न्यायालयमा भएको/हुने भ्रष्ट्राचार सम्बन्धमा ध्यानाकर्षण ।

6 views
Skip to first unread message

Kabindra Burlakoti

unread,
Oct 19, 2014, 5:53:03 AM10/19/14
to in...@opmcm.gov.np, in...@supremecourt.gov.np, ma...@presidentofnepal.gov.np, umlp...@gmail.com, ncp...@wlink.com.np, ncp...@ntc.net.np, ucpnm...@gmail.com, akht...@ntc.net.np, Bed Prasad Bhattarai, ne...@wlink.com.np, advhk...@gmail.com, Ghanashyam Khadka, letter....@gmail.com, harithapa, ka...@kantipur.com.np, let...@kantipur.com.np, mnn-media, mission-n...@googlegroups.com, democraticmedia
२०७१ कार्तिक २
सम्माननीय प्रधानन्यायाधीशज्यू
सर्वोच्च अदालत ।

विषयः न्यायालयमा भएको/हुने भ्रष्ट्राचार सम्बन्धमा ध्यानाकर्षण ।

नेपालको न्याय ब्यवस्था/प्रणालीमा भ्रष्ट्राचार ब्याप्त छ भन्ने कुरा सुन्दै आएकोमा गत आसोज ३१मा प्रकाशित एक दैनिक पत्रिकामा प्रकाशित समाचारले त्यसको प्रमाण थप गरेको छ । 

संसदीय सुनुवाईका क्रममा सर्वोच्च अदालतका एक पूर्वन्यायाधिशलले "आफू स्थायी हुनका लागि घुस खुवाउन नसक्दा निकालिएको" र "तत्कालिन प्रधानन्यायाधीशयले कुटीमै बोलाएर 'तपाईको ग्रशदशा खराव रहेछ,शान्तिस्वस्ति गर्नुपर्‍यो' भन्नु भएको" भन्ने समाचार कान्तिपुर दैनिकमा पढ्दा स्तब्ध भएको छु । सर्वोच्चको न्यायाधीश रहेकै अवस्थामा स्वयं न्यायाधीशले खेप्नु परेको भ्रष्ट्राचारको पुलिन्दाले सर्वसाधारणलाई झनै कसरी छोड्ला? केही साता अगाडी विश्वबैकको कार्यक्रममा एक वरिष्ठ अधिवक्ताले "नेपालमा न्याय महंगो भएको र कहिले कांहि न्याय किन्नु पनि पर्छ" भन्ने कुरा आफ्नो प्रस्तुतिमा राखेकी थिइन् । न्याय ब्यवस्थासंग प्रत्यक्ष जोडिएका ब्यक्तिहरुको यस्तो धारणा आउने अवस्था भैसक्दा पनि यसबारे कडा खबरदारी हुन नसक्नु एक सचेत नेपाली भएको नाताले लज्जास्पद भएको छु ।

स्वयं न्यायाधीश भ्रष्ट्राचारको पुलिन्दाले न्याकिंदा समेत न्यायाधीशले नै केही गर्न नसक्ने हाम्रो शासन ब्यवस्थालाई धिकार छ, शासन गर्नेहरु प्रति सहानुभूति छ ।

प्रहरी अधिकृतहरु बि्रफकेस लिएर नेताकोमा धाउादै छन् भन्दिनाले कारवाहिमा पर्नु पर्ने, देखेको बोल्न, मुख खोल्न नपाउने, बोलि हाल्दा की विभागिय कारवाही, कि धम्कि आउने अवस्था कहाली लाग्दो रहेको छ ।

कम्तिमा न्याय ब्यवस्था र प्रणाली डरत्रास र धम्की मुक्त र स्वच्छ हुनु पर्यो, प्रधानन्यायाधीश ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।

पहलको लागिः
श्री राष्ट्रपतिको कार्यालय
श्री शुसिल कोइराला, प्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस,
श्री केपी शर्मा वली, अध्यक्ष, एमाले,
श्री प्रचण्ड, अध्यक्ष, एनेकपा माओवादी
श्री सभापति, संसदीय सुनुवाई समिति, संसद 
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग
श्री सचिव, राष्ट्रिय मानवअधिकार आयोग,
श्री नेपाल बार एशोसिएसन, काठमाण्डौं ।

कविन्द्र बुर्लाकोटी
संयोजक, नयाँ नेपाल अभियान

Letter to Chief Judge.pdf
Reply all
Reply to author
Forward
0 new messages