सात दिन भित्र दुई पटक प्रधानमन्त्री नियुक्ती हुने इतिहास रच्न लाग्नु भएकोमा हार्दिक
बधाई
छ सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू ।
हिंजो राति मात्र संसदमा बहुमत आउन नसक्ने देखियो, मार्ग प्रशस्त गर्छु भनेर मौखिक रुपमा राष्ट्रपतिलाई दफा ५ सक्रिय गराउन लगाई, आजै दिउँसो सम्पादकहरुलाई मसंग बास्तवमा ९३ जना सांसदको मात्र समर्थन रहेछ नी भन्नुभएको ३० मिनेट भित्र १५३ सांसदको समर्थन लिन सफल भै, आज २० घण्टा नवित्दै पुनः त्यहि अन्तिम दफा ५ समातेर पुनः प्रधानमन्त्रीको नियुक्ति लिने र लास्टमा विश्वासको मत लिने बेलामा विश्वासको मत पाईन भनेर संसद भंग गरि छाड्ने रणनीतिमा लाग्नु भएको र यस प्रक्रियामा मै हुँ भन्ने नेताहरुलाई लोप्पा खुवाएर लोकतन्त्रको चरम प्रयोग गर्नु भएकोमा, यहाँको नेतृत्व क्षमता, कुटिलता, छक्कापञ्जा, हुतुतु, छोडेछोडे, आयोआयो, लल, मार्ग प्रसस्त गर्ने र राष्ट्रपतिलाई कन्भिन्स गर्ने क्षमताको म फिदा नै भएँ ।
सम्पादकहरुले फोटो खिच्न नभ्याउने गरी विकास निर्माण, सिलन्यास र उद्घाटनमा गर्नु भएको छलाङ, सम्बाददाताहरुले समाचार लेख्न नभ्याउने गरी राजनीतिमा गर्नु भएको निर्णय, शक्ति र पद बाँडफाँड, राजनीतिक नियुक्ति, राजनैतिक उथलपुथल, दलका नेतालाई स्पष्टिकरण, कारवाहि, फुकुवा, अचानक विश्वासको मत, प्रेस विज्ञप्ती, भोट माग्ने, भोट नदिनेको हिसाव गर्ने, संविधान संसोधन कार्यदल, अचानक बहुमत पुग्न नसक्ने मौखिक सिफारिस, पत्रकार सम्मेलन, अचानक बहुमत जुट्ने दावी सहित प्रधानमन्त्रीमा दावी आदी आदी र वकिलले मुद्धा नै लेख्न नभ्याउने गरी संविधानका धाराहरु चलाइदिन भएको र कुन धारा ठिक छ छैन भनेर सर्बोच्च अदालतले हेर्न नभ्याउने गरी धाराहरु खोल्नुभएको देख्दा लाग्छ, ५०, ५२ साल तिरै तपाईं या जस्तै प्रधानमन्त्री भईदिएको भए, ४६मा फर्कन बेर लाग्ने रहेनछ ।
म पनि राजनीतिमा लागुँ की भन्ने लाग्न थालेको छ र त्यो पनि तपाईं कै वरीपरि रहेर राजनीति गर्न पाए अर्थ रहन्थ्यो की, चिन्दथे की?
मेरो बधाईका लामा बाक्यहरुले तपाईं प्रभावित हुनु भयो भने, देश र जनताका पक्षमा के कस्ता काम गर्ने, कस्ता विद्येयक र अध्यादेश ल्याउने, कस्ता ठाउँमा कस्ता ब्यक्ति नियुक्त गर्ने भन्ने कुराहरु सुचिमा उपलब्ध गराउने छु । यसले तपाईंलाई पाँचौ पटक प्रधानमन्त्री हुन सघाउने छ, त्यो पनि पाँच बर्ष सम्म ।
पुनः चौथो पटक प्रम हुन लाग्नु भएकोमा अग्रिम
बधाई
छ । जे भो भो अब चुनाबै मन हो भने, चुनाव चाँहि जालझेल नगरि, गर्न नदिई भनेकै समयमा गराईदिनु होला, खर्च पर्च त्यस्तै हो, जनताको कर र ऋण छँदैछ । धन्यवाद ।