कर्मचारी आवश्यकताः
नेपाल विकास अभियान अन्तरगतको सोह्खुट्टेमा अवस्थित एक कम्पनिको लागि निम्नानुसारको कर्मचारी आवश्यक रहेकोले इच्छुकहरुलाई आबेदनको लागि अनुरोध गरिन्छः
तलबः योग्यता, अनुभव र कार्यप्रभावकारीताका आधारमा निर्धारण गरिने छ ।
१. बजार ब्यवस्थापक – १
कम्पनिको बजार प्रबन्ध गर्न सक्ने ब्यवस्थापन संकाय, ई–कमर्श मा स्नातक गरेको, मोटरसाईकलको लाइसेन्स र सवारी साधन भएको, उमेर ३० बर्ष मुनिको जुझारु युवा आबेदकको लागि खुल्ला ।
२. वेभ डिजाइनर / IT Expert – १
अनलाईन सेवा प्रदान गर्ने कम्पनिको वेभ डिजाइन गर्न सक्ने र त्यसमा बजार प्रतिनिधिलाई तालिम दिन सक्ने, दक्षता भएको (वेभ डिजाइनिङ् / IT सम्बन्धि अध्ययन वा तालिम प्राप्त) इच्छुक आबेदकका लागि खुल्ला ।
३. बजार प्रतिनिधि (Marketing Executive) – २
अनलाइन सेवा प्रदायक कम्पनिको बजार प्रवद्र्धन गर्नका लागि मार्केटिङ्ग ÷होटल म्यानेजमेन्ट ÷ट्राभल एण्ड टुरिज्म ÷ ब्यवस्थापन संकायमा स्नातक गरेको वा अध्ययनरत, मोटरसाइकल वा स्कुटरको लाइसेन्स र सवारी साधन भएको, स्मार्ट र इच्छुक आबेदकका लागि खुल्ला । महिलालाई प्राथमिकता ।
४. कल सेन्टर अधिकृत /Call Center Officer – १
अनलाइन सेवा संचालनको लागि रहने कल सेन्टरमा ब्यावसायको विस्तृत विवरणहरुको सुचना एकिकृत गरी आउने कलरहरुलाई सो सुचना प्रदान गर्ने र ग्राहकको बुकिङ्ग लिई सेवा उपलब्ध गराउन सेवा प्रदायक कहाँ पुनः बुकिङ्ग गर्ने प्रयोजनको लागि नरम र स्पष्ट आवाज भएको, तिक्ष्ण स्मरण कला र मेहनति इच्छुक आबेदकका लागि खुल्ला । महिलालाई प्राथमिकता ।
आबेदन गर्नेः
इच्छुकले आफ्नो निबेदन, संक्षिप्त बायोडाटा र कुन पदमा आबेदन गरेको हो सो ब्यहोरा विषयमा खुलाई nepaldevel...@gmail.com मा इमेल मार्फत आबेदन दिनु पर्नेछ । पहिले आबेदन दिनेसंग अन्तरवार्ता गर्दै तत्काल छनौट सुरु गरिने छ ।