म राजनीतिमा लाग्न चाहन्छु ।

6 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
May 21, 2021, 10:06:19 AM5/21/21
to mnn-media, mission-n...@googlegroups.com
म राजनीतिमा लाग्न चाहन्छु ।

यो सन्देश कमरेड ओली, नेम्वाङ., प्रदिप ज्ञ., शंकर पो. र पृथ्वी सु.गु. सम्म पुर्याईदिनु होला ।

गत १२, १५ दिनमा काठमाण्डौ र प्रदेश ४, ५ मा भएको गतिविधि हेर्दा खेरी मलाई पनि राजनीतिमा लागुँ की जस्तो लाग्न थालेको छ र त्यो पनि नेकपा एमाले, जो केपी ओलीले अध्यक्षता गर्नु भएको छ । यहाँहरुं कै वरीपरि रहेर राजनीति गर्न पाए केही अर्थ रहन्थ्यो की, केहीले राजनीति गर्छ भनेर चिन्दथे की?

अरुको राजनीति त के राजनीति, न खेल्न जान्ने, न अथ्र्याउन जान्ने, र फुटवलका पेले ले जस्तो छल्ने, कता बाट बल घुमाउने, कसलाई कहाँ राख्ने, अर्को पक्षको खेलाडीलाई कसरी लछार्ने, कुन खेलाडी कुदायो भने गोल हुन्छ भन्ने नजान्ने । फुटवल र राजनीतिमा चाँही अलिक फरक हुने रहेछ, फुटबलको नियम सबैलाई उस्तै, जहिले उस्तै । राजनीतिमा ओहोदामा हुँदा राती एक्लै गोल गर्न मिल्ने, विहान अरुलाई १० मिनेट दिने, बल खोज्दैमा १० मिनेट चैट । ओहोदामा हुँदा अध्यादेश ल्याएर नियम परिवर्तन गर्न मिल्ने, परिवर्तन भएको नियमानुसार खेलाडी ११ लाई बढाएर ११० गर्न मिल्ने । ओहोदामा हुँदा हेलिकप्टर चढ्न मिल्ने, विल खोज्नेलाई ब्यापारीको भन्न मिल्ने, त्यहि ब्यापारीलाई राजश्व अनुसन्धान लगाईदिन मिल्ने ।

अझै रेफ्रिमा आफ्नै मान्छे हुँदा जहिले भन्यो, त्यहिले सिठी बजाईदिने, रातो, पँहेलो कार्ड देखाइदिने । जे जसो गरे पनि लगभग हुने । अदालत गएर भए गरेको बदर भै हाल्यो भने अदालतको कुरा मान्छौ भन्दा भै गो । सरकारी जग्गा नै नामसारी गर्न भ्याएको भए पनि फिर्ता गर्दिए भै गो । लोकतन्त्रमा मान्छेको टाउको गन्ने मात्र होइन ६०, ७० प्रतिशत पैसा, पावरको पनि मतभार राख्ने ब्यवस्था गर्नुपर्छ अव । मलाई राजनीतिमा छिराउनु भयो भने, त्यसको वकालत गर्ने छु । विपक्षिहरु जति राम्रा सिद्धान्त र निष्ठाको राजनीति गर्ने भए पनि मेरो कलम उनै विपक्षिहरु विरुद्ध चलाउने छु ।

बहुमत पाएर एक पटक सत्तामा टेके पछि, त्यहाँ बसिरहने र नफुत्कने अनेक उपाय हुने रछन्, विपक्षिले नसोचेको समयमा राजीनामा दिने, विपक्षिले नसोचेको समयमा विश्वासको मत लिने, संसद हराएका बेला मतदान गर्ने आदी आदी । त्यसरी गर्न मेरो पनि जुक्ति बुद्धि लगाउने छु, म छिर्न पाए । अहिले सम्म त निष्ठाको राजनीति गरेर परिवार पाल्न गाहे होला भनेर अघि नबढेको हो । १२, १५ दिनमा सिक्दै छु राजनीति कसरी गर्ने, सेटिङ के हो, कहाँ हान्दा के खुस्किन्छ, कसरी दौडा दौड गराउने भनि ।

अहिले सम्म कुनै अभियोग, मुद्धा मामिला लागेको चाँहि छैन्, १,२ दिन भयो लेख्न थालेको । यहि लेखेको कारणले कसैले खुस्कायो भने भन्न सक्दिन । त्यसैले अहिले मन्त्री नै हुने योग्यता त पुग्दैन जस्तो लाग्छ, सदस्यलाई त पुग्ला । लौन, उपयुक्त समय मिलाएर रातो खादाको साथ छिर्ने ब्यवस्था मिलाईदिनुस् । मिलेर राजनीति गरौं । धन्यवाद ।
Reply all
Reply to author
Forward
0 new messages