन्त्री र पार्टि अध्यक्षले नै मत मागि सके पछि उमेदवार बाहेक अरुले फेरी नियम उल्लंघन गरी मत नमाग्नु भएको भए जाति हुन्थ्यो ।
निर्वाचन आयोगलाई यस बारे एक्सन लिन अनुरोध छ र र निर्वाचन पर्यबेक्षणमा सक्रिय संस्था, सदस्यहरुले चाँहि विज्ञप्ती निकाल्ने हो र निकालौं । कम्तिमा सेसियल मिडियामा लेखौ, खबरदारी गरौं, कमेन्ट गरौं ।
मेरो पाटिको भनेर चुप बस्ने र गैरलोकतान्त्रिक गतिविधि बढ्दै जाँदा, एकदिन तपाईंले नै लात खाएसि उफ्रेर मात्र परिणाम आउँदैन् ।
कविन्द्र बुर्लाकोटी
नागरिक - मतदाता राष्ट्रिय समिति