युवा सहभागिताको अवसरः युवा स्वरोजगार नीति सम्बन्धि राष्ट्रिय कार्यशाला
यहि असाढ २१ गते शनिवार विहान ८ बजे देखि दिउंसो १२:३० बजे सम्म काठमाण्डौमा आयोजना हुने "प्रभावकारी युवा स्वरोजगार नीतिः आजको आवश्यकता" विषयक राष्ट्रिय कार्यशालामा सहभागि हुन इच्छुक युवा साथीहरुले असाढ २० गते शुक्रबार बेलुका ४ बजे भित्र आफ्नो सम्पर्क नम्बर र इमेल सहित www.facebook.com/nyfn100 को कमेन्ट वक्समा "प्रभावकारी युवा स्वरोजगार" सम्बन्धि आफ्नो विचार ३० देखि ५० शब्दमा राख्न सक्नु हुने छ । विचारहरु सोही पेजको मेसेज वक्समा पनि पठाउन सकिने छ ।
यस प्रक्रियाबाट बढीमा १० जना युवाहरुलाई सहभागि हुने अवसर प्रदान गरिने छ ।
कार्यक्रम राष्ट्रिय युवा महासंघ नेपाल(निफन)ले युवा तथा साना ब्यावसायी स्वरोजगार कोष संगको सहकार्यमा आयोजना गर्न लागेको हो ।
कार्यक्रममा रोजगार विज्ञले २ वटा कार्यपत्र प्रस्तुत गर्ने र पूर्व अर्थ मन्त्री, अर्थसचिव तथा रोजगार विज्ञहरुले टिप्पणी र सुझाब दिने कार्यक्रम रहेको छ ।
प्रक्रिया पुरा गर्ने १० युवा मित्रहरुलाई इमेल वा फेसबुकबाट कार्यक्रम स्थल खुलेको निमन्त्रणा पठाइने छ ।
धन्यवाद ।