PRAKASH LAMICHHANE
unread,Jan 25, 2011, 5:02:05 AM1/25/11Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to bipulendra adhikari, sharad adhikari, Sharad Adhikary, Shekhar Adhikari, ajees...@gmail.com, amitpr...@hotmail.com, anilupa...@yahoo.com, anish_la...@yahoo.ca, anish_l...@yahoo.com, arpu...@yahoo.com, ashokp...@yahoo.com, aupadh...@gmail.com, bestsaugat, tika bista, bdhu...@gmail.com, bhandar...@gmail.com, bhanu....@gmail.com, bipulerdr...@gmail.com, nrajk...@gmail.com, chapag...@yahoo.com, chat...@gmail.com, chaudhari_...@yahoo.com, cheris...@yahoo.com, choudhari_...@yahoo.com, ccni...@gmail.com, chhatraj...@gmail.com, dalli...@yahoo.com, dead_s...@yahoo.com, deepa_w...@hotmail.com, deepa_w...@yahoo.com, deepakr...@yahoo.com, dhir...@gmail.com, dhur...@gmail.com, dilb...@gmail.com, dillia...@hotmail.com, Deep Keshar, dil basnet, evere...@gmail.com, everes...@yahoo.com, frensnetra, nature lover, Heman Rai, subash gotame, ganga...@yahoo.com, gka...@gmail.com, Ganesh Acharya, gkoiralantv, gopal palpali, gayat...@gmail.com, Ganga BC, Binaya Guragain, humagai...@gmail.com, ishorb7, jhapal...@gmail.com, jagrit...@gmail.com, jrga...@gmail.com, junu nepal, KESHAV RAJA, KESHAV SHARAN LAMICHHANE, Krishna, yamu kandel, khanal....@gmail.com, khan...@yahoo.com, kiran...@gmail.com, lila.skfm, maya thapa, lalit...@gmail.com, lawjou...@gmail.com, laxmanh...@gmail.com, lokma...@gmail.com, milan mimi, madhav...@gmail.com, mahes...@gmail.com, mah...@thehimalyantimes.com, mamc...@googlegroups.com, manindra...@gmail.com, manindra...@gmail.com, manojra...@gmail.com, Niranjan Rajbanshi, nammoti...@hotmail.com, nayan...@gmail.com, nitu...@gmail.com, Nirajan Rana, nepalk...@gmail.com, som raj pokharel, pandey_...@yahoo.com, poudy...@gmail.com, praka...@gmail.com, pramina_...@yahoo.com, publicjo...@gmail.com, Rajiv Timalsina, radh...@gmail.com, radio...@yahoo.com, raj...@yahoo.com, rajendr...@gmail.com, rashm...@gmail.com, rn27....@gmail.com, sangita shrestha, Sharmila Dee, sajan....@gmail.com, sathi...@gmail.com, shekha...@gmail.com, shiv...@hotmail.com, tekp...@hotmail.com, tekpr...@gmail.com, thul...@yahoo.com, tribh...@gmail.com, tsth...@gmail.com, Tula Sijali, tasteme more, wonderf...@gmail.com, wonderf...@yahoo.com, yuba...@gmail.com
नेपालमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप चुनौतीमुक्त छैन । समाचारको बिषयलाई लिएर प्रकाशन/प्रसारणपुर्व वा प्रकाशन/प्रसारण भइसकेपछि आउने हस्तक्षेप, धम्किदेखि पत्रकारलाई बेपत्तापार्ने तथा हत्यासम्मका प्रयासले संचारक्षेत्रले स्वतन्त्र रुपमा काम गर्न नसकेको अवस्था छ भने अर्कोतिर पेशागत सीप तथा दक्षताको कमीले सिर्जित चुनौतीले पनि पत्रकारिता पेशा चुनौतीमुक्त र सुरक्षित नभएको गुनासो सुन्नमा आइरहन्छ । संचारमाध्यम तथा संचारकर्मीहरुका चुनौती प्रशस्तै हुनसक्छन् । के कस्ता चुनौती छन् स्वतन्त्र पे्रसका? के कारणले सामना गर्नुपर्छ त्यस्ता चुनौती तथा समाधानका लागि जिम्मेवारी क–कसको हो?
विकासका लागि संचारको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय गैर सरकारी संस्था इक्वल एक्सेसले यसै बिषयमा छापा तथा बिद्युतीय माध्यममा कार्यरत तथा स्वतन्त्र रुपमा पेशामा आवद्ध पत्रकार/संचारकर्मीहरुका लागि अनुसन्धानबृत्ति
(Fellowship) कार्यक्रम सार्वजनिक गरेको छ । अनुसन्धानवृत्तिका लागि यो महिनाको लागि निम्न बिषयहरु छनौट भएका छन्
१. व्यक्तिगत सुरक्षा (समाचार नलेख्नका लागि आउने धाक, धम्कि, लेखिसकेपछ उत्पन्न हुने सुरक्षा चुनौती) का कारणले पत्रकार/सञ्चारकर्मीहरु स्वयंले समाचारमा स्वः नियन्त्रण (सेल्फ सेन्सरसीप)? अर्थात सुरक्षाका कारणले कि त लेख्दै नलेख्ने, लेखेपनि सही कुरा लेख्न डराउने? यस्तो स्थितीमा कसरी पुरा हुन्छ सञ्चारकर्मीको दायित्व?
२. न्युनतम पारिश्रमिक पत्रकार र स्वतन्त्र लेखक
÷Columnist
लाई कस्तो छ अवस्था? के अहिलेको अवस्थाले सहि सूचना, तथ्यपरक रिपोर्टिङ, सन्तुलित र यथार्थ समाचार वा लेख लेख्न उत्साहित गर्छ? सुरक्षाका दृष्टिकोणबाट कस्तो छ अहिलेको अवस्था? यसले गर्दा स्वतन्त्र र निष्पक्ष रिपोर्टिङ तथा लेखनमा देखिएका चुनौती र सुधारका लागि सुझाव ।
३. महिला पत्रकार/सञ्चारकर्मीका सुरक्षा सवालः सञ्चारमाध्यम र कार्यक्षेत्रमा । कस्तो छ अहिलेको अवस्था? सुधारका लागि सुझाव ।
४. सन् २०१० लाई फर्केर हेर्दाः सुरक्षाका दुष्टिकोणले कस्तो रह्यो २०१०?
५. तराईको जिल्लाहरुको पत्रकारिता अवस्था? कस्तो छ सुरक्षास्थिती? (पर्सा, बारा, रौतहट)
६. बिभिन्न राजनीतिक दल, भातृसंगठन, क्षेत्रिय, जातिय तथा साम्प्रदायिक संघसंस्थाहरुको व्यवहारका कारण सिर्जित सुरक्षा चुनौती?
७. पर्याप्त तालिम, अध्ययन, ज्ञानको अभाव, पत्रकार आचार संहिता पालना गर्न नसक्दा सिर्जना भएका पेशागत चुनौती ।
माथि उल्लिखित बिषयमध्ये कुनै पनि बिषयमा अनुसन्धानात्मक फिचर लेख्न इच्छुक सञ्चारकर्मीले तल उल्लेखित फारम भरेर यही २०६७ साल माघ २३ गतेभित्र प्रस्ताव पेश गर्नसक्नुहुनेछ । एकजना सञ्चारकर्मीले एकभन्दाबढी बिषयमा प्रस्ताव पेश गर्न सक्नुहुन्छ ।
- अनुसन्धानात्मक लेख, फिचर वा रिपोर्ट घटिमा १००० देखि बढीमा १२०० शब्दको हुनुपर्नेछ ।
- प्रेसित लेख÷रचना आफ्नै प्रयास र पहलबाट तयार पारिएको हुनुपर्नेछ ।
- सहभागि हुन इच्छुक पत्रकार/संचारकर्मीहरुले माथि उल्लेखित बिषयको प्रस्ताव पठाईसकेपछि अनुसन्धानात्मक लेख, फिचर तथा रिपोर्ट छनौट समितीले बिषय छनौट गर्नेछ र सम्बन्धित पत्रकार/सञ्चारकर्मीलाई लेख वा फिचर लेख्न दिइनेछ ।
- छनौट प्रतियोगी पत्रकार/संचारकर्मीलाई अनुसन्धानबृत्ति स्वरुप आर्थिक सहयोग स्वरुप लेखको स्तर हेरी रु. १०,००० देखि रु. १५००० आर्थिक उत्प्रेरणा प्रदान गरिनेछ ।
- छनौट प्रतियोगीले तयार पार्नु भएको लेख, फिचर वा रिपोर्ट सम्बन्धित पत्रकार/संचारकर्मी तथा इक्वल एक्सेसले संयुक्त रुपमा राष्ट्रिय तथा क्षेत्रीय छापा तथा विद्युतीय सञ्चार माध्यममा प्रकाशनका लागि पहल गर्नेछ ।
- यो अवसर देशैभरीका पत्रकार/सञ्चारकर्मीका लागि खुल्ला गरिएको छ ।
प्रस्ताव पेश गर्ने अन्तिम मितिः माघ २३, २०६७ अर्थात फेब्रुअरी ६, २०११ ।
इमेल ठेगानाः
fello...@equalaccess.org.np मा प्रेसित गर्नुहोला ।
थप जानकारीका लागिः विनय गुरागाई९८५११ २७१५५ अथवा
bgur...@equalaccess.orgलाई सम्पर्क गर्नुहोला । फेलोसिप प्रस्ताव पोष्ट नम्बर ११८, ललितपुरमा पनि पठाउन सकिनेछ । हुलाकमार्फत पठाउँदा खाममा “पत्रकारिता फेलोसिप प्रस्तावना” एक्सेस नेपाल भनेर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । (फारम यसैसाथ अट्याच गरिएको छ । )
Prakash Lamichhane
Equal Access Nepal
Jhamsikhel Lalitpur, Nepal
Po.Box : 118
Mobile :9841552387
www.equalaccess.org.np