Upendra Mahato
unread,Apr 11, 2016, 10:43:22 PM4/11/16Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to Anant Anurag, Bp Sah, Jibram Bhandari, brendra_journalist, Debendra Karki, mad...@googlegroups.com, Dipendra Jha, darshan_daily, Hulaki Daily
न्याय देउ, की त मृत्यु - संजय साह
हिजो चैत्र २९ गते जनकपुरमा धनुषा क्षेत्र नं ४ का निलम्बित सांसद तथा सदभावना पार्टीका बरिष्ठ उपाध्यक्ष संजय साह सँग भेंटघाँट गरी वहाँ माथि चलिरहेको मुद्दा बारे हालको अवस्था जान्ने प्रयास मैले (उपेन्द्र महतो, केन्द्रीय सदस्य, सदभावना पार्टी) गरें।
संजय साह हिरासतमा रहेको अवस्थामा यो मेरो दोस्रो भेंटघाट थियो। पहीलो भेंट सिरहा कारागारमा भएको थियो। हिजो जनकपुर जिल्ला प्रहरी कार्यालयमा भेंट्दा वहाँको शारीरिक अवस्था पहिलो भेंट भन्दा ज्यादै कमजोर पाएँ। वहाँ करिब एक हप्ता देखी "न्याय देउ, की त मृत्यु" भन्दै आमरण अनसनमा बसीरहेको अवस्था छ। फलामको ग्रिल बिच भएको हाम्रो भेंटमा करिब हप्तौं देखीको आमरण अनसनका कारण वहाँको शारिरिक कमज़ोरीले गर्दा वहाँ उभेर कुरा गर्न असमर्थ रहेको भन्नुभए पछि भुईंमै बसेर कुराकानी गरियो।
संचार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा संलग्न भई फरार रहेर शसस्त्र गतिविधी गर्दै आएका कथित जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भनिने चन्द्रदीप गएको चैत १७ गते पक्राउ परेपछि उनको बयानलाई कथित आधारमा संजय साहलाई सिंघानिया हत्याको मुख्य योजनाकार भन्दै अहिले हत्याकाण्डको अनुसन्धान र अदालती प्रक्रियाको निम्ती काठमाण्डौ कारागारबाट ल्याएर जनकपुर जिल्ला प्रहरी कार्यालयमा राखेको अवस्था छ।
कुराकानीमा यस अनुसन्धान र बयानको क्रममा संचारमाध्यममा आएको समाचार भन्दा सत्यतथ्य भिन्न पाएँ। वहाँले सिंघानिया हत्याकाण्डमा आफ्नो कुनै संलग्नता नरहेको र दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो। वहाँलाई जनकपुर ल्याउने बित्तीकै प्रहरी समक्ष पत्रकार एव मानव अधिकारकर्मीहरुको रोहबरमा सत्यतथ्य पतालगाउन आफुलाई पोलीग्राफ टेष्ट गर्न माग गरेको तर संचारमाध्यममा आफुले पोलीग्राफ़ गर्न नमानेको भनेर प्रहरी कार्यालयबाट गलत प्रचार गरिएको बताउनुभयो।
अझ अचम्मको कुरा त के छ भने संचारमाध्यममा वहाँले पोलीग्राफ़ गर्न नमानेको भनेर प्रहरी कार्यालयको हवाला दिएर समाचार आईरहँदा उनले एक पत्रकारको रोहबरमा आफ्नो पोलीग्राफ़ टेस्ट भैईसकेको बताउनु भयो। तर हिजो मात्र अदालतमा पेस गरेको मिसिलमा पोलीग्राफ़को रिपोर्ट सामेल गर्नुको त कुरै छोडौं पोलीग्राफ़ टेस्टको कुनै चर्चा पनि नगरेको वहाँले बताउनु भयो। पोलीग्राफ़ टेस्ट गर्नु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले सरकारको मन्साय माथि नै प्रश्न चिन्ह लागेको छ। पोलीग्राफ़ टेस्ट गरिनु तर त्यसको रिपोर्ट मिसिलमा सामेल नगर्नुले आफु निर्दोश रहेको तर जिल्ला प्रहरी कार्यालय कसैको स्पस्ट निर्देशनमा दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो।
संजय साहले भन्नुभयो वि.स.२०६६ फागुन १७ गते होली पर्वको दिन जनकपुर डुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको जनकपुर शिवचोकमा अज्ञात हतियारधारीले गोली प्रहार गरी हत्या गरेका थिए तर त्यस घटनाको दुई वर्ष पूर्व जनकपुर टुडे पत्रिकामा आफुलाई बदनाम गराउने समाचार प्रकाशन गरेको निहुमा आफुले पत्रिकाका प्रकाशक सञ्चार उद्यमी सिंघानियालाई नै हत्या गराएको प्रहरीले आरोप लगाउनु निराधार हो र दोषीलाई उन्मुक्ति दिन आफुलाई फसाउन खोजेको बताउनु भयो।
अहिले टेक्नोलोजीको युगमा बिभिन्न टेक्नोलोजीको प्रयोगबाट बोलेको कुरा साँचों या झुटो पत्ता लगाउन सकिन्छ र आफु ब्रेन मैपिंग देखी लिएर नार्को टेस्ट या अरू कुनै पनि टेस्ट गराउन तयार रहेको उनले बताउनुभयो। वहाँले
नेपाल सरकारलाई यस घटनाको सत्यतथ्य पतालगाउन स्वतन्त्र एवं निस्पक्ष छानविन आयोग गठन गर्न पनि माग गर्नुभयो र आफु आमरण अनसनमा बस्नुको मुख्य माग नै स्वतन्त्र एवं निस्पक्ष छानविन आयोग गठन गराउनु हो, भन्नुभयो। साथै उनले राष्ट्रीय/अन्तराष्ट्रीय संचारमाध्यम तथा मानव अधिकारकर्मीहरुलाई पनि आफुलाई न्याय दिलाई दिन अपिल गर्नुभयो।
संजय साह धनुषा क्षेत्र ४ का निर्वाचित सभासद हुन र अहिले वहाँका समर्थकहरूले साह निर्दोष भए पनि फसाउन खोजेको भन्दै वहाँको समर्थनमा जनकपुरमा दिनहु जस्तो प्रदर्शन भईरहेको छ। यहाँका आमजनमानसमा पनि संजय साहको राजनितिक हत्या गर्न वहाँका बिपक्षीहरूले सरकारी संयन्त्रको दुरूपयोग गरिरहेको बुझाई छ।
--
Upendra Mahato
--
Upendra Mahato